१) मानसिक रोग भनेको के हो ?
वास्तावमा मन रोग र मानसिक रोग भन्ने दुई अलग शब्द भए पनि रोग भन्ने एउटै नै हो । मन रोग भनेको आत्माको रोग हो । वास्तावमा अहिले मानसिक स्वास्थ्य भनिन्छ । यो बच्चा देखि लिएर बुढेसकालसम्म लाग्ने रोग हो । यसमा उमेर अनुसार समस्याहरु अलग–अलग हुन सक्छ ।
२) मानसिक रोग लागेको कसरी चिन्ने ?
हामीले मानसिक रोग भनेको के हो ? कस्तो किसिमको रोगलाई मानसिक रोग भन्ने विषयमा जनचेतना शिक्षा जनता सामु पु¥याउन सकेको छैन । साधरण भाषामा बुझ्ने गरी नेपाल सरकारले बुझाउन सकेको छैन । एउटा व्यक्ति जो समाजिक,व्यक्तिगत र व्यवहारिक रुपले समाजमा समस्या पारेको छैन । उसको दैनिक जिवन पद्धतिमा कुनै पनि किसिमको समस्या छैन । अन्य सामान्य मानिसमा जस्तो व्यवहार व्यक्तिमा छ भने उ मानसिक रोगबाट मुक्त छ भन्न सकिन्छ । अरु संग तुलनात्मक रुपमा हेर्दा खेरी व्यवहारमा परिवर्तन आउनु,बोलाइमा परिवर्तन आउनु, काम गर्ने तरिकामा परिवर्तन आउनु वा अरु भन्दा फरक देखियो भने कुनै न कुनै मानसिक रोग भएको मान्न सकिन्छ ।
३) मानसिक रोग कस्तो उमेरदेखि लाग्ने गर्दछ ?
मानसिक रोग सानो २÷३ वर्षको उमेरदेखि वृद्ध अवस्थाको उमेरसम्म यो रोग लाग्ने गर्दछ । बच्चामा लाग्ने मानसिक रोग अलग खालको लक्षण हुन्छ । वयस्क तथा वृद्धमा लाग्ने रोग अलग खालको हुन्छ । साना बच्चामा लाग्ने यो रोगलाई एडि एच टि भनिन्छ । कोही बच्चा चकचके हुने, सामान तोडफोड गर्ने,कोही सुस्त मनस्थितिको हुने,कोही बच्चा पढाएको बुझ्दै नबुझ्ने हुन्छ । वयस्क तथा वृद्धहरुमा स्मरण शक्तिमा समस्या हुने, छारे रोगका बिरामी,लागुपदार्थ सेवनका बिरामी हुन्छन् ।
४) मानसिक रोग कति प्रकारका हुन्छन् ?
मानसिक रोग २ किसिमको हुन्छन् । साधारण मानसिक रोग र कडा किसिमको मानसिक रोग भनिन्छ । साधरण मानसिक रोगमा मानिस काम गर्न सक्छ । काम छोडेर पनि बसेको छैन । आफूलाई कमजोर ठान्छ । कडा मानसिक रोगमा सामाजिक रुपमा कसैसंग मिल्न नखोज्ने, खाना खान नखोज्ने, कपडा लगाउन नमान्ने,अरुलाई मार्न खोज्ने, आफैलाई नै मार्न खोज्ने,कुनै पनि काम गर्न सक्दैन । एक्लै झोक्राएर बस्ने, तोडफोड गर्न उत्साहित हुने र सामान्य मानिसको व्यवहारभन्दा फरक किसिमका व्यवहारहरु देखिन्छन् ।
५) मानसिक रोग लागेपछि जिवनभर नै औषधीको सेवन गर्नुपर्छ ?
कुनै पनि व्यक्ति रुदैमा, हास्दैमा, रिसाउदैमा, कुनै पनि व्यक्तिको मन दुःखी हुदैमा रोग लाग्ने भन्ने हुदैन । त्यसको पनि विभिन्न चरण हुन्छ । कुनै व्यक्ति साधारण व्यवहारबाट पनि परिवर्तन हुन सक्छ । एउटा मानिसको मन बिहानदेखि लिएर बेलुकासम्म हरेक मिनेटमा परिवर्तन हुन्छ । यो समय, काम र परिस्थिति अनुसार परिवर्तन हुन्छ । एउटा निश्चित परिधिभन्दा बाहिर गयो भने मात्र रोग हुने हो । औषधी सेवन गर्ने व्यक्तिलाई पारिवारीक साथ सहयोग कस्तो छ । उसलाई समाजमा कत्तिको सहयोग छ । उ आफैमा बच्चादेखि कत्तिको सक्षम छ । पारिवारीक र सामाजिक संस्कार कस्तो पाएको छ । समाजमा भिज्न सक्ने क्षमता कत्तिको छ । प्रतिकूल अवस्था आएमा सानै देखि आफूलाई परिभाषित गर्ने क्षमता विकास कत्तिको छ । यसमा पनि औषधी सेवनको अवधि तय हुनसक्छ ।
६) मानसिक रोग लाग्नबाट कसरी बच्न सकिन्छ ?
मानसिक रोगबाट बच्न हामीले हाम्रा बच्चाहरुलाई सानो देखि नै व्यवहारमा क्षमतावान् बनाउनु पर्छ । बच्चालाई घरमा पनि आमाबाबुले राम्रो संस्कार दिनुपर्छ । विद्यालयमा शिक्षकले सामाजिक परिवेशमा घुलमिल हुने, मिलेर बस्ने क्षमताको विकास गराउनु पर्छ । सानोमा सिकाएको असल व्यवहार नै भविष्यकोलागि उपयोगी हुन्छ । हामीले जहिले पनि समाजमा सहयोगी सोच राख्नु पर्छ । सर्वगुण सम्पन्न छु भनेर समाजमा कडा स्वभावको रुपमा आफूलाई उर्तानु हुदैन् । समाजमा हरेक मानिसमा क्षमता फरक–फरक हुन्छ । हामीले आफुभित्र भएको खुबीलाई जान्नुपर्छ । सामान्यतया हामीमा देखावटी गर्ने चलन छ । यसको कारणले सोचे जस्तो काम हुन नसक्दाँ पनि दिक्क लाग्न सक्छ । मानसिक रागका शिकार बन्न सक्भावना प्रशस्त हुन्छ । त्यसैले हामी कसैले देखावटी कुनै काम गर्नुहुदैन । आफ्नो क्षमता अनुसारको काम मात्र गर्नुपर्छ । जसले गर्दा हामीलाई मानसिक रोगबाट बच्न सकिन्छ ।
७) तपाई आम नागरिकलाई थप के सल्लाह दिन चाहनुहुन्छ ?
आफूलाई परेको समस्यासंग लामो समयसम्म स्ट्रेसमा नरहने, कुरा आदान प्रदान गर्ने बानी बसाल्ने, समस्याको छिट्टै समाधान गर्ने बानी गर्ने, मनोविज्ञ, सामाजिक मनोविमर्शकर्ता, आफ्नो नजिकको व्यक्तिसंग सल्लाह गर्ने गर्नुपर्छ । कुनै समस्याले निन्द्रा लागेन भने लागुपदार्थ सेवन नगर्नुस् । मानसिक रोग लाग्नबाट आफू पनि बचौं अरुलाई पनि बचाऔं ।