पर्सा क्षेत्र नम्बर १ को जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगन्जका विभिन्न वडा र टोलमा घरदैलो तथा प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न गरेका छन्।
वीरगन्ज वडा नम्बर ७ कुम्हाल टोलमा सरार्फले स्थानीय बासिन्दासँग भेटघाट गर्दै समस्याहरू सुने। त्यसैगरी वडा नम्बर २१ ताजपुरमा युवासँग भेटघाट कार्यक्रम सम्पन्न गरिएको थियो। उनले केही युवाहरू लागु औषधको प्रभावमा फस्दै गएको दुर्भाग्यपूर्ण अवस्था बारे चिन्ता व्यक्त गर्दै, निशुल्क उपचार, सीप तालिम र आत्मनिर्भर बनाउने कार्यक्रमको योजना रहेको बताए।
सरार्फले वीरगन्जको सरोकार र विकासका मुद्दा, मधेसको अधिकार तथा पहिचानको निरन्तर संघर्षमा आफू प्रतिबद्ध रहेको जनाए। उनले संसद तथा सम्बन्धित निकायमा वीरगन्ज र वीरगन्जवासीको हित सुनिश्चित गर्ने वाचा गरे।
उम्मेदवारले देश र मधेसको निकासका लागि उत्कृष्ट विजन जनमत पार्टी र डा. सिके राउतसँग मात्र रहेको भन्दै मतदानमा हर्न छापमा मतदान गर्न सबैमा अपिल गरे।
कार्यक्रममा स्थानीयवासीले सरार्फलाई भब्य स्वागत र सम्मान गरे। साथै कार्यक्रममा नेता बिध्यालाल प्रसाद, भुपेन्द्र साह, डा. मनोज कुमार, सिए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, संजय पटेल, नरेश अग्रवाल, अमर सरार्फ लगायतको सहभागीता रहेको थियो।