वडा प्रहरी कार्यालय श्रीपुरले नेपाली नक्कली नोट सहित एक भारतियलाई पक्राउ गरेको छ ।
विशेष सुचनाको अधारमा भारत विहार मोतिहारी जिल्ला रक्सौल बस्ने २२ वर्षिय अमनदिप कुमार सिंहको साथबाट एक हजार दरका १ सय ९३ वटा नेपाली नक्कली नोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मनोजित कुवरले बताए ।
कुँवरका अनुसार विशेष सुचनाको अधारमा वीरगंज महानगरपालिका वडा नम्बर १३ राधेमाई स्थित सडकमा चेकजाँच गर्ने क्रममा विआर ०५ एम ६०९७ नम्बरको भारतिय मोटरसाइकलमा सवार अमनदिप कुमार सिंहको खनतलासी गर्दा निजको साथबाट नक्कली नोट सहित लागु औषध ३ ग्राम खैरो हिरोईन बरामद गरेको हो ।
पक्राउ परेका सिंहबारे थप अनुसन्धान भईरहेको पर्सा प्रहरी जनाएको छ ।
उनिमाथि मुद्रा सम्बन्धीको मुद्दा खोटा चलन र लागु औषध सम्बन्धीको मुद्दा चलाईने प्रहरीले जनाएको छ ।