पर्सा क्षेत्र नम्बर १ बाट जनमत पार्टीको तर्फबाट उम्मेदवार ओमप्रकाश सरार्फले वीरगन्ज वडा नम्बर २३ (इटियाही, प्रसौनी) मा घरदैलो, भेटघाट तथा संवाद कार्यक्रम सञ्चालन गरेका छन्।
भेटघाटको क्रममा नेता सरार्फले सयौं बलिदानीबाट प्राप्त संघीयता, समावेशीता र मधेसको स्वभिमान जोगाउन जनमत पार्टीलाई जिताउन आवश्यक रहेकोमा जोड दिएका छन्। उनले संघीयता र मधेस बिरोधी शक्तिहरूलाई परास्त गर्दै मधेस र मधेसीको समग्र उत्थानको अभियानमा सबैले हातेमालो गर्न आह्वान गरेका छन्।
उनीहरूले देश र मधेसको निकासको उत्कृष्ट विजन केवल जनमत पार्टी र डा. सिके राउतसँग मात्र रहेको भन्दै हर्न छापमा मतदान गर्न सर्वसाधारणलाई अपिल गरेका छन्।
कार्यक्रममा नेताहरू बिध्यालाल प्रसाद, रम्भा मिश्रा, डा. मनोज कुमार, समानुपातिक उम्मेदवार बिजय पासवान, भुपेन्द्र साह, सिए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिह, मन्जय शर्मा, सुमित सिह, रामबहादुर पासवान, सन्तोष पासवान लगायतको सहभागिता रहेको थियो।