Skip This
Navigation
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय
    • राष्ट्रिय
    • राजनिति
    • समाज
    • प्रदेश खबर
  • अन्तरवार्ता/विचार
  • अर्थ-बाणिज्य
  • ग्यालरी
    • फोटो कथा
      • फोटोग्राफी
      • ग्यालरी
      • अन्य
    • भिडियो समाग्रि
      • अन्तर्वार्ता
      • रिपोर्टहरू
      • वृत्तचित्र
  • खेलकुद
  • कला साहित्य
    • मनोरञ्जन
    • साहित्य
    • नयाँ पुस्ता
    • नेताको बोली
    • समाजिक सञ्जाल
  • अन्तराष्ट्रिय
    • छिमेक
    • विश्व
  • अन्य
    • लेख
    • स्वास्थ्य जीवनशैली
    • प्रविधि
    • जनविचार
    • राशिफल
    • ईतिहास
    • पाठक प्रतिक्रिया
    • सफलताको कथा
    • सम्पादकीय
    • सिफारिस
    • प्रेस
      • उत्पादन
      • ग्यालरी
      • विकल्प
    • कोरोना विशेष
  • ई पेपर
माघ ८, २०७७
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय
    • राष्ट्रिय
    • राजनिति
    • समाज
    • प्रदेश खबर
  • अन्तरवार्ता/विचार
  • अर्थ-बाणिज्य
  • ग्यालरी
    • फोटो कथा
      • फोटोग्राफी
      • ग्यालरी
      • अन्य
    • भिडियो समाग्रि
      • अन्तर्वार्ता
      • रिपोर्टहरू
      • वृत्तचित्र
  • खेलकुद
  • कला साहित्य
    • मनोरञ्जन
    • साहित्य
    • नयाँ पुस्ता
    • नेताको बोली
    • समाजिक सञ्जाल
  • अन्तराष्ट्रिय
    • छिमेक
    • विश्व
  • अन्य
    • लेख
    • स्वास्थ्य जीवनशैली
    • प्रविधि
    • जनविचार
    • राशिफल
    • ईतिहास
    • पाठक प्रतिक्रिया
    • सफलताको कथा
    • सम्पादकीय
    • सिफारिस
    • प्रेस
      • उत्पादन
      • ग्यालरी
      • विकल्प
    • कोरोना विशेष
  • ई पेपर
संरक्षणको पर्खाईमा घडिअर्वा पोखरी
विद्यालयको शौचालय कहिले होला त सफा ?
घर आंगनकै सरकार जनताको दुष्मन नबनोस् (सम्पादकीय)
भोजपुरी लोकजीवनको भोजन
पूर्वराजा ज्ञानेन्द्रले जनअपेक्षा अनुसार आफू अगाडी बढ्ने संकेत गरेका छन् । गणतान्त्रिक नेपालका राजनीतिक दलहरुको काम गराईले उनलाई बल मिलेको हो ?
सानो पाइलाले सामाजिक दायित्व तर्फ ग¥यो सहयोग
लागु औषध गाँजा सहित साह दम्पती पक्राउ
अखिलको शुभकामना कार्यक्रम समपन्न
सरकार विरुद्ध हामी एकता भएर अगाडी बढ्न तयार छौँ : उपेन्द्र यादव
राष्ट्रिय
  • Home
  • News
  • विषादीको बढ्दो प्रयोग : समस्या भयावह
विषादीको बढ्दो प्रयोग : समस्या भयावह
पुष १२, २०७७ निलम पंत
तस्बिर : मध्य नेपाल ।

बद्लिदो परिवेशसँगै किसानले लगाएको खेतीवालीमा प्रयोग हुने बिषादी यतिवेला स्वास्थ्य समस्याका रुपमा देखा पर्न थालेको छ । बढि उत्पादकत्वको लागि किसानले बद्लिदो समयमा गर्न थालेको खेतीमा रोगकिरा बढि लाग्न थालेपछि प्रयोग हुने बिषादी स्वास्थ्य समस्याका रुपमा देखा पर्न थालेको हो ।

बीस बर्षबाट खेती किसानी गर्दै आएका पर्साको बहुदरमाई नगरपालिकाका रमेश प्रसाद कुशवाहा ‘बालीमा रोग किरा लागेपछि टुलु टुलु हेरेर बस्न नसक्ने बताउँछन् । बिषादी प्रयोग नगरी बस्यो भने लगानी डुब्छ । त्यसैले विषादी हाल्नुपर्छ । अर्गानिक मल हालेर खेती गर्दासम्म रोगकिरा कम लाग्थ्यो । रासायनिक मल हाल्ने क्रम बढेपछि रोग किरा पनि बढ्न थाल्यो । त्यसैले बिषादी नहाली तरकारी फलाउनै सकिन्न’ उनले भने ।

बहुदरमाई नगरपालिका, विश्रामपुरका अन्य किसान पनि तरकारी र अन्न बालीमा विषादी हाल्छन् । कुशवाहाका अनुसार काउली, गोलभेंडा, काँक्रो, मुला, बोडि, लौका, करेला, आलु, प्याज र भिन्डी जस्ता तरकारी खेतीमा विषादी हालिन्छ ।

कुशवाहा मलखाद, बिउबिजन, बिषादी सबै बिज भण्डारबाट ल्याउँछन् । खेती कसरी गर्ने, कति विषादी छर्ने भन्ने बारे बिज भण्डार सञ्चालक वा कर्मचारीले नै सिकाउँछन् । 

जसरी मान्छे बाँच्नका लागि अक्सिजन चाहिन्छ त्यसैगरी कृषिमा विषादी चाहिन्छ,’ विश्रामपुरका जाटाशंकर यादवले भने । ‘पहिले अहिले जस्तो रोग किराले सताउँदैनथ्यो ।’ 

भयावह बन्ने खतरा

कृषि विकास मन्त्रालयले गरेको एक अध्ययन अनुसार ७० देखि ८० प्रतिशत किसानले धानबालीमा १ देखि तीन पटक विषादी प्रयोग गर्छन । गहुँमा २० देखि ३० प्रतिशत किसानले एक पटक विषादी हालेका हुन्छन् । तरकारीमा सबैभन्दा बढी विषादी प्रयोग हुन्छ । ८० प्रतिशत किसानले तरकारी बालीमा २ देखि १० पटकसम्म विषादी प्रयोग गर्छन् । पर्सा जिल्लामा सबैभन्दा बढी खेती धानको हुन्छ । यस वर्ष धानबालीमा किराको प्रकोप बढी देखियो । पछिल्लो २० वर्ष यता यस्तो किराको प्रकोप कहिल्यै देखिएको थिएन । त्यसको रोकथामका लागि विषादी प्रयोग भएको छ । तरकारी बालीमा समेत विषादी अत्याधिक मात्रामा प्रयोग हुने गरेको कृषि ज्ञान केन्द्रका विषादी इन्सपेक्टर समसुल हक मियाँ दर्जीले बताए । पर्सामा व्यवसायिक रुपमा तरकारी खेती ५ वटा गाउँमा बढी हुने गरेको छ । अन्य ठाउँमा छिटपुट रुपमा तरकारी खेती हुन्छ ।
विषादीलाई विभिन्न ५ भागमा वर्गीकरण गरिन्छ । 

अर्गानोक्लोरिन समूह : यो समूहमा कडा खालका विषादी पर्दछन् । यसमा डिडिटी, बिएचसी, माईरेक्स, इन्डो सुल्फान, एल्ड्रीन, टोक्साफेन लगायत पर्दछन् । यी विषादी अहिले नेपालमा उपयोग गर्न पाइँदैन ।

  • अर्गानोफस्फेट समूह : मालाथीन, फोरेट, क्वीनालफोस, फेनिट्रोथिएन आदि
  • कार्बामेट्स समूह : कार्बोफुरान, एमीनोकार्ब, मेथियोकार्ब आदि
  • सिन्थेटिक पाईराथ्राईड्स समूह : एलेथ्रिन, साईपरमेथ्रिन, परमेथ्रिन
  • जैविक विषादी समूह : निम र अन्य वनस्पतीबाट बनेको विषादी, ढुसी, वा ब्याक्टेरिया वा नेमाटोड वा भाईरसबाट बनेका विषादी पर्सामा सबै भन्दा बढी साईपरमेथ्रिन नामक किरा मार्ने विषादी बढी प्रयोग हुन्छ । क्लोरोफाईपस, इमानेक्टोन, पात खाने किराका लागि बेन्जोट, माटोमा छर्ने फिप्रोनिकल विषादी वीरगञ्जका बीज भन्डारमा पाईन्छ । न्यु जय किसान एग्रो सप्लायर्सका सञ्चालक रौनक तुल्स्यानका अनुसार कडा खालका विषादी नेपालमा मात्रै नभएर भारतमा समेत प्रतिबन्धित छन । किसानको समस्या समाधानका लागि उपयुक्त विषादी दिने गरिएको छ । 

‘कतिपय किसान समस्या बताउनुहुन्छ, कतिपयले त नमुना विरुवा वा पात नै बोकेर आउनुहुन्छ, कतिले त सिधै विषादीको नाम भन्नुहुन्छ । ’उनले भने ‘किसानको आवश्यकता नै हाम्रो प्राथमिकता हो, बालि अनुसार मौसम अनुसार समस्या हुन्छ, मागेको बेला उचित सल्लाह दिन्छौं ।’ वीरगञ्जकै कृषक बिज भण्डारका कर्मचारी विनय कुमार ठाकुरका अनुसार किसानले कारवान्डाजाईम, म्याङगोजक, क्लोरोपाईनिपल्स, साईपरमेट्रिन, परफोनोक्स, ओराजा, फेन, लामजा साईक्रोमेक्जिन, आदी विषादी प्रयोग गर्छन् ।

धानबालीमा लाग्ने रोगमा ओसिन टोकेन बढी प्रयोग भईरहेको छ । बालीनालीमा लाग्ने विभिन्न किसिमका रोग, किटाणुहरु मर्नुका साथै मानिसको स्वास्थ्यमा पनि हानी पु¥याउँदैन तर तरकारी बालीमा यसको प्रयोग गरि एक/दुई दिनमै तरकारी सेवन गरियो भने विभिन्न रोग लागी स्वास्थ्यमा हानी पु¥याउँछ । त्यसैले यो औषधी छर्किसकेपछि कम्तिमा १ हप्तापछि मात्रै त्यो बस्तु उपभोग गर्दा विषादीले हानि गर्दैन ।
विषादी प्रयोगको के छ असर ?

विषादीले हावा, माटो र पानीलाई प्रदुषित बनाउँछ । पर्सामा विषादीले पारेको असर बारेमा अध्ययन भएको छैन । तर अध्ययन हुने हो भने डरलाग्दो अवस्था देखिने विषादी इन्सपेक्टर दर्जीले बताए । ‘किनकी यहाँका किसान कृषि कार्यालयमा भन्दा बढी विषादी पसलमा जान्छन् । उनीहरु रोगकिराको पहिचान नै नगरी विषादी दिन्छन् । किनभने उनीहरुलाई विषादी बेच्नसँग मात्र सरोकार हुन्छ । हेर्दा सामान्य देखिए पनि यो एकदमै खतरनाक काम हो । हचुवाको भरमा विषादी दिनु हुँदैन ’

बढ्यो उत्पादन लागत

बहुदरमाई–१ विश्रामपुरकी मुगली देवी बर्षेनी ५ कठ्ठासम्म तरकारी बाली लगाउँछिन् । विषादी नछर्किदा उत्पादन घट्ने र लगानी समेत नउठ्ने भएकोले आफूलाई र उपभोक्तालाई हानी हुन्छ भन्ने थाहा हुँदाहुँदै बाध्य भएर विषादी छर्केको मुगली बताउँछिन् । ‘विषादी प्रयोग रहर होईन बाध्यता हो ।’ उनले भनिन् । 

‘विषादी प्रयोग गरेका अन्न तरकारी खाएकै कारण ६०/६५ बर्षकै उमेरमा मानिस बुढो हुने गरेको सरहरुले तालिममा भन्नु हुन्थ्यो । तर गर्ने के ? बिषादी नछर्की तरकारी बाली वा खाद्य बालीमा लाग्ने रोगकिरा नियन्त्रणमा आउँदैन ।’ मुगलीले थपिन् ।

वीरगञ्ज महानगरपालिका, ड्राईपोर्टका गोपी राउत कुर्मीले तरकारी खेती गर्न लागेको २० वर्ष भयो । सुरुमा उनी २ कठ्ठा जमिन भाडामा लिएर खेती गर्थे । अहिले मौसम अनुसार १० कठ्ठासम्म तरकारी खेती गर्ने गरेका छन् । अहिले जग्गाको भाडा घटेको छ । तर खेतीमा मेहनत र लगानी बढेको छ । लगानी बढ्नुको मुख्य कारण मध्ये विषादी पनि एक हो उनले भने । 

उनले तरकारी खेती शुरु गर्दा विषादीमा खासै लगानी गर्नु पर्दैनथ्यो । प्राङ्गारिक मल हालेर खेती हुन्थ्यो । तर अहिले विषादी नहाली तरकारी खेती हुँदैन । ‘तरकारी बालीमा किराको प्रकोप बढी छ । एकै दिनमा ३ पटकसम्म विषादी छर्किएको छु । फल, पत्ता जताततै किरा लाग्छ,’ उनले भने । विषादी छर्कनु पर्दा तरकारीको उत्पादन खर्च बढेको छ । ‘पाँच टंकीमा लगभग ७ सय रुपैयाँ जतिको औषधी लाग्छ । किरा मार्ने कोराजिन, ५०५, गोलमाल, भूसी जस्ता विषालु औषधी पनि तरकारी बालीमा छर्किने गर्छौ,’ कुर्मीले भने । उपभोक्ताको स्वास्थ्यमा असर

बहुदरमाई नगरपालिका, बिश्रामपुर कै किसान किशोरी रामका अनुसार जसरी भए पनि मुनाफा कमाउने हुँदा खेतमा अन्दाधुन्ध विषादी प्रयोग भईरहेको छ । ‘कतिपय किसानले अघिल्लो दिन विषादी हालेर भोली पल्टै बिक्रि गरिदिन्छन् ।’ उनले भने ‘कृषि सेवामुलक व्यवसाय हो, बढी नाफा कमाउने सोच राखेर जथाभावी विषादी हाल्दा मानव स्वास्थ्यलाई हानी गर्छ ।’ ‘तरकारी वा खाद्य बस्तुबाटै विष बखाइरहेको बताउँछिन्,’ मुगली देवी । 

कतिपय किसानले आफ्नो परिवारका लागि र व्यापार व्यवसायका लागि छुट्टाछुट्टै बाली लगाउने गरेको उनले बताइन् । त्यसरी आफ्नो परिवारका लागि भनी उत्पादन गरिएको तरकारीमा प्राङगारिक मल हालिन्छ र विषादीको प्रयोग कम गरिन्छ ।

कृषि अनुसन्धान केन्द्र परवानीपुरका प्राविधिक जंग बहादुर प्रसादका अनुसार विषादी लामो समयसम्म बाली र माटोमा रहीरहन्छ । खाद्यान्न र तरकारी बाली हुँदै त्यस्तो विषादी मानिसको शरीरमा पस्छ । ती विषादीले छालामा अनेक किसिमको दाद आउने, चिलाउने हुनसक्छ । खानामा अनावश्यक रासायनिक विषादीको अवशेष हुने हुँदा स्वास्थ्यमा

विभिन्न समस्या देखापर्छ । शत्रुजीव बढ्दा मित्रजीवको खट्दो क्रम खेती गर्दा शत्रुजीव र मित्रजीव चिन्नुपर्छ । वैज्ञानिक अध्ययन अनुसार ९० प्रतिशत मित्र किरा हुन्छन् भने १० प्रतिशत मात्रै शत्रु किरा हुन्छन । किसानले जति धेरै विषादी प्रयोग गर्दै जान्छन्, उति कै मात्रामा शत्रु किराको प्रकोप बढ्दै जान्छ । विषादी इन्सपेक्टर दर्जी भन्छन् ‘अहिले रोग किराको प्रकोप बढी देखिनुको कारण विषादी प्रयोग किनकि विषादीले शत्रु कीरा मात्रै हैन मित्र कीरालाई पनि मारिदिन्छ ।’

सल्लाह सबै सहि हुँदैनन् : वीरगञ्ज महानगरपालिका, श्रीसियाकी सोना देवीका श्रीमान श्रीमती १५ वर्षदेखी व्यवसायिक तरकारी खेती गर्छन् । तरकारीमा विभिन्न किसिमका रोग किरा लाग्छन् । उनीहरु समय समयमा विषादी छर्किरहन्छन् । रोग किरा लागेपछि मात्रै हैन लाग्दै नलागोस् भनेर समेत उनीहरुले विषादी छर्कने गरेका छन् । ‘विषादीबारे हामीलाई उति थाहा हुँदैन, अरुको देखासिखीमा छर्कदै आएका छौं ।’ उनले भनिन् ‘ सबैभन्दा बढी प्रयोग गर्ने विषादी ५ सय ५ हो जसले बाली खाने किरा मार्छ ।

स्थानीय सरकार र ज्ञान केन्द्रमा भएका कृषि प्राविधिकहरुसँग विषादीको प्रयोगबारे कमै किसानले मात्र सल्लाह लिने गरेको सरकारी कृषि प्राविधिक बताउँछन् । ‘कतिपय किसानले छिटो उत्पादन हुँदा बढि आम्दानी लिन सकिन्छ भने सोचले पनि आवश्यकता भन्दा बढि विषादी छर्कन्छन््, जसले गर्दा उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पार्छ । विषादी इन्सपेक्टर समसुल हक मियाँ दर्जीले भने ‘हामीले बाली उब्जाउने, किराबाट बचाउने वा किरा लागि सकेपछि कति र कसरी विषादी छर्ने भनेर बुझाउँछौं । तर कतिपय किसानले त्यसरी गर्दैनन् । त्यति मात्रै हैन, साँझ विषादी हालेर बिहान बिक्रि गरिदिन्छन् । कुनैपनि बाली विषादी छर्केको ७ दिन पछि मात्रै उपभोग गर्नुपर्छ ।’
हरियो, निलो, पहेँलो र रातो लेबल लगाएका विषादी बजारमा पाइन्छन । यस्तो लेबलले कुन विषादी कति हानिकारक छ भन्ने बताउँछ । हरियो लेबल लागेको विषादी प्रयोग गर्नुपर्ने ठाउँमा किसानले छिटो किरा मार्ने भएर रातो लेबल लागेको विषादी छरिदिन्छन्, कृषि अनुसन्धान केन्द्र परवानीपुरका प्राविधिक जंग बहादुर प्रसाद भन्छन् । ‘कुन बालीमा कुन खालको समस्या छ, त्यो समस्याको समाधानका लागि कुन विषादी चाहिन्छ, कसरी प्रयोग गर्ने, लामो समय असर पार्छ कि छोटो समय भन्ने जस्ता कुरामा ख्याल गरेन भने गडबढ हुन्छ ।’  

पर्सा जिल्ला १ हजार ३ सय ५३ वर्ग किलोमिटरमा फैलिएको छ । ५७ हजार ७८ हेक्टर खेतियोग्य जमिन मध्ये ४८ हजार ८ सय ९८ दशमलब ७ हेक्टरमा खेती हुँदै आएको छ । धान, गहुँ, तरकारी, सुर्ती, उखु, दलहन, तेलहन र फलफूल मुख्य बाली अन्र्तगत पर्दछन् । शत्रुजीवहरुले बालीनालीमा करिब ३५ प्रतिशत नोक्सानी पु¥याउँदै आएको कृषि ज्ञान केन्द्रको अनुमान छ । न्यूनिकरणका उपाय विषादी प्रयोगबारे राम्रोसँग थाहा पाएर मात्रै तरकारी वा अन्य खाद्य बालीमा बिषादी छर्दा मानव स्वास्थ्यमा कम असर पर्ने र उत्पादनमा समेत वृद्धि हुने कृषि प्राविधिकहरु बताउँछन् । तरकारी खेती वा अन्नबालीका लागि आवश्यक विषादी पर्साका किसानले आफ्नो पायक अनुसार वीरगञ्ज वा भारतको रक्सौल बजारबाट ल्याउने गरेका छन् ।

कतिपय किसान त औषधी छर्ने मात्रा र तरिका बारे अनविज्ञ हुन्छन् । त्यसका लागि आवश्यक तालिम नपाएको किसानको गुनासो छ । बहुदरमाई नगरपालिका–९ का आसमान प्रसाद कुशवाहा मानव स्वास्थ्यमा कम नोक्सानी हुने गरी विषादी प्रयोगबारे तालिम हुनुपर्ने बताउँछन् । ‘विषादी प्रयोग नगरे लगानी नै डुब्छ, अनि गर्ने के ? ’ उनले भने ‘तरकारीमा लाग्ने रोग किरा नष्ट गर्न विषादीको विकल्प दिनुपर्छ । हैन भने कुन विषादी कति र कुन मात्रामा प्रयोग गर्ने भन्ने बारे तालिम दिनुपर्छ ।’ पर्सा मात्रै नभएर प्रदेश नं २ नै कृषिमा आधारित प्रदेश हो । मुलुक समृद्ध हुने र बेरोजगारी अन्त्य गर्न सक्ने प्रमुख क्षेत्र कृषि हो । तीनै तहका सरकार प्रमुख र विज्ञहरुले पनि यस्ता कुरा गर्ने गरेको किसानले सुनेका छन् । तर यो कुरा नारामा मात्रै सिमित छ । आफ्नो रगत पसिना बगाई ऋणधन गरेर खेती गर्ने किसानको बाली खेतमै कुहिएर नष्ट हुँदा समेत सरकारले वेवास्ता गरेको तितो अनुभव किसानले संगालेका छन् ।

वीरगञ्ज–१७ अलौका खोभारी साह तुरहा विषादी रहित खेतीका लागि सबै सरोकारवाला जुट्नुपर्ने बताउँछन् । ‘सरकारले नै विषादीयुक्त तरकारी उत्पादन गर्न बाध्य बनाएको छ जुन हामी सबैले उपभोग गरिरहेका छौं । हामीलाई बिषादी छर्ने रहर होइन बाध्यता छ ।’ उनले भने ‘ ‘रोग किराले बालीमा क्षति पु¥याउँदा क्षतिपूर्ति दिने व्यवस्था सहित सरकारले विषादी प्रयोग निरुत्साहन गर्न ठोस नीति तथा कार्यक्रम ल्याउनुपर्छ ।’

विषादी माग्नु वा सिफारिस गर्नु अघि केहि कुरामा विशेष ध्यान दिनुपर्छ : विषादी इन्सपेक्टर दर्जी

१. चपाउने किरा हो कि चुस्ने किरा ? रोग लागेको छ भने त्यो ढुसीबाट हुने रोग हो कि किटाणुबाट लाग्ने वा भाइरसको कारण लाग्ने ? कि फाइटोप्लाज्माबाट लाग्ने रोग कि, त्यो थाहा पाउनु पर्छ अनि मात्रै विषादीको मात्रा भन्नुपर्छ ।

२. समस्या वा रोगकिराका बारेमा राम्ररी बुझेर, स्थलगत अध्ययन गरेर विषादी सिफारिस गर्दा कम प्रयोग गर्दा पनि पुग्छ ।

३. विषादी प्रयोगको मात्रामा विशेष ध्यान दिनुपर्र्छ । ‘एक लिटर पानीमा एक मिलि विषादी मिसाउन सल्लाह दियो भने किसानले ५ मिलि मिसाई दिन्छन् ।

४. विषादी छर्केपछि त्यसको प्रतिक्षा अवधी हुन्छ । विषादी छर्केको कति दिनसम्म त्यो बाली नखाने त्यो किसानलाई थाहा हुनुपर्छ । तरकारी बजारमा ल्याएर राम्रो देखाउन चाँडो चाँडो विषादी हालिरहन्छ जुन गलत हो । विषादी इन्सपेक्टर दर्जी एकैचोटी रासायनिक विषादी र्छन छाडिदिँदा उत्पादनमा असर पार्ने बताउँछन् । ‘रासायनिक विषादी कम गर्दै जैविक विषादीको प्रयोग बढाउनुपर्छ, जैविक विषादी किसानले घरमा पनि तयार गर्न सक्छन् ।’ कृषि ज्ञान केन्द्रका तत्कालिन प्रमुख बरिष्ठ कृषि विकास अधिकृत डाक्टर रामचन्द्र यादव भन्छन्, ‘स्थिति बिग्रन नदिन किसान, एग्रोभेट सञ्चालक, स्थानीय सरकार र हामी जिम्मेवार हुनै पर्छ ।’

एकीकृत विषादी व्यवस्थापन अवधारणा अवलम्बन गर्न कृषक पाठशाला स्थापना गर्ने, जैविक विषादी उत्पादनलाई बढवा दिने, कमै विषादी मात्रै दर्ता गर्ने, प्रांगारिक खेतीमा जोड दिएर मानव स्वास्थ्यमा हानी पु¥याउने विषादीको प्रयोगलाई घटाउँदै लैजानु पर्ने उनले बताए ।

प्रकृतिले प्रदान गरेको अमूल्य सम्पत्तिको उपयोग एकदमै सावधानीपूर्वक गर्नुपर्ने बेला आइसकेको कृषि प्राविधिक जंगबहादुरको तर्क छ । क्षणिक मानवीय स्वार्थ र असावधानीले गर्दा वातावरण प्रदुषण भई डरलाग्दो परिणाम आउन सक्ने उनले तर्क गरे ।

मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता

कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई

व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा

लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट) 

#Samata_School कैदी बन्दी जीवन विताईरहेका आमा बुवाका बालबालिकाको अवस्था #100_School #Nepal_Education

तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation

यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट

काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !

मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal

आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै

#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच

कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा

निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव 

जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न ! 

लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट) 

लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV

सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)

Madhya Nepal

 

#विषादी प्रयोगको अवस्था #विषादी #तरकारी खेती
आइतवार, पुष १२, २०७७, ११:१२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
इस्टइन्डिया कम्पनीलाई हराएको पर्सा गढीमा २ सय ६ औँ भव्य बिजयोत्सव समपन्न
हेटौँडा पथलैया सडक खण्डमा गाडीको ठक्करले पोथी बाघको मृत्यु, दिर्घकालिन असर पर्ने विज्ञको भनाई
उहिले र अहिले उब्जने धान
राष्ट्रिपतीबाट प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा
राष्ट्रिय
चिसोका कारण चारको मृत्यु
64x64
पुष ३, २०७७ निलम पंत
पुरा पढ्नुहोस्
राष्ट्रिय
खोइ त हटेको महिला मानसिकता ?
64x64
मंसिर ३०, २०७७ निलम पंत
पुरा पढ्नुहोस्
ताजा समाचार
संरक्षणको पर्खाईमा घडिअर्वा पोखरी माघ ६, २०७७
विद्यालयको शौचालय कहिले होला त सफा ?
घर आंगनकै सरकार जनताको दुष्मन नबनोस् (सम्पादकीय)
भोजपुरी लोकजीवनको भोजन
पूर्वराजा ज्ञानेन्द्रले जनअपेक्षा अनुसार आफू अगाडी बढ्ने संकेत गरेका छन् । गणतान्त्रिक नेपालका राजनीतिक दलहरुको काम गराईले उनलाई बल मिलेको हो ?
सानो पाइलाले सामाजिक दायित्व तर्फ ग¥यो सहयोग
लागु औषध गाँजा सहित साह दम्पती पक्राउ
अखिलको शुभकामना कार्यक्रम समपन्न
सरकार विरुद्ध हामी एकता भएर अगाडी बढ्न तयार छौँ : उपेन्द्र यादव
जनविचार
पूर्वराजा ज्ञानेन्द्रले जनअपेक्षा अनुसार आफू अगाडी बढ्ने संकेत गरेका छन् । गणतान्त्रिक नेपालका राजनीतिक दलहरुको काम गराईले उनलाई बल मिलेको हो ? मध्य नेपाल संवाददाता
अलपत्र हुलाकी सडक सरकारको प्राथमिकतामा नपर्नुको यस्तो छ कारण बलिराम यादव
खाद्य वाली वा तरकारी बालीमा विषादी प्रयोगको अवस्था कस्तो छ ? बलिराम यादव
अन्तर्वार्ता
केन्द्रले मसी विनाको कलम दियो कसरी काम गर्ने ? प्रदेश सभा सदस्य ः भिमा पुष २२, २०७७
विषादीको बढ्दो प्रयोग : समस्या भयावह पुष १२, २०७७
पकाहामैनपुरका अध्यक्ष चौरसियासँग ५ प्रश्न ? पुष ८, २०७७
समाज
विद्यालयको शौचालय कहिले होला त सफा ?
सम्पादक खड्का द्धारा पर्साका पत्रकार महिला हितका लागि चेक हस्तान्तरण
ट्रकमा लुकाईछिपाई लागुऔषध गाँजा तस्करी गर्ने सात जना पर्साबाट पक्राउ
दलितका लागी आवास, पिपरामा डोम परिवारको भवण शिलान्यास
सम्पर्क ठेगाना

मध्य नेपाल मिडिया प्रालि

Panitanki -08 Birgunj, Parsa.
Email : madhayanepalsandesh@gmail.com
Url : www.madhyanepal.com

टेलिफोन

News Desk:  051 - 528050, 9811107387
Advertisement: +977-9865188577

ईमेल

News : madhayanepalsandesh@gmail.com, madhyanepalmedia@gmail.com
Marketing: madhyanepalpress@gmail.com
Feedback: madhyanepalmedia@gmail.com
Editor : Kabita Khadka

सूचना विभाग दर्ता नं.

1920 / 2076-077
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • अन्तरवार्ता/विचार
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • कला साहित्य
  • अन्तराष्ट्रिय
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना कहर
  • #Birgunj
  • #काेराेना कहर
  • #कोरोना संक्रमण
  • #खोजी जवाफदेहिताको
  • #कोरोना भाइरस
  • #वीरगंजमा कोरोना संक्रमीत
  • #स्थानीय निकाय
  • #वीरगंज महानगरपालिका
  • #प्रदेश नं २
  • #काेराेना संक्रमितकाे मृत्यु
  • #काेराेना संक्रमित
  • #स्वास्थ्य
  • #शिक्षा
  • #महिला
  • #कोरोना महामारी
  • #कोरोनाको प्रकोप
  • #कोरोना संक्रमितको मृत्यु
  • #बजार
  • #कोरोना संक्रमित थपिए
फेसबुक पेज
Madhya Nepal
© मध्य नेपाल मिडिया प्रालि - 2021 All rights reserved.
Powered by: SoftNEP