भारतमा स्थायी घर भई वीरगन्ज महानगरपालिका वडा नं.३ प्रगतिनगरमा डेरा गरी बस्दै आएका विकास शर्माको मुख्य योजनामा ८ बर्षीय बालक अपहरणमा परी मारिए ।
प्रहरीको अनुसन्धान ठिक ठाउँमा होस् र अपराधमा संलग्नको योजना पनि सफल नहोस् भनी बालक अपहरणमा परेको कुरालाई यहाँका संचारकर्मीले अनावश्यक मिडियावाजी गरेनन् । तर अन्तिममा प्रहरीले पाएको सूचनालाई जति निर्मम ढंगले पिछा गर्न सक्नु पथ्र्यो उति प्रहरीले पच्छ्याउन सकेन वा विलम्ब ग¥यो । यो प्रहरी संगठन भित्र बहसको बिषय बन्ला । अनुसन्धानलाई फितलो बनाउन मिडियाले भने यो घटनामा कुनै कमजोरी गरेको छैन । तर बच्चाको सकुसल उद्दार र अपराधकर्मका नवप्रवेशी दुवैलाई सहज अवतरण गराउन पर्सा प्रहरी चुुकेको छर्लङ्ग छ । पर्साबाट अपहरण भएको बालक बारा तर्फ लगिन्छ । अनि अन्तिममा त्यहि उसको सब पनि फेला पर्छ भने यो घटनामा सीमा पारीको उति सरोकार जोडिदैन ।
विगतमा यहि पर्सा प्रहरी हो, श्लोक अग्रवाल र व्यापारिक घराना केडिया समूहका एक सदस्यलाई सकुशल नै उद्दार गरी परिवारजन सम्म ल्याउन सफल भएको । यो इतिहासलाई पनि पर्सा प्रहरीले यो पटक क्रमभंग गरेको छ । गएका १८ दिनका बीचमा ड्यूटीमा खटेका प्रहरीको कपडा च्यातिदिनेलाई माखो मार्न नसकेको, संचारगृह फोर्नेलाई पक्रन नसकेको र बालकको अपहरण पछि हत्या हुँदा सम्म सफलता प्राप्त गर्न नसकेको पछिल्लो उदाहण काफी छ । यसको अलावा इतिहासमा नै प्रहरी कै कारण अहिलेसम्म नभएको तस्करी पर्सामा फष्टायो भनी यहाँका जिम्मेवार व्यक्तिका संचार माध्यमबाट प्रसारण प्रकाशन सम्म पनि नभएको होइन । यो कुरा यहाँको समाजले बुझ्यो बुझेन त्यो बिस्तारै बुझ्ला । तर प्रहरी प्रमुखलाई दोषल्ला ओढाउने सम्मको काम भयो भएन ? त्यो कुरा अब यो समाजले समिक्षा गर्न पर्छ । सम्मानको कसीलाई चाकडीमा कैद गर्ने हो भने त्यसले भोलीको समाजको मार्ग कता जान्छ ? प्रश्न गम्भिर छ ।
समाजलाई सुरक्षा प्रत्याभुत गराउने काम त प्रहरीको सेवा प्रवेशकै दिन गरेको बाचा हो । यसमा प्रहरीलाई समाजले गर्नु पर्ने सहयोग गनै पर्छ । तर उसले आफ्नो दायराको काम ग¥यो भन्दैमा धनुष्टंकार भक्तिभाव सामाजिक प्राणीको कर्तव्य होइन । मिडियाकर्मीले त अझ यो कुरालाई सुक्ष्म ढंगले समिक्षा गर्नु पर्छ । आफ्नो दूनो सोझ्याउन अन्य पेशा धर्ममा लाग्नेले सीमा नाघे भन्दैमा उनीहरुलाई नै सचेत गराउनेले समेत लम्पसार पर्न सान्दर्भिक हुँदैन ।
भर्खरै पर्साबाट सरुवा भएर गएका प्रहरी प्रमुख प्रति वीरगन्जका केही व्यक्ति र संस्थाले जुन सानिध्यता प्रकट गरे । यो मजाकिया बिषय बस्तु होइन । सम्मानको छड चलाउनेले त्यो संस्थाले सम्पादन गरेका कामको मूल्याँकन गर्ने कि नगर्ने ? कतिपय कुरा सामान्य लाग्ने भए पनि त्यसले समाजलाई पार्ने दूर्गामी असर र समाजको मार्ग चिन्न भुल गर्नु हुन्न ।
क्रियात्मक अपरिपक्क कार्य सम्पादनले समाजको पनि भाव प्रष्फुटन हुने हुँदा यस्ता कार्य गर्नु पूर्व हरेकले एकपटक सोच्न विर्सनु हुँदैन । यदि उसको संगठनको कार्य सम्पादन अब्बल ठहरिदैन भने संगठन हाँक्नेले अभूतपूर्व छलाङ्ग मारेको ठहरिदैन । यस्ता कुरामा त्वम् शरणम् हुनुपूर्व अझै एकपटक सोच्नु अपरिहार्य छ ।