संघीय गणतन्त्र आएपछि गाउँघरमा नै जनताको सरकार आउँछ । अधिकार गाउँमा प्राप्त हुन्छ भनी जनताले निकै ठूलो त्याग गरे ।
चप्पल लगाएर हिड्न नजान्ने धेरै अनुवांसिक नेतालाई जुत्ता लगाएर हिड्न जान्ने मात्र बनाएनन् । तिनीहरुलाई करोड बढिका सवारीमा हुईंकिने बनाए । दुई जना मानिसका अगाडी बोल्न नजान्नेलाई कुर्लिन सक्ने बनाए । काठमाण्डौको सिंहदरबारमा भएको अधिकारलाई गाउँघर सम्म लान प्रयासरत रहे । नेपाली जनताले गर्ने त यति न हो । बाँकी गर्ने त पावरमा बस्ने र जनताको नाममा भाँजो हाल्ने अनि आफ्नो रोटी सेक्नेहरुले हो । तर, विडम्बना । जनताको आशा र अपेक्षा ठिक उल्टो भएर पल्टिएको छ ।
काठमाण्डौको सिंहदरबार गाउँसम्म आइपुग्नुभन्दा पनि हरेक गाउँ र वडामा सिंह आए जस्तो मात्र भएको जनतालाई । राम्रो ठानेर ल्याएको शासन पद्धतिमा नराम्राहरुको हालिमुहाली भएको छ । जनताका हिमायती भनिएकाहरु आफूलाई बाघ भएको ठान्न थालेका छन् । आम सर्वसाधारण कर र डरको त्राहिमाममा बीच रनभूल्लमा छन् । यस्तै चपेटामा वीरगन्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुर बजारको उत्तरतर्फ राजहंश खाद्य उद्योग अगाडीका जनतालाई भएको छ ।
मध्य तराईको पर्सा, बारा लगायतका जिल्लामा पुसको शीतलहरी चलिरहेको समयमा आफ्नै गाउँघरका सरकारको साथभन्दा उनीहरुलाई पीडाको बोध थपिएको छ । एउटा उद्योग संचालकको इसारामा जनप्रतिनीधिकै अगुवाईमा जग हसाउने काम भएको पीडितको गुनासो र अहिलेको समयमा भएको निवास तोडफोडको चटारोमा स्थानीय १२ घर दलित परिवार परेका छन् । बिहान बेलुका जसोतसो आफ्नो भएको झुपडीमा टाउको लुकाउने उनीहरुको निवास भताभूँग भएको छ । चीसोबाट यहाँका सर्वसाधारणलाई बचाउन राज्यका विभिन्न निकाय र जनप्रतिनीधिले पहल गर्नु पर्नेमा सुत्केरी महिला र बालबालिका समेत नभनी उनीहरुको घर उजाडीनु जस्तो सुकै विकासे जनप्रतिनीधिको लागि पनि ठिक हो भन्न सक्ने यो समय होइन । चीसो र शीतलहरबाट सर्वसाधारणलाई बचाउनु राज्य र गैरराज्य पक्षको अहिलेको पहिलो कर्तव्य हो । धेरै त कर्तव्य निर्वाह भएका उदाहरण पनि छन् । तर परवानीपुर उत्तरतर्फ राजहंस खाद्य उद्योग अगाडी भएको बर्बर कार्य क्षमा योग्न छैन । फेरि विकास निर्माण गर्न हुँदैन भन्न खोजिएको होइन । रेल्वेको पुरानो जग्गामा बसेका वासिन्दालाई सार्वजनिक जग्गाबाट हटाइने नै हो भने पनि त्यस प्रकृतिका सबैलाई नियम लाग्ने होला । यसमा सो कार्यको अगुवाई गर्नेको नियत विसुद्ध ठिक छ भन्न सक्ने अवस्था छैन ।
यो बर्ष चीसो र शीतलहरको शंकटभन्दा बासस्थान उजाडिंदा त्यो र त्यस्ता अन्य बस्तीका पनि नागरिकको अवस्था सो ठाउँमा आफै उभिएर जनप्रतिनीधिलाई आँकलन गर्न पर्ने हो । यसमा दशकौं पहिलेदेखि बस्दै आएका सर्वसाधारण ऐलानी जग्गामा नै बसेको भए पनि भेलबाडी र शीतलहरमा उनीहरुको बासस्थान जनप्रतिनीधिकै अगुवाईमा उजाडिनु हुन्न । सबैले हट्नु परे हामी पनि स्वतः हट्छौं भन्ने तिनीहरुको उठ्ने इराधालाई थोरै समय उपलब्ध गराएर कार्य सम्पादन गरिएको भए त्यसले सार्थकता पाउने थियो । स्थानीय प्रहरी प्रशासनले पनि बलमिच्याई गर्नु कुनै अर्थमा युक्तिसंगत भएन । खाँदै गरेको भात खाइसक्न पनि नदिई घरको अन्न लत्ताकपडा समेत निकाल्न नदिने भतुवाहरुको जमात सर्वसाधारणमा बस्तमा त पसेको होइन होला ? तथापि यत्ति पनि हेक्का नराखी गरिने तोडफोड क्षमा योग्य छ भन्न सकिन्न ।

मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)