नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार केन्द्रीय कमिटी बैठकमा आफ्नो पदलाई लिएर स्पष्टता दिएका छन्। उनले भने, आफू कसैले भन्दैमा पद छोड्ने वा नछोड्ने निर्णय नगर्ने, यसबारे निर्णय केन्द्रीय कमिटी वा महाधिवेशनले गर्ने हो।
ओलीले पार्टीभित्र कहिल्यै पूर्ण एकता नभएको, सदैव इर्ष्या, खुट्टा तान्ने र विरोधको प्रवृत्ति रहेको बताएका छन्। उनले पार्टी विरोधीहरूले च्यासलको कार्यालय र नेताहरूको घरमा आगो लगाएको घटनाको आरोप लगाउँदै भने, “पद छोड्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन, कमिटीले भन्नुपर्छ। कमिटीले हट्नुपर्छ भन्छ भने म खुशीसाथ त्यसको पालना गर्नेछु। तर बाहिर गएर लोकप्रियतावादको पछि दौडिन कुनै सदस्यले गर्ने भने स्वीकार्य छैन।”
ओलीले व्यक्तिगत लोकप्रियता वा विरोधीको प्रचार–प्रसारप्रति ध्यान नदिने, काम र देशको हितलाई प्राथमिकता दिने बताएका छन्। उनले आफू देशको इच्छा र पार्टीको निर्णय अनुसार मात्र कदम चाल्ने स्पष्ट पारे।
ओलीले थपे, “केही तत्वहरूले मलाई सप्रेको छैन भन्छन्, तर बिग्रिएको भए पो सप्रिनु, अरूका ३र आगो लगाएर हिंडेका त सच्चिनुपर्यो।”
उनले पार्टीभित्रको विरोध र झूठा आरोपहरूलाई पनि खण्डन गर्दै आफ्नो नैतिकता र नेतृत्व क्षमतामा पूर्ण भरोसा रहेको दाबी गरे।