स्वर्गीय विन्दु देवी पाण्डे स्मृति महिला पत्रकार पुरस्कार प्रतिष्ठानको पहिलो बार्षिक सधारण सभाको उद्घाटन सत्र वीरगंजमा समपन्न भएको छ ।
सधारण सभाको उद्घाटन सत्रमा सहभागि अतिथिहरु । तस्बिर : मध्य नेपाल । नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयोजित सधारण सभाका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानले महिला सञ्चारकर्मीहरुलाई टिकाई राख्न महासंघले वृत विकास तथा प्रोत्साहनका कार्यक्रम छिटै ल्याउन लागेको जानकारी गराएका थिए । प्रदेश सरकारले शुक्रबार मात्रै जारी गरेको सञ्चार ऐनले पार्टीका भातृ संगठन भन्दा बढी नेपाल पत्रकार महासंघलाई प्राथमिकता दिएकाले प्रदेशमा सञ्चारकर्मीहरुको तालिम, अन्तरक्रिया लगायत वृत विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले पत्रकारिता क्षेत्रमा वृद्ध अवस्थामा पुगेका पत्रकारहरु थोरै मात्रै भएकाले युवा अवस्थादेखी वृद्धसम्ममा पत्रकारिता क्षेत्रमै टिकाई राख्न महासंघ विशेष भुमिका खेल्नुपर्ने सुझाएका थिए । उनले प्रशासनको तर्फबाट खेल्नुपर्ने भुमिकामा हामी सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै यसतर्फ जनप्रतिनिधि र स्थानीय सरकार समेत ध्यान पुर्याए सम्भव हुने धारणा व्यक्त गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष विजय प्रकाश विनको अध्यक्षतामा समपन्न बार्षिक सधारण सभाले तुलसी भण्डारीको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा कविता खड्का, उपाध्यक्षमा लक्ष्मी खरेल त्यसैगरी महासचिव माधुरी महतो, सचिवमा विमला गुप्ता, कोषाध्यक्षमा प्रेम सरार्फ, यस्तै सदस्यहरुमा ऐनि कुवर, उर्मिला सापकोटा, निलम पन्त, गिता भण्डारी, शोभा धमला, सबनम भट्टराई, सन्ध्या पौडेल रहेका छन् ।
महिलाहरुको क्षमता अभिवृद्धि तथा महिला सञ्चारर्मीहरुको प्रोत्साहनका लागी गठित प्रतिष्ठानले हरेक वर्ष कलमको माध्यमले समाजमा पु¥याएको योगदानको कदर गर्दै महिला सञ्चारकर्मीहरु मध्ये एकजनालाई पुरस्कार दिने गर्दछ ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. भिष्म कुमार भुषाल, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा, नेपाल रेडक्रस शोसाईटिका कार्यबाहक अध्यक्ष मधु राणा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण सञ्चारकर्मी तुलसि भण्डारीले गरेका थिए ।