मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मिति नजिकीदै जाँदा पर्सामा चुनावी चहलपहल बढेको छ । प्रत्येक दलका क्षेत्रिय र जिल्ला कमिटिहरुले उम्मेदवारहरुको नाम सिफारिस गर्दै चनावी रणनिती बनाउने कार्यमा जुटेका छन् ।
गठबन्धनको सरकारले पनि दोस्रो चरणको निर्वाचन गठबन्धनबाटै गर्ने प्रतिबद्धता जनाईसकेका छन् । तर पर्सामा नेपाली कांग्रेसबाट एउटै क्षेत्रमा २÷२ जना पूर्वसांसदहरुको नाम सिफारिस भएको छ । प्रदेश सभामा त एउटै क्षेत्रबाट ७ जना लड्ने इच्छा जताएका छन् । प्रदेश सभा सदस्यमा लड्ने दावेदारी गरेका ती मध्येका हुन नेपाली कांग्रेस पर्साका युवा नेता सुधिर पटेल । विधार्थी राजनीतिबाट उदाएका पटेल युवाहरु बिच लोकप्रिय छन् । तरुण दल पर्साका पूर्व जिल्ला सचिव समेत रहेका उनि विधार्थीको हकहित, शैक्षिक माफिया, स्वास्थ्य माफिया लगायतका विभिन्न मुद्दामा आवाज उठाएर संघर्ष गर्दै आएका नेता मध्ये पर्छन् । यस्तै विभिन्न संघर्षमा पटेल ५० भन्दा बढि पटक थुनामा परिसकेका छन् । वीरगंजको नारायाणी अस्पताल र नारायणी रंगशाला जस्ता विभिन्न स्थानीय समस्याको मुद्दाका बारेमा समेत आवाज बुलन्द गर्दै आएका युवा नेता सुधिर पटेलसंग चुनाव केन्द्रित गरिएको कुराकानी जस्ताको त्यस्तैः
संघीय र प्रादेशिक निर्वाचन नजिकीदै जादाँ कांग्रेस पर्साका नेता कार्यकर्ताहरुले आ–आफ्नो पक्षपाती उम्मेदवार घोषणा गरेको देखिदैछ ? कांग्रेस पर्साले कसरी मिलाउँछ सिटको भागबण्डा ?
अहिले प्रदेश र क्षेत्रिय कार्यसमितिबाट पार्टीको लागि सक्रिय काम गरि योगदान दिदै आएका नेता कार्यकर्ताहरुको नाम सिफारिस गरि पठाईएको छ । अर्काे भागबण्डाको कुरा, त्यो केन्द्रबाट हुने कुरा हो । गठबन्धन कसरी अगाडी बढ्छ ? कसको भागमा कुन क्षेत्र पर्ने हो, त्यो केन्द्रले गर्ने निर्णय हो त्यो हेर्न बाँकी नै छ ।
सबै कांगेसीले भोट दिएर जिताउँछ भन्ने सोच्नु गलत र असम्भव हो । जसले जे भनेपनि नेपाली कांग्रेसमा गुट उपगुट कहिले समाप्त हुनेवाला छैन् । एउटा गुटले टिकट पायो भने अर्काे गुटले हराउने काममा लाग्छ । वास्तविक यही कुरा हो, झुठो बोलेर केही हुनेवाला छैन् ।
अर्काे कुरा नेपाली कांग्रेस ठुलो पार्टी हो । लोकतान्त्रिक पद्धतीमा सबैले आ–आफ्नो इच्छा, उम्मेदवारी राख्न पाउने अधिकार छ । त्यस अनुसार एउटा क्षेत्रमा ४÷५ जनाले पनि उम्मेदवारी राखेका छन् । तर ती मध्ये कुन उम्मेदावरसंग जनाधार छ, पार्टीमा कसको लगानी छ ? को जित्न सक्छ त्यसलाई नै पार्टीले उम्मेदवार बनाउनुपर्छ । अब हेरौं केन्द्रिय नेताले कसरी गर्नुहुन्छ ।
सदियोदेखी देखिदै आएको कांग्रेस पर्साको गुटउपगुट निर्वाचनको मिति घोषणापछि उम्मेदवार बन्नेसम्म पनि देखियो ? आन्तरिक विवादका बिच नेपाली कांग्रेस कसरी अगाडी बढ्छ ?
नेपाली कांग्रेसमा गुट उपगुट पहिलादेखी चल्दै आएको हो र यो गुट उपगुट रही नै रहन्छ । गुट उपगुट समाप्त पार्ने कसैले भनेपनि त्यो सम्भव छैन् । रहयो चुनाव लड्ने कुरा । जो टिकट लिएर आउँछ उसले व्यक्तिगत दममा लड्नुपर्ने हुन्छ । जनताले उसलाई कति रुचाउँछ भने कुरामा निर्भर हुन्छ । सबै कांगेसीले भोट दिएर जिताउँछ भन्ने सोच्नु गलत र असम्भव हो । जसले जे भनेपनि नेपाली कांग्रेसमा गुट उपगुट कहिले समाप्त हुनेवाला छैन् । एउटा गुटले टिकट पायो भने अर्काे गुटले हराउने काममा लाग्छ । वास्तविक यही कुरा हो, झुठो बोलेर केही हुनेवाला छैन् ।
सभापति बाहेक हरेक पदमा युवाहरु नै निर्वाचित भएका छन् । स्थानीय निर्वाचनमा पनि त्यस्तै नजिताले देखाईसकेको छ । तर कांग्रेस पर्सामा जो पहिला लड्थे, अहिले पनि वहाँहरु नै दावेदार हुनुहुन्छ ।
अहिले ‘‘हजुर बा’’ उमेरका नेताहरुलाई विस्थापित गर्ने होड चलेको छ ? यसलाई यहाँले कुन रुपमा लिनु भएको छ ? के पर्सा कांग्रेसमा यो सम्भव छ ?
मेरो पनि त्यही बुझाई हो । ‘‘हजुर बा’’, उमेरका नेताहरु अहिले पनि जिम्मेवार ठाउँ लिएर बस्नु भएको छ । वहाँहरुले पार्टीप्रति जनताको आकर्षण बढाई पार्टीलाई थप बलियो बनाउने काम गर्नुपर्छ । हामी जस्ता युवा नेताहरुलाई प्रत्यक्षमा लड्न अवसर दिई आफ्ना अनुभव सेयर गर्दै अगाडी बढाउनुपर्छ । र वहाँहरु समानुपातिकबाट सांसद हुनुपर्छ । समानुपातिक बुवा, हजुर बा उमेरकै नेताहरुको लागि नै हो किनभने, अहिले जनताले पनि युवाहरुलाई नै खोजिरहेका छन् । परिवर्तन हुनुपर्छ ।
आफ्नो सिटको लागि अर्काे नेतालाई तल झा¥यो भने कोही पनि चुप लागेर बस्नेवाला छैन् ।
पार्टीले नगरे जनताले गर्छन नै । अहिले नेपाली कांग्रेसको सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्छ । सभापति बाहेक हरेक पदमा युवाहरु नै निर्वाचित भएका छन् । स्थानीय निर्वाचनमा पनि त्यस्तै नजिताले देखाईसकेको छ । तर कांग्रेस पर्सामा जो पहिला लड्थे, अहिले पनि वहाँहरु नै दावेदार हुनुहुन्छ । हरेक क्षेत्रबाट युवाहरुले उम्मेदवारको दावेदारी दिएका छन् । हामीलाई विश्वास छ कि पार्टीले ठाउँ दिन्छ । जनताले परिवर्तन चाहेका छन्, त्यो परिर्वतन हुन्छ ।
यसपालिको निर्वाचनमा पनि पुरानै अनुहार आए कांग्रेस पर्सा कुन अवस्थामा हुन्छ ?
भन्न सकिन्न । कांग्रेस भनेको धेरै बलियो पार्टी हो । र खास गरि पर्सा जिल्ला भनेको कांग्रेसको गढ थियो र अहिले पनि हो । पहिलाकै उम्मेदवार टिकट लिएर आए भने कार्यकर्ताहरुलाई कति मिलाएर लग्नु हुन्छ त्यसमा भरपर्छ । यदि टिम बलियो छ भने, जित्ने सम्भावना छैन् । सबैसंग मिलेर अगाडी बढ्यौं भने पर्साको चारै निर्वाचन क्षेत्र कांग्रेसले नै जित्नसक्छ । तर अहिले गठबन्धनले गर्दा कांग्रेस कति सिट पाउँने र कुन कुन क्षेत्र पाउने त्यहाँ निर्भर गर्छ । आफ्नो सिटको लागि अर्काे नेतालाई तल झा¥यो भने कोही पनि चुप लागेर बस्नेवाला छैन् । तसर्थः पार्टीमा योग्दान, सक्रियता र जनतामा पकड भएको सबै नेताहरुको राम्रो व्यवस्थापन गरिएन भने कांग्रेस जित्छ जस्तो मलाई लाग्दैन् ।
पर्सामा कांग्रेसले गठबन्धसंग धोखा खाएको छ ? अबको निर्वाचनमा साथ पाउँछ भने कतिको विश्वास छ ?
स्थानीय निर्वाचनमा कांग्रेसले गठबन्धनको नाममा धोका पायो । पछि जिल्ला समन्वय समितिको निर्वाचनमा पनि जसपाले एमालेसंग गठबन्धन गरि कांग्रेसलाई धोखा दियो । त्यसकारण केन्द्रले यसपालि कांग्रेस पर्साको नेता कार्यकर्ताहरुको आवाज सुनेन वा जिल्ला अनुसार चलेन भने केन्द्रमा जति गठबन्धन गरे पनि कांग्रेस पर्साका कार्यकर्ताले गठबन्धनलाई भोट दिनेवाला छैन जस्तो मलाई लाग्छ । शेरबहादुर देउवाजी आफ्नो व्यक्तिगत स्वार्थ अर्थात प्रधानमन्त्री बन्नको लागि गठबन्धन गरेर पार्टीमा योगदान पु¥याएका नेताहरुलाई दबाउनु हुन्छ भने पर्सा जिल्लाको जनताले भोट दिनेवाला छैन् ।
यहाँ पनि पर्सा क्षेत्र नं. १ को ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवार बन्ने घोषणा गर्नु भएको छ ? टिकट पाउँन आधार के के छ ? नपाए के गर्नुहुन्छ ?
टिकट नपाए अरुले के गर्नुहुन्छ मलाई थाहा छैन् । तर म पर्सा क्षेत्र नं. १ को ‘क’ बाट चुनाव लड्ने तयारी गरेको र लड्छु नै । हुर्केदेखी अर्थात विधार्थी कालदेखी नै खुन पसिना बगाएर पार्टीमा मेरो लगानी छ । पार्टीको झण्डाबोकी जनताको लागि धर्ना, सडक संघर्ष गर्दै क्यौं पटक थुनामा पनि बसेको छु । केही नेताको स्वार्थले हाम्रो लगानी खेर जानुभएन् । पार्टीले टिकट नदिए स्वतन्त्र भए पनि चुनाव लड्छु ।
पार्टीले यहाँलाई नै टिकट किन दिने त्यस्तो आधार के के छ ?
अधार त धेरै छ नि । म सक्रिय य्ुवा नेता हो । पार्टीको लागि हरेक ठाउँमा बोल्दै जनताको सेवा गर्दै आएको सक्रिय नेता हु । पार्टी सरकारमा भएर त्यसको बिरोधमा बोल्नुपर्ने अवस्था आएको छ भने त्यसको बिरोधमा पनि मैले बोलेको छु । मंहगी, भ्रष्टाचारी, नारायणी अस्पतालको स्तरउन्नती, नारायणी रंगशालाको स्तरउन्नती, ठाकुर राम क्यामपसका विधार्थीहरुको हकहित लगायत थुप्रै स्थानीय समस्याको मुद्दामा मैले आवाज उठाएर संघर्ष गर्दै ५० पटकभन्दा बढि थुनामा बसीसकेको व्यक्ति हु त्यसकारण मलाई टिकट दिइनु पर्छ जस्तो लाग्छ ।
पार्टीले टिकट नदिए पनि लड्ने यहाँले भनिसक्दा चुनाव केन्द्रित मतदातालाई रिझाउने यहाँको एजेण्डा के हुनेछ ?
म वाँचा गर्ने भन्दा पनि गरेर देखाउँने आँट राख्ने मान्छे हुँ । जसले चुनावको मुखमा म यो गर्छु, म त्यो गर्छु भनेर धेरै गफ दिन्छन् आखिर उनीहरुले गरेको त सबैले हेरेकै छ नि ! एउटा कुरा बताईदिनुस् न आजसम्म कति नेताले आफ्नो एजेण्डा पुरा गरेका छन् ! चुनावको मुखमा जति नेताले पनि आफ्नो चुनावी घोषणापत्र ल्याएका छन् ती मध्ये एक जनाले पनि आफ्नो एजेण्डा पुरा गरेका छैनन् ।
चुनावको मुखमा एजेण्डा भनेको त जनतालाई मुर्ख बनाउने कुरा हो । आफ्नो भूमिको विकासको लागि गर्ने इच्छा र आँट हुनुपर्याे । विगतका दिनमा क–कसले के कति गरे सबैले हेरेकै छ, काम गर्ने भनेको क्षेत्र त शिक्षा, स्वास्थ्य, रोजगार र किसान लगायत कै क्षेत्र न हो । बाटोघाटो, शौचालय, खेलकुद लगायत अन्य थुप्रै ठाउँहरुमा कामको आवश्यकता छ । तसर्थः एजेण्डा घोषणा गर्नु वा भन्नुभन्दा पनि काम गर्ने इच्छाँ र आँट हुनुपर्छ । म भनाई भन्दा पनि काम गराईमा विश्वास गर्छु ।
कांग्रेस पर्सामा प्रतिनिधी सभा र प्रदेश सभाको लागि को को लड्दै हुनुन्छ ?
पर्सामा क्षेत्र नं. १ बाट प्रतिनिधी सभाको लागि अजय दुवेदी र अनिल रुङ्गटाको नाम सिफारिस भएको छ । प्रदेश सभा सदस्यको लागि यस क्षेत्रको ‘क’ बाट म लगायत ७ जना र ‘ख’ मा पनि २÷३ जनाको नाम सिफारिस भएको छ । यस्तै, क्षेत्र नं. २ बाट प्रतिनिधी सभा सदस्यको लागि अजय चौरसिया र राजेन्द्र बहादुर अमात्यको नाम सिफारिस भएको छ, भने क्षेत्र नं. ३ बाट सुरेन्द्र चौधरीको एकल नाम सिफारिस भएको छ । यस्तै क्षेत्र नं. ४ बाट पनि रमेश रिजालको एकल नाम सिफारिस भएको छ । यस्तै, प्रत्येक क्षेत्रको प्रदेश सभा सदस्यमा धेरैले चुनाव लड्ने इच्छा देखाएकाले उनीहरुको पनि नाम सिफारिस भएको छ ।
अन्त्यमा यहाँ प्रदेशमा लड्दै हुनुहुन्छ, मधेश प्रदेश सरकारको ५ वर्षे कार्यकालको मुल्याङकन यहाँ कसरी गर्नुहुन्छ ?
मधेश प्रदेश सरकारले ५ वर्षमा कामभन्दा बढि भ्रष्टाचार गरेको छ । ‘‘बेटी बचाऊ, बेटी पढाऊ’’ अभियान अन्तर्गत साईकल वितरण कार्यक्रममा भ्रष्टाचार भएको त प्रमाणित नै भईसकेको छ । प्रदेश सरकारले पोखरी सौन्दर्यीकरण, मठमन्दिर, मस्जिद, सडकनाला लगायत थुप्रै योजनामा भ्रष्टाचार गरेको छ । पर्सा जिल्लाको वीरगंजबाट मुख्यमन्त्री राउत निर्वाचित भएपनि देख्न सक्ने केही काम गर्नु भएको छैन् ।
वीरगंजको मुर्लीमा मन्दिर निर्माणको लागि वहाँले पठाएको बजेटबाट डिपिआर तयार भएको छ । तर त्यहाँको कामको अवस्था हेर्नुस् न पुरै गुणस्तरहिन काम भएको प्रस्टै देखिन्छ । प्रदेश सरकारमा कांग्रेसबाट पनि मन्त्री हुनुहुन्छ । तर कोही कसैले जनतामुखी काम गरेको देखिएन् । व्यक्तिगत सेवा सुविधामा मात्रै लिप्त रहेको देखिन्छ ।