१) ग्याष्ट्रिक भनेको के हो ? यो कसरी हुन्छ ?
ग्यास्टिक सबैलाई लाग्ने रोग हो । कसैलाई थोरै कसैलाई धेरै हुन्छ । ग्यास्टिक हुने प्रमुख कारण भनेकै खानपानमा हुने लापर्वाही हो । यसको अलावा हाम्रो खानपान पनि अस्वस्थ्यकर हुन्छ । खाना खाने सही समय र दैनिकी हुनुपर्छ । चिल्लो, पिरो र मसालेदार तारेको भुटेको खानाखाँदा पाचँनशक्तिले पचाउँन गाह्रो हुन्छ । प्रायः सबै जनाले खाने भनेकै यस्तै हो । त्यसैले वर्तमानमा ग्याष्टिकले अधिकाश मानिसलाई सताउने गरेको पाइन्छ ।
२) खानाको समायोजन कसरी गर्ने त ?
खाना खाने एउटा निश्चित समय हुनु पर्छ । गाउँघरका महिलाहरु बिहानदेखि उठेर घरधन्दा सकेर परिवारका सबै सदस्यलाई खाना खुवाएर मात्रै आफू खाने गर्छन् । यसरी लामो समयसम्म खाना नखाँदा पेटमा ग्यास जम्मा भएर बस्छ । त्यो समयमा पेटमा आमाशय भित्र कुनै पनि खाना गएको हुदैन । समयमा हाम्रो आमाशयमा खानालाई पचाउँने विभिन्न किसिमको इन्जाइम, एसिडहरु उत्पन्न भने भइरहेका हुन्छन् । त्यसबेला कुनै पनि खानेकुरा नहुँदा इन्जाइमले विस्तारै आमाशय र आन्द्राहरुलाई नै डाइजेष्ट गर्न थाल्छ । एसिड न्यूट्रिलाइज हुन नपाएपछि आन्द्रालाई विस्तारै–विस्तारै विगार्न थाल्छ । त्यो लामो समयसम्म हुँदा अल्सर भई क्यान्सरमा परिणत हुने सम्भावना बढेर जान्छ । शुद्ध खानेकुरा खाए पनि लामो समय विचको अन्तर चाही हुनुहुन्न ।
३) ग्याष्टिक विग्रिएर हुने सुरुका लक्षण के–के हुन् ?
सुरुमा ग्याष्टिक हुँदा कुनै खाना खाँदा अथवा भोको पेटमा अलि–अलि माथिल्लो पेट दुख्छ । त्यो दुख्न लागिसकेपछि त्यही बेला डक्टरसंग चेकअप गराउनु पर्दछ । लामो समयसम्म पेट दुख्दा पेटभित्र केही छ कि छैन हेर्नको लागि इन्डोस्कोपी गर्नुपर्दछ । इन्डोस्कोपी गर्दा आमाशय भित्र के छ ? त्यो छर्लङ्ग देखिन्छ । तर त्यसमा हामीले इन्डोस्कोपि गरिसकेपछि पाइलोरी भन्ने ब्याक्टेरीया हुन्छ । ग्याष्टिक अल्सर गर्ने त्यो प्रमुख कारण पनि पाइलोरी ब्याक्टेरियाले हो । त्यो व्याक्टेरीया पनि फोहोर खानेकुरा, दुषित पानीबाट सर्छ । पाइलोरी व्याक्टेरिया त्यसमा छ भने निमूर्ल पार्नको लागि डक्टरसंग सम्पर्क गर्नुपर्छ । त्यसको उपचार गरिसकेपछि बल्ल ९० प्रतिशतजति ठिक हुन्छ ।
४) ग्याष्टिक कत्तिको जटिल समस्या हो ?
सामान्यतया पेटको माथिल्लो भागमा जलन हुने, मुखमा अमिलो पानी आउने, खाली पेटमा डकार आउने, खाँदा अप्ठेरो महसुस हुने, राम्रोसँग वायु नखुल्ने, दिसा नियमित रुपमा नहुने, कब्जियत हुने जस्ता समस्या ग्याष्ट्रिक हुँदा हुने लक्षण हुन् । ग्याष्टिक आफैमा खासै ठूलो रोग होइन । तर यसलाई समयमा ख्याल नगर्दा भने यो जटिल समस्याका रुपमा बढ्दै मानसिक तनाव पनि बढाउन पुग्छ । यदि आमाशयमा अल्सर भएमा कहिलेकाँही मुखबाट रगत आउने र दिसा कालो हुने अनि लामो समयसम्म त्यस्तै रहिरहे क्यान्सरसम्म पनि हुने गर्दछ ।
५) ग्याष्टिक आफै रोग नभएर खासमा के हो त ?
मेडिकलको भाषामा ग्याष्टिकलाई ग्यास्टाइटिस भनिन्छ । यो एचपाइलोरी व्याक्टेरियाले गर्दा पेटमा उत्पादन हुने समस्या हो । यो हाइड्रोक्लोरिक एसिडको मात्रा १ दशमलव ५ भन्दा बढी अम्ल उत्पादन हुने समस्या पनि ग्यास्ट्राइटिस अर्थात आम भाषामा ग्याष्टिक भन्ने गरिन्छ ।
६) हाइड्रोक्लोरिक एसिड के कारणले बढ्छ र ग्याष्टिक हुन्छ ?
अमाशयमा रहने कडा खालको अम्ल बिभिन्न कारणले बढ्छ र ग्याष्टिक हुन्छ । प्रायःजसो खानपानमा अनियमितता भयो, अत्याधिक चिल्लो र मसलेदार खाना खाइयो, लामो समयसम्म पेट खाली राखियो, पानी कम पिइयो र तनाव बढी लिइयो भने पनि पेटमा अम्ल उत्पादन बढि हुन्छ । धुम्रपान, मद्यपान गर्ने साथै बढी मोटो र मानसिक चिन्ता बढि लिने व्यक्तिलाई पनि ग्याष्टिक हुन्छ । त्यस्तै पेटभित्र अल्सर, क्यान्सर, पित्त थैलीमा पत्थरी भएमा पनि ग्यासटाइटिस हुनसक्छ । केही औषधीको बढि सेवनले पनि अत्याधिक ग्याष्टिक हुने गर्दछ ।
७) ग्याष्टिकबाट बँच्न के उपाय गर्न सकिन्छ ?
ग्याष्टिक हुन नदिन हरेक व्यक्तिले खाने खानामा मसला, चिल्लो, पिरो, अमिलोको मात्रा कम गर्नुपर्छ । खाना खाने समयलाई नियमित गर्नुपर्छ । धेरै लामो समयसम्म पेट खाली नराख्ने र ठिक्क खाने, धुम्रपान नगर्ने, चिन्ताबाट मुक्त हुने, शारिरीक व्यायाम गर्ने, अनिन्द्रा नबस्ने जस्ता बानी ग्याष्टिकको उत्पति हुन नदिने उपायहरु हुन् । मानिसले यस्तो बानीको विकास गर्नुपर्छ ।
८) ग्याष्टिक भइहालेमा उपचार विधि के अपनाउन सकिन्छ ?
डाक्टरले बिरामीको लक्षणबाट नै सामान्यतः ग्याष्टिक भए नभएको पत्ता लगाउँछ । यदि ग्याष्टिक भइहालेमा आवश्यक औषधी सेवन गर्न र खानपानमा ध्यान दिन पर्छ । यसको लागि डाक्टरले पनि पहिलो उपाय भनेको उचित सल्लाह सझाव नै दिने हो । बिरामीले अटेर गरेपछि मात्र औषधी दिने लगायत थप उपचार विधि अगाडी बढाउने हो । तोकिएको समयसम्म डाक्टरको सल्लाह अनुसारको खानपान र औषधीको सेवन गर्दा ग्याष्टिक निको नभएमा इन्डोस्कोपी गरेर अम्लका कारण पेटमा घाउ भएको छ वा छैन पत्ता लगाइन्छ । एचपाइलोरी (H\ PYLORY) भन्ने ब्याक्टेरीयाको त्यसपछि जाँच गरिन्छ र थप संक्रमणको मात्र पत्ता लगाइन्छ । घाउ नभएको अवस्थामा खानपानलाई व्यवस्थित गरेर ग्याष्टिकको समस्याबाट छुटकारा पाउन सम्भव छ । तर अल्सर नै भैसकेको भए ६ हप्तासम्म ट्रिपल थेरापी गर्नुपर्छ । कहिलेकाँही पित्त थैलीमा पत्थरी भयो भने पनि ग्याष्ट्रिक जस्तो समस्या देखा पर्न सक्छ । यस्तो भएमा पित्त थैलीको पत्थरीको अप्रेसन गरी मुख्य समस्याको चाही निदान गर्नुपर्ने पनि हुन सक्छ ।