पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार ओमप्रकाश सरार्फले घरदैलो र प्रत्यक्ष भेटघाटको क्रममा किसानको सम्मान र अधिकारको लागि जनमत पार्टी सदैव तत्पर रहेको बताए। वीरगन्ज–१४ पिप्रामा आयोजित कार्यक्रममा सरार्फले तराई–मधेसको मुख्य आय स्रोत कृषि रहेको भए पनि राज्यले किसानसँग सधैँ विभेद गरेको गुनासो सुनाउँदै कृषिलाई आधुनिकीकरण र व्यवसायीक बनाउने योजना जनमत पार्टीसँग मात्र सम्भव रहेको बताए।
कार्यक्रममा सरार्फले वीरगन्जस्थित कृषि औजार कारखाना पूर्णरूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै देश र मधेसको विकासको उत्कृष्ट विजन जनमत पार्टी र डा. सीके राउतसँग मात्र सम्भव भएको भन्दै मतदातालाई ‘हर्न छाप’मा मतदान गर्न अपिल गरे।
भेटघाट कार्यक्रममा प्रमुख सहभागीहरूमा नेता विध्याला प्रसाद, रम्भा मिश्रा, समानुपातिक उम्मेदवार बिजय पासवान, डा. मनोज कुमार, सिए देवराज, श्याम शंकर चौरसिया, अनिता रौनियार, सिकेन्द्र पटेल, रोहित पटेल, सत्युग साह, तुल्सि राम, सहनवाज राकी, अजित सिह, मन्जय शर्मा, सुमित सिह, रामबहादुर पासवान लगायत रहेका थिए।
सरार्फको भेटघाट र संवाद कार्यक्रमले स्थानीय मतदातामा जनमत पार्टी प्रति विश्वास र उत्साहको वातावरण सिर्जना गरेको बताइएको छ।