१) राजनीतिकमा कहिलेदेखि आउनु भयो ?
बाल्यकालदेखि नै हामी नेपाली कांग्रेसको झण्डा घरमा राखेर राजनीतिमा लागेको परिवारका सदस्य हौं । परिवार सबै नेपाली कांग्रेसमा थियौं । म पनि नेपाली कांग्रेसको झण्डा बोकेर जय नेपाल भन्दै हिड्न थालेको लामै समय भयो । वीरगंजमा आउँदा खेरी धेरै संघ–संस्थामा काम पनि गर्दै आएको थिए । समाज सेवा गर्दै महिलाहरुलाई सहयोग गर्दै राजनीतिमा पनि सकृय रहेको छु । कसैको समस्यालाई सकेको समाधान गर्ने प्रयास गर्छु । त्यसरी काम गर्दै जाँदा मानिसहरु राजनीतिकमा ल्याउनु पर्छ भन्न थाले । मलाई राजनीति राम्रो लाग्दैनथ्यो । तर वडाबाट सबैले साथ सहयोग गर्नु भएकोले उम्मेदवारी दिए । विजयी पनि भए, पछि वीरगंज महानगरपालिकाको कार्यपालिमा पनि निर्वाचित भएँ । ५ वर्ष कार्यपालिकामा रहें । त्यहाँ आर्थिक विकासका संयोजक पनि थिए । आर्थिक विकासमा कृषि क्षेत्र पनि पर्छ । त्यसमा धान गहुँ र तरकारीहरुको बिउ बिजनहरु सजिलै उपलब्ध गराएका थियौं ।
२) नेतृत्व गर्न कसरी सफल हुनु भयो ?
सबैभन्दा पहिला श्रीमान्ले साथ समर्थन नगरेसम्म महिला अगाडी बढ्न सक्दैनन् । किनभने कुनै महिलालाई उसको श्रीमान् र परिवारले साथ दिनुपर्छ । १२ बजे राती फोन गरेर मलाई बचाउन आउनुस् भन्दा म आफ्नो श्रीमान्लाई साथमा लिएर गएको सम्म छ । म वडामा, प्रशासनलाई फोन गरिदिन्थे । कुनै पनि बेला मेरो सहयोग गर्नु हुन्थ्यो । त्यस्ता केसहरुमा रातीको १२ बजे श्रीमान्लाई साथ लिएर जान्थे । त्यहि कारणले म कुनै पनि काम गर्न सक्ने भएर पनि होला मलाई वडावासीले निर्वाचित पनि गराएका थिए ।
३) तपाई वडा अध्यक्षमा किन लड्नु भएन ?
राजनीतिकमा सबैभन्दा पहिला आर्थिकको कुरा आउँछ । अहिलेको चुनावमा कति खर्च हुन्छ सबैलाई थाहा छ । मसंग आर्थिक नै थिएन । सबै जनाले वडा अध्यक्षमा लड्ने इच्छा छ भने लड भन्नु भएको थियो । चुनाव लड्नलाई पैसा चाहिन्छ । पैसा भएन भने चुनाव जित्न सक्नु हुन्न । राजनीतिक पनि गर्नु सक्न हुन्न । चुनावमा सबैभन्दा महत्वपूर्ण आर्थिक अवस्था हो । निर्वाचनमा प्रचार–प्रसार गर्न जाँदा, पम्पलेट छपाउदाँ पैसा नभएको मानिस चुनाव लड्न सक्दैन ।
४) नेतृत्वमा रहँदा कस्ता चुनौति आए ?
नेतृत्व गरिरहदा धेरै चुनौतिहरु आए । कसैको मुद्दा लिएर म बसिरहेको छु भने त्यहाँ पनि दबाब आउँछ । यहाँ सबै कुरामा राजनीतिक चलखेल हुन्छ । तपाई जहाँ पनि जानु जबसम्म तपाईको सोर्स छैन भने राजनीतिक गर्न सक्नु हुन्न । राजनीतिकमा तपाईको सोर्स छैन भने तपाई हार्नु हुन्छ ।
५) मधेशका महिलाहरुको समस्या के हो ?
पहिला महिलाहरु घँुघटभित्र थिए । अब त सबै संघ–संस्थाहरुले महिलाहरु पनि घर बाहिर निस्केर काम गर्नुपर्छ भनेर कार्यक्रम गर्न थालेपछि अहिले एकदम राम्रो भएको छ । अब महिलाहरु आफै काम गर्न निस्किरहेका छन् । महिलाहरु काम गर्न आफै खोजिरहेका छन् । मलाई धेरै महिलाहरु काम खोजिदिनु न भनिरहेका छन् । मलाई पनि काम गरेर अगाडी बढ्नु छ भन्ने महिला पनि भेटेको छु ।
६) वीरगंजको ३२ वडामा महिला अध्यक्ष छैनन् नि त ? महिलालाई हेंला गरेका हुन् ? उपमेयर पदमा महिला हुनुपर्ने हो । तर यसमा पनि चलखेल छ ?
आरक्षण पछि पनि महिलालाई उपेक्षा गर्नु ठिक होइन । वीरगंज महानगरपालिमा भित्र झन महिला नेतृत्वमा छैनन् । महिलालाई मौका नै दिएको छैन । महिलालाई राम्रो पद नै दिएको छैन । सबै पद पुरुषको अण्डरमा छ । महिलाको नेतृत्व नामको लागि मात्र छ ।
७) महिलाको नेतृत्व कसरी विकास गर्नु पर्छ त ?
हामी महिलालाई अगाडि बढाउछौं । तर महिलाले पनि बुझ्नु प¥यो । म बाहिर निस्कयो भने घुंघटमा छु । त्यो नेतृत्व गर्नु प¥यो भने सबै जिम्मेवारी लिनु पर्छ । त्यसको लागि तयारी कसरी हुने भन्ने पूर्व तयारी पनि महिलाले गर्नु पर्छ । यदि घरबाट बाहिर निस्कन दिइरहेको छैन भने पहिले त्यसको तयारी गर्नु पर्छ । हाम्रो समाजले सुरुमा त्यो नमान्न सक्छ । तर सबै पुरुष नराम्रा मात्र छैनन् । कुरा बुझ्ने पनि छन् । अधिकाँश ठाउँमा त महिलाको दुश्मन महिला पनि हुने गरेका छन् । यदि तपाई अगाडि बढनु हुन्छ भने अरु मान्छेले बाटो काट्छन् । तर त्यहाँ ध्यान दिनु पर्दैन आफु निरन्तर अगाडि बढ्दै जाने हो । एकदिन लक्ष्यमा पुगिन्छ ।
८) २०८४ मा तपाईको योजना के छ ?
२०८४ मा सबै महिला एकजुट हुनुपर्छ । ३३ प्रतिशत महिला हुनुपर्छ भने ३३ प्रतिशत महिला नेतृत्व हुनै पर्छ । हाम्रो आरक्षण मै छुटयाएको छ । उपमेयर र मेयर मध्ये एकमा महिला हुनुपर्छ भनिएको छ । तर हामीलाई यसमा पनि पछाडी पारिदैछ । पुरुषहरुले महिलाहरुलाई दबाउन खोज्छन् भने महिलाहरु पनि विस्तारै एकजुट भएर आफूले पाउने अधिकार लिन अग्रसर पनि हुनुपर्छ ।
९) महिलाले गरेको नेतृत्व कतिको सफल भएको छ ?
महिलाले गरेको नेतृत्व सफल भएकै हुन्छ । तर कुनै कुनै ठाउँमा महिलाहरुले अहिलेसम्म बाहिर निस्किन नपाउनु चाही दुःखद् हो । गाउँ घरमा अहिले पनि महिलाहरु माथि रोकटोक हुन्छ । यदि महिलाले मौका पायो भने उ गर्न सक्छ भन्ने हामीले उदाहरण पनि दिन सक्नु पर्छ । बुवा र श्रीमानले अझ साथ दिनु पर्छ । म पनि आफ्नो श्रीमानको साथले नै यहाँसम्म पुगेको हुँ । हामी सबै महिलाहरु एकजुट हुनुपर्छ । यस पालि हामी २०८४ मा सबै जना आफ्नो ठाउँबाट उमेदवारी वडा अध्यक्षको दिने सोचमा छु । हामी मिलेर सबै अगाडि बढछौ र आफनो नेतृत्वलाई सफल बनाउछौं भन्ने भावना सर्वप्रथम महिलामा पनि हुनु प¥यो ।
१०) बाहिरको परिवेश पनि हेर्नु भएको छ, यसमा जीनव के रहे छ ?
जिवन यस्तै हो भनेर म खुशी नै रहन्छु । जहाँ पनि जे समस्या छ त्यहाँ म गइ दिन्छु र गर्छु पछि जिवन यहि हो । जिवनमा सुख र दुख भैनिरहन्छ । तर आफुले जिम्मेवारी लिएको काम कहिले पनि नछोडने र हामी यो गछौं आफुमा हिम्मत राख्यो भने गर्न सकिन्छ ।