बीरगंजको सडक २५/२५ मिटर चौडा गर्ने या नगर्ने विषयमा यतिखेर समाजिक सञ्जालमा चर्काचर्की चलिरहेको छ ।
पोष्ट अनुसार धेरै जसो चौडा गर्ने पक्षमा देखिन्छ भने, कांग्रेस, फोरम १५/१५ मिटर तर मुअब्जा दिएर गर्नुपर्ने पक्षमा उमिएको देखिन्छ ।
यस्तो छ समाजिक सञ्चालमा आएका प्रतिक्रिया हरु :-
-
केसि लामिछाने (सञ्चारकर्मी)
बीरगंजको सडक चौडा नगर्दा नै बीरगंजको बिकास देख्ने दृष्टिदोष भएका नेताहरु आफै इन्जिनियर बन्दै छन र फरमान जारी गर्दैछन १५/१५ मिटर सडक चौडा गर्नु पर्छ । अर्का उफ्रिन्छन मुआव्जा तिर्नु पर्छ । सडकको जग्गा कब्जा गर्ने अतिक्रमणकारीहरुलाई मुआव्जा दिनु पर्ने रे अनि त्यो नीजि सम्पती हो भन्दै दिन लाई रात बनाउने कुचेष्ट गर्दै हैइट अलिक लाजशरम भन्ने पनि चीज हुन्छ हो ? यस्तो हर्कत गर्नेहरु आजको पुस्ताको सपना के हो ? एक पटक सोधी हेर अनि बल्ल चाल पाउछौ तिम्रो बिकास प्रतिको धारणा रद्धीको टोकरीमा फाल्नु पर्ने अवस्थाको भएको छ भनेर । सडक चौडा हुन नदिनेहरुको राजनीति त्यतीकै संकुचीत हुनेवाला छ सडक साघुरो राख्ने क्रममा आफनो राजनीतिक जीवन साँघुरो हुने कुरा ख्याल राख्दा बेशै हुन्छ । राजनीतिक मुद्धाको रुपमा सडक चौडाको बिषयलाई उठाएर गण्डक देखी माथिका नागरिकको अपमान नगर । बिकासको स्वभाविक बिकासक्रमलाई अवरुद्ध पार्ने धृष्टता नगर । यह जनता है जनता सब जानती है ।
-
सुष्मा तिवारी (प्रध्यापक
वीरगंजको सडक चौडा हुनै पर्छ । यसको लागी सबैजना सहमत भएर वीरगंजको विकासमा लाग्न जरुरी छ ।