१) तपाई शिक्षा क्षेत्रतर्फ आकर्षण हुनुको खास कारण छ ?
भोलीको दिनमा पढेर के बन्ने सानैदेखि लक्ष्य लिएर पढने बानी खासै हाम्रो पालामा थिएन । को खासै पहिले विकास थिएन । साथी संगत अनुसार पढ्दै जाने चलन थियो । पछि जुन पेशा राम्रो लाग्छ त्यतै जाने गरिन्थ्यो । म नि त्यसै अन्तर्गत परे । अहिलेका बच्चाहरु भने सानै उमेरदेखि आफू डाक्टर, इन्जिनियर, पाइलट, नर्स, शिक्षक के बन्ने ? भन्ने निक्र्योल निकाल्छन् । मैले प्लस टु गरिसकेपछि अंकलले स्कूल खोल्नु भयो र उहाँले मलाई भन्नु भयो कि तिमी किन घरमा यतिकै बस्छौं । यहाँ आएर पढाउ । अनि मलाई अंकलले राम्रै भन्नु भयो भन्ने लाग्यो र स्कूलमा जादाँ केही सिक्ने मौका पाए । पछि यसैमा मलाई मन लाग्दै गयोे । बच्चासंगै समय बिताउँदा यो पेशा राम्रो लागेर १ वर्षे वि.एड गरेर यही पेशालाई निरन्तरता दिइरहेको छु ।
२) कति विद्यार्थी संख्याबाट सुरुका दिनमा विद्यालय संचालन गर्नु भयो ?
सुरुवातमा स्कूल संचालन गर्दा १० जना बच्चाबाट विद्यालय संचालन सुरु गरेको हो । मेरो लागि १०० जना बच्चा बराबरकै थियो । अहिले लगभग १०० जना बच्चाहरु छन् ।
३) तपाईकै विद्यालय अभिभावकले किन रोज्ने ?
मैले दिनु पर्ने गुणस्तरीय शिक्षा, अनुशासन, सानो बच्चालाई चाहिने माया भनेको नै स्याहार–सुसार हो । भन्न त सबैले राम्रै गर्छु भनेर विद्यालय खोलेका हुन्छन् । तर सानो बच्चालाई गर्ने हेरविचार, स्वास्थ्य खाना, राम्रो वातावरण मुल कुरा हो । यो सबै हामी ध्यान दिएर गर्छौं । बच्चाहरुको अभिभावकलाई चित्त बुझाएर मात्र इडु केयर किड्समा आउने वातावरण हामीले बनाएका छौं । त्यसैले हाम्रो विद्यालय अभिभावकहरुको रोजाइमा परेको हो ।
४) विद्यालयको शुल्क चाही अभिभावकले सहन गर्न सक्ने छ त ?
अरु स्कूलको तुलनामा शुल्क मिनिमम छ । सबैको एकैनासको शुल्क छ । हाम्रो विद्यालयमा अढाइ बर्षका माथिका नानीहरु राख्छांै । गुणस्तरीय शिक्षा प्रदान गर्नुको साथै हेरविचारमा पनि हामी ध्यान दिन्छौं । यो हाम्रो बिशेषता पनि हो ।
५) विद्यालय संचालकले नराम्रो कस्ले भन्छ र ? तर अभिभावक चाही सन्तुष्ट पाउनु भएको छ ?
जुन हिसाबले उहाँहरुले हामीलाई साथ सहयोग गर्दै आउनु भएको छ । त्यो हिसाबले अहिलेसम्म हाम्रो अभिभावकहरु सन्तुष्ट नै हुनुहुन्छ जस्तो लाग्छ । यसै सकारात्मक कदममा टेकेर हामी पनि निरन्तर अगाडी बढिरहेका छौं ।
६) शिक्षाको अवस्था कमजोर छ भनेर बजारमा हल्ला छ त ? तपाई के भन्नु हुन्छ ?
वीरगंजको शिक्षाको अवस्था सुधार भइरहेको छ । हाम्रो दिमागमा के छ भने हामी परम्परागत तरिकाले पढेर आएका हौ । अहिले भनेको प्रयोगात्मक शिक्षाको कुरा बढि उठिरहेको छ । त्यसमा थोरै भिन्नता हुन्छ नै । पहिला र अहिले फरक त छ । हामी बुझ्न नसकेर त्यो कुरालाई स्वीकारेको हुदैनांै । तर यसो भन्दैमा वीरगन्जको शिक्षाको अवस्था नै खस्केको भन्न चाही मिल्दैन । सुधार त हुदैछ । बाँकी रह्यो हाम्रो कुरा हाम्रो विद्यालय उच्च तहको नभएर आधार तहको भएको कारण हाम्रो सेवा विवाद रहित नै छ ।
७) अभिभावकको गुनासो अहिलेसम्म फेस गर्नु भएको छ कि ?
त्यस्तो त अभिभावकबाट हाम्रोमा खासै गुनासो आएको छैन । अभिभावकबाट पूर्ण रुपमा सर्पोट नै छ । अहिलेसम्म राम्रोको नै सज्ञां दिइरहनु भइरहेको छ । यसमा हामीलाई हामी गर्व गर्छौं । हामीबाट पनि केही कमजोरी भएजस्तो लाग्दैन ।
८) अभिभावकले समयमा शुल्क नदिने, भर्नाको समयमा अरु विद्यालयमा बच्चा लाने रोग तपाईको विद्यालयमा सरेको छ कि छैन ?
समस्या सबैतिर हुन्छ । पहिला हेरेर अहिले विद्यालय संचालकहरुको आपसी सहकार्य अगाडी बढिरहेको छ । यसमा हामीलाई फोन पनि गरिदिनु हुन्छ । यसमा हामीहरु एक अर्कालाई सहकार्य गरेर हिडिँरहेका छौं । अभिभावक स्वयमले बुझिदिनु पनि पर्छ । हामीकहाँ पनि अलिअलि यस्तो समस्या नआउने होइन । तर त्यो समस्या किनारा लगाउन हामीलाई गाह्रो भएको भने छैन ।
९) विद्यालय संचालन गर्दा चुनौती चाही कस्ता आउने रहेछन् ?
कोरोनाकालमा हामी हामीले विद्यालय खोलेका हौं । भर्खर संचालनमा आएको विद्यालय विस्तारै लयमा आइरहेको छ । हामीले कोभिड कालमा के सिक्यौं भने त्यस्तो समस्या पनि आउँदो रहेछ र यदि हामी पुरानो भएको भए यस्तो समस्या आउँदा पनि ठुलो समस्या हुदैँन थियो । तर हामी भर्खर यो फिल्डमा आएका थियौ । त्यसैले हाम्रो लागि ठूलै समस्या भयो । सयमले एकै पटक धेरै कुरा सिकायो ।