वीरगंज । साहित्यको विकास र विस्तार गर्ने एक सशक्त समूह साहित्यिक चौतारी नेपालद्वारा बालबालिका लक्षित ‘‘रचना वाचन तथा बाल साहित्य विमर्श’’ कार्यक्रम सम्पन्न भएको छ ।
साहित्यको विकास र विस्तार गर्ने एक सशक्त समूह साहित्यिक चौतारी नेपालसंस्थाकी अध्यक्ष गीता भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै साहित्यिक चौतारी नेपालका वरिष्ठ सल्लाहकार डा. देवी नेपालले बालसाहित्य’ शब्दको प्रयोग दुुई अर्थमा गरिने भन्दै पहिलो बालबालिकाले लेखेको साहित्य र दोस्रो बालबालिकाका निम्ति अरूले लेखेको साहित्य भएको बताए । उनले बाल साहित्यलाई बुझ्न स्वयं बाल बन्न सक्नुपर्ने सुझाव व्यक्त गरे । आफू बालक हु्ँदा किताबमा लेखिएको कविता लेख्ने मान्छे कस्तो होला भनेर सोचेको स्मरण गर्दै आज तपाईंको सृजना सुन्दा आजको बाल साहित्यप्रति गर्व महसुस भएको खुसी व्यक्त गरे ।
बालबालिका भनेको भोलिको भविष्य मात्रै नभएर नेपाली साहित्यको भावी पुस्ता समेत रहेको बताउदै प्रा. डा. भीम खतिवडाले बाल मनोविज्ञानको प्रशंसा गरे । सकेसम्म सिर्जना आफै सिर्जित गर्न प्रेरित गर्दै खतिवडाले बालसाहित्यको भविष्यका लागि प्रशस्तै अवसर रहेको बताए ।
साहित्यिक चौतारी नेपालले विभिन्न दिवसको सन्दर्भ पारेर यस्ता थुप्रै कार्यक्रम गर्दै गरेको र आजसम्म करिब १९ स्कुल कलेजमा साहित्यिक चौतारी नेपाल इकाई कमिटी गठन गरी साहित्यको बारेमा कार्यशाला गर्ने र भर्खरै साहित्यमा कलम चलाउने सिकारूहरूका लागि चौतारीले “ आनन्दशाला“ को सुरुवात चाँडै गर्ने कुरा संस्थाकी अध्यक्ष गीता भण्डारील जानकारी दिईन् ।
कार्यक्रममा १५ वर्ष मुनिका १५ बालबालिका क्रमसः दियासा तिवारी, नवलपुर, सौगात घिमिरे, भारत, एरिका सापकोटा जापान, प्रकाश बडू बैतडीण्, हिमाक्षी दवाडी, सिक्किम, प्रज्ञान दवाडी, भारत, कृष्णा लौडारी, हेटौडा, अभिनय शर्मा, सिलिगुडी, स्प्रिहा भट्टराई,जापान, साकार नेपाल, सुर्खेत, सिर्जना घिमिरे, भारत, दिव्या बास्तोला, सिक्किम, अनुपम पौडेल पोखरा, निमिशा निरौला, हेटौडा अथर्व सुवेदी, सिक्किम रहेका थिए भने कार्यक्रमको सहजीकरण संस्थाकै कान्छो सदस्य शिरीष बन्जाडे र प्राविधिकमा शंकर ढकालले गरेका थिए ।