पर्सा निर्वाचन क्षेत्र नं. १ बाट जनमत पार्टीको तर्फबाट उम्मेदवार ओमप्रकाश सरार्फले वीरगन्ज नगरपालिका वडा नं. १८ र २१ मा घरदैलो, भेटघाट तथा मतदातासँग प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न गरेका छन्।
भेटघाटको क्रममा सरार्फले तराई–मधेसको मुख्य आय स्रोत कृषि रहेको तर राज्यले किसानसँग सधैं विभेद गरेको बताए। उनले जनमत पार्टी किसानहरूको सम्मान र अधिकारको पक्षमा सदैव तत्पर रहेको उल्लेख गर्दै, खेती–किसानीलाई आधुनिकीकरण र व्यवसायिक बनाइ आम्दानीको स्रोत बढाउने योजना पनि अघि सारेका छन्।
सरार्फले देश र मधेसको निकासको उत्कृष्ट विजन केवल जनमत पार्टी र डा. सिके राउत सँग मात्र रहेको भन्दै मतदातालाई ‘हर्न छाप’मा मतदान गर्न अपिल गरे।
कार्यक्रममा पार्टीका नेताहरू रम्भा मिश्रा, समानुपातिक उम्मेदवार विजय पासवान, श्याम शंकर चौरसिया, अनिता रौनियार, सत्युग साह, तुल्सि राम, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, रामबहादुर पासवान, सन्तोष पासवान लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।