राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नं. १ का उम्मेदवार हरि पन्तले आज इनरुवामा गरेको घरदैलो र मतदाता भेटघाट कार्यक्रममा स्थानीयहरूको भिड उर्लिएको छ। कार्यक्रममा उपस्थित स्थानियहरूले आफ्ना विभिन्न समस्या पन्तसमक्ष राख्दै समाधानको आशा व्यक्त गरे।
घरदैलो कार्यक्रम अघि कोणसभा पनि आयोजना गरिएको थियो, जसमा सयौं इनरुवाबासीले पार्टीमा प्रवेश गरेका छन्। सभा बिजय साहको सभापतित्वमा सम्पन्न भएको थियो र सोही अवसरमा २१ सदस्यीय समिति समेत गठन गरिएको छ।
समितिमा उपाध्यक्षमा राजु प्रसाद यादव, सचिवमा सन्तोष पटेल, सहसचिवमा अजय कुमार महतो र पृतम कुमार महतो नियुक्त भएका छन्। सदस्यमा जटा सन्कर पन्डित, रोमन पटेल, मोहन यादव, बिरेन्द्र प्रसाद यादव, अबेश राम, सद्दाम हुसेन, रन्जित यादव, विजय होदा बनिया, दिलिप यादव, राम्सुरै महतो, स्माइल मिया, अरुन यादव, राजन यादव, नितेश बानिया, शिवनाथ प्रसाद यादव, झोटी यादव, मोहन पटेल, सिकन्दर महतो, दिनेश साह, पर्मा यादव र रामायन दास रहेका छन्।
सभा कार्यक्रममा स्वागत भाषण सन्तोष पटेलले दिएका थिए भने कार्यक्रमको सहजीकरण अमन आलमले गरेका थिए। सोही अवसरमा वडा अध्यक्ष रमेश चौरसिया लगायतका नेता–कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो।