दम्पतीमा हुने बाँझोपन भनेको के हो ?
बाँझोपन दम्पतीबाट सन्तान हुन नसेको अवस्था हो । श्रीमान र श्रीमती साथ रहेको अवस्थामा यदि उमेर बढी भएको छ भने ६ महिनाको अन्तराललाई लिइन्छ । निःसन्तानपन महिला र पुरुष दुवैजनाको कारणले हुन सक्छ । तर, समाजमा महिलाको बाँझोपनको समस्या मात्र अगाडि ल्याइन्छ । पुरुषको समस्यालाई अगाडि ल्याइँदैन । बाँझोपन भएका महिलालाई महिलाले नै हेला गरेका हुन्छन् । समाजमा हुने सामाजिक कार्य विवाह, पर्वहरू, बच्चाका शुभकार्यहरूमा बोलाउँदैनन् ।
महिला र पुरुषमा बाँझोपन आउनुका कारण के हुन् ?
महिलाहरूको बाँझोपनको पहिलो कारण डिम्बनलीे ब्लक भएर अण्डाशयबाट अण्डा ननिस्किँदा हुन सक्छ । यो महिला र पुरुष दुवैमा देखिएको छ । महिलाको पाठेघरमा कुनै समस्या छ भने पनि बाँझोपन हुन सक्छ । मूख्यतः तीनवटा कारण डिम्बनलीको ब्लक, डिम्बनलीको फुलावट, अण्डाशयबाट अण्डा ननिस्कने भएर हुन्छ । महिलाको पाठेघरको संक्रमण अथवा पाठेघरमा कुनै किसिमको कमीको कारणले पनि निःसन्तानपन हुन सक्छ । पुरुषहरूको शुक्रकिटमा कमी र बनावटमा समस्या छ भने बाँझोपन हुन सक्छ ।
आईभीएफ विधि कसरी अपनाइन्छ ?
आईभीएफ महिलाको अण्डाशयबाट अण्डाहरू निकाल्छौं । पुरुषको शुक्रकिट लिन्छौ । अण्डाशयबाट निस्केको अण्डा र पुरुषको शुक्रकिटलाई लिएर ल्याबमा सँगै मिलाएर त्यसपछि बच्चा भु्रण बनाउँछांै । तयार पारेको भ्रुणलाई फेरि पाठेघरमा राख्ने अनि त्यो प्रविधिलाई हामी (इन विथ ड्रो फटिलाइजेसन) भन्छांै । शरीरभन्दा बाहिर सो अण्डाशय र शुक्रकिट बनाउने हो । भ्रुण बनिसकेपछि त्यसलाई पाठेघरमा गर्भ बसाउनलाई राख्ने प्रविधिलाई आईभीएफ विधि भनिन्छ ।
कस्ता उमेर समूहका दम्पतीले यो सेवा लिन सक्छन् ?
अहिले आईभीएफ प्रविधिले निःसन्तानपनको उपचारमा ठूलो क्रान्ति ल्याएको छ । यसको आफ्नो क्षमता छ । यसको आफ्नै तरिका पनि छ । क्षमताभन्दा बाहिर यसको पनि समयावधि छ । एकदमै बढी उमेरका दम्पतीहरू बच्चा पाउन असक्षम हुन्छन् । महिलामा डिम्बनली नै ब्लक छ अथवा दुवै फुलेका छन् भने अण्डाशयबाट अण्डा नै बनिरहेको छैन भने अण्डा बनाउने क्षमता नै कम भइसकेको छ भने यो सेवा लिन दिन अलि गाह्रो हुन्छ । क्यान्सरसँग लडिरहेकाहरूको शुक्रकिट कम भइसकेको छ, महिलामा पाठेघरको अण्डाशयको क्यान्सरबाट किमोथेरापी गर्ने क्रममा उनीहरूको क्षमता कम भइसकेको छ भने तिनीहरूलाई यो सेवा दिन मिल्छ । यदि उनीहरूमा हार्मोनल समस्या छ भने पनि आईभीएफ गर्न मिल्छ ।
आईभीएफ क्यान्सर बिरामीको लागि कसरी वरदान हो र ?
आईभीएफ प्रविधि क्यान्सर बिरामीको लागि वरदान नै हो । क्यान्सर किमोथेरापी, रेडियोथेरापीबाट अण्डाशयको अण्डा र पुरुषहरूमा शुक्रकिट शून्य भएर जान्छ । कम उमेरका क्यान्सर रोगी पनि धेरै छन् । यस्ता व्यक्तिलाई किमोथेरापी, रेडियोथेरापी गराइन्छ । क्यान्सर ठिक हुन्छ । तर, पछि त्यसको असर अण्डाशयको अण्डा कम हुन्छ । अण्डा फ्रिजिङ्ग गर्न नयाँ प्रविधि आएको छ । यदि कसैलाई दुर्भाग्यवश कुनै किसिमकोे क्यान्सर भयो भने यस्ता बिरामीको अण्डा फ्रिज, पुरुषहरूमा शुक्रकिट फ्रिज गर्नुपर्छ । आफ्नो क्यान्सरको उपचार गराउनु पर्छ । क्यान्सर निको भएपछि आफ्नो शुक्रकिट अथवा अण्डालाई प्रयोग गर्न आईभीएफबाट जेनेटिक सन्तान बनाउन सकिन्छ ।
आईभीएफ गर्दा पहिलो पल्टमा नै गर्भ बस्छ त ?
विश्वमा आईभीएफको सफलता ४० देखि ६० प्रतिशत छ । टेक होम बेबी भनेको आईभीएफ पोजेटिभ हुने हो । बच्चा ९ महिनापछि एउटा सुरक्षित तरिकाले बच्चा जन्माउने र घर लैजाने टेक होम बेबी हो । आईभीएफ सेन्टरको लागि एउटा चुनौती नै बनेको छ । आईभीएफ पोजेटिभ राम्रो भएरमात्र हुदैन । हामीले जिम्मेवारी लिएर त्यो बच्चालाई ९ महिनासम्म निरन्तर निगरानीमा राखेर स्वस्थ्य गर्भलाई सुत्केरी गराएर बच्चा आमाबुबालाई हस्तान्तरण गर्नुपर्छ ।
आईभीएफ गराउनुअघि के कुरामा ध्यान दिनुपर्छ ?
आईभीएफ महङ्गो प्रविधि हो । आईभीएफ गराउन समय लिन्छांै । दम्पतीलाई पूर्ण तरिकाले काउन्सेलिङ्ग गर्नुपर्छ । सेवा दिनुभन्दा अगाडि स्वस्थ्य जीवनयापन गर्ने, लागू पदार्थको कुलत छोड्ने, आफ्नो तौल कम गर्ने, बिहान मर्निङ्ग वाक गर्ने र व्यायाम गर्ने । कुनै केमिकल फ्याक्ट्रीहरूमा र गर्मीयुक्त वातावरणमा काम गरिरहेका छन् भने केही दिनलाई विश्राम लिनु पर्छ । स्वस्थ्य खाना खानु पर्छ । कम क्यालोरीको खाना खाएर तौल कम गर्नु पर्दछ । जस्तो सुगर, ब्लडप्रेसर, थाइराइड छ भने पूर्णरुपमा ठीक गरेर पूर्णतया आफू सहज भइसकेपछि सेवा लिन आउन सकिन्छ ।
आईभीएफ कस्तो प्रक्रिया हो ?
आईभीएफको प्रक्रियामा महिलाहरूको अण्डा लिन महिनावारी भएको दोस्रो दिन हार्मोन चेकजाँच गर्छौं । यदि सबै हार्मोन ठीक छ भने हार्मोनल इन्जेक्सन दिन्छौं । यो इन्जेक्सनको मद्दतले अण्डाशयबाट निकालेको अण्डाहरू १० देखि १२ दिनको स्टुयूलेसनपछि ठूलो भएको अण्डाहरूलाई फुटाउने इन्जेक्सन दिन्छांै । त्यसपछि ३६ घण्टापछि ती महिलालाई भर्ना गरेर हल्का बेहोस् पारेर अल्ट्रासाउन्डको मद्दतले त्यो अण्डालाई बाहिर निकाल्छौं । १५ देखि २० मिनेटको प्रक्रिया हुन्छ । सुरक्षित अण्डालाई निकालेर प्रयोगशालामा त्यही दम्पती पुरुषको शुक्रकिटसँग मिलाउने गरिन्छ ।
आईभीएफ सेवाबाट जन्मने बच्चा जुम्ल्याहा किन हुन्छन् ?
पहिला भ्रुणलाई दोस्रो दिन वा तेस्रो दिनमा राख्ने गरेका थियौं । त्यो समयमा कहिलेकाहीँ ३÷४ वटा भ्रुण पनि राख्न मिल्थ्यो । जसरी प्रविधिहरूको विकास हुँदै आयो । पाँचौ दिनको ब्लास्टोसिस्द्वारा बनिसकेको भु्रणलाई पाँचौ दिन प्रयोग गरेर २ वटा ब्लास्टोसिस राख्ने गर्छौं । जसले गर्दा सफल हुने धेरै सम्भावना हुन्छ । एउटा ब्लास्टोसिस्को अवधारणा पनि आइसकेको छ । अहिले पनि २ वटा ब्लास्टोसिस् राखेकाले आइभीएफ सफल हुने संख्या बढ्छ । त्यसैले २ वटा ब्लास्टोसिस् राख्ने भएकोले जुम्ल्याहा बच्चाहरू हुने सम्भावना बढी हुन्छ ।
आईभीएफ गर्दा शल्यक्रियाबाट नै बच्चा जन्माइन्छ ?
आईभीएफको बच्चालाई प्रायः जसो शल्यक्रियाबाट जन्माउने डाक्टरहरूको सल्लाह हुन्छ । धेरै दिनको बाँझोपनको अवस्था हुन्छ । समाजमा ढिलो बच्चा जन्माउने सोचले पछि बच्चा नै नजन्मिने हुन्छ । मानिसको शारीरिक दूर्वलताले हुने कमजोरीमा चिकित्सकीय पद्धति नै अन्तिम विकल्प हो । त्यसैले आईभीएफ स्पेशलिटी कहाँ पुग्दा लगभग १० देखि १२ वर्ष बितिसकेको हुन्छ । आईभीएफ पनि निकै महङ्गो प्रविधि हो । सबैको पहुँचमा पनि नहुन सक्छ । तर आईभीएफ गरेर एकै पटकमा बच्चा भयो भने वरदान हो । यसबाट दोस्रो वा तेस्रो पटक गर्दा धेरै महङ्गो पर्न जान्छ । यस्तो बच्चालाई हामीले ९ महिना पु¥याउन पनि आफूमा चुनौती नै हु्न्छ । त्यसमा पनि खर्च बढेर नै जान्छ । ९ महिनापछि यस्तो बच्चालाई सुरक्षित तरिकाले निकाल्नको लागि नै शल्यक्रियाबाट नै गर्ने हो । सामान्य सुत्केरी गराउँदा जोखिम बढी हुन्छ । त्यसैले निःसन्तानपनमा जोखिम कम गर्नको लागि हामीले बच्चालाई शल्यक्रियामार्फत जन्माउने गर्छौं ।
अन्त्यमा के सुझाव दिन चाहनु हुन्छ ?
सूर्या हस्पिटलमा ३ वर्षदेखि आईभिएफ सेवा ल्याएर ५ सय जनामा सफल आईभीएफ गरिसकेका छौं । स्त्री तथा प्रसूति तथा प्रजनन् विशेषज्ञबाट आईभीएफ गरिरहेका छौं । पाठेघरसम्बन्धी उपचार र सम्पूर्ण किसिमको अप्रेसन गर्ने गरेका छौं । आईभीएफ गर्नुपर्ने दम्पतीहरूले ३० देखि ३५ वर्ष उमेरभित्र नै गर्नु उपयुक्त हुन्छ । विवाह गरेको २÷४ वर्षमात्र भएको छ भनेर बसेमा आइभीएफ गर्न ढिलो हुन सक्छ ।