-बिनिता बुढाथोकी/
२०७९ को स्थानीय निर्वाचनमा बारा जिल्ला फेटा गाउँपालिका वडा नं २ का निर्वाचित जन प्रतिनीधि नरेश प्रसाद पटेल हुन् । उनी नेकपा एमाले पार्टीबाट विजय हासिल गर्न सफल ३६ वर्षिय युवा वडाअध्यक्ष पटेल । नेपाल लाइफ इन्सोरेन्स कम्पनीमा सिनीयर मार्केटिङ मेनेजर पदमा रहेर अब्बल रुपमा आफ्नो कार्य क्षमता देखाएका पटेल हाल आफ्नो वडालाई सुन्दर,समृद्ध र नमुना बनाउने उदेश्यले राजनीति क्षेत्रमा होमिएका छन् । उनै सक्रिय, जुझारु युवा जन प्रतिनिधि नरेश प्रसाद पटेल संग गरिएका विशेष कुराकानी :-
१) तपाइ आफुलाई कसरी परिचय गराउनु हुन्छ ?
हालको स्थानीय निर्वाचनमा नेकपा एमाले पार्टीबाट निर्वाचित फेटा गाउँपालिका वडा नं २ का वडा अध्यक्ष हो । जनताको सेवा, सुन्दर, समृद्ध वडा बनाउने सपना लिएर हिडेको युवा नेता भनेर चिनाउन चाहन्छु ।
२) तपाइ राजनीतिमा आउनुको कारण के हो ?
मेरो जागिरबाट राम्रो आम्दानी भैरहेको छ ।म राजनीतिमा आउनुको कारण वडाको विकास गर्न, वडाबासी जनताको सेवा गर्ने भावना मनमा जागृत भयो । असल राजनीति गर्दा पुस्तौ–पुस्तासम्म नाम रहने भएकोले म राजनीति क्षेत्रमा आएको हो ।
३) तपाइले चुनावी दौडानमा के कस्ता अनुभव पाउनुभयो ?
म पहिलो स्थानीय निर्वाचनमा पनि वडा अध्यक्ष पदमा उमेद्वार बनेर चुनाव लडेको थिए ।त्यस बेलामा ८ मतले पराजित भए ।चुनावमा पराजित भएपनि निरास नभई निरन्तर जनतालाई सेवा कसरी दिने गाउँको विकास समृद्ध कसरी गर्ने भनेर सधैं भरि लागिरहे । यस पटकको चुनावी दौडानमा भन्दा पनि पहिला देखि नै जनताहरुको सेवा, सहयोगका कारण मलाई अहिले चुनाव लड्न सहज भयो । मेरो वडामा २ वटा गाउँ छन् । कुल जनसंख्या १ हजार ९ सय छ भने मतदाता संख्या ९ सय ९६ रहेको छ । चुनाबमा विपक्षी उमेदवारहरु पैसाको चलखेल गर्ने भएर नतिजा के हुन्छ होला ? भन्ने जस्तो पनि लाग्थ्यो ।
४) तपाईबाट मतदाताले के अपेक्षा राख्नुभएको छ ?
पहिला निर्वाचित जनप्रतिनिधीको काम, कर्तब्य के हो भन्ने कुरा जनताले महसुश गर्न पाएका थिएनन् । साधारण कामहरु जन्म दर्ता, विवाह दर्ता, नागरिकता,जग्गाको सिफारिस लिन जादाँ कहिले पनि एक दिनमा काम हुदैन् ।कहिले वडाअध्यक्ष नहुने, वडाअध्यक्ष कार्यालयमा भए दर्ता, चलानी गर्ने सचिव नहुने कारणले गर्दा जनताहरु आक्रोशमा थिए । म निर्वाचित भएर आएपछि जनताका साधरण कामहरु सहज संग होस् । वडामा स्वास्थ्य, शिक्षा, खानेपानी, कृषिका लागि चाहिने आवश्यक सामाग्रीहरु वडाबाट नै सजिलै पाइयोस् भन्ने अपेक्षा राखेका मतादाताको रहेको छ ।
५) मतगणना भैरहदाँ कस्तो अनुभव भयो ?
मतदानको दिन भन्दा एक दुई दिन अगाडी अर्को टोलाका मतदाताहरुमा पैसाको चलखेल भैरहेको छ भन्ने सुन्दाँ के हुने हो भन्ने मनमा कौतुहल्ता थियो । सम्पूर्ण वडावासीको माया,हौसल्ला र सहयोग पाएको थिए । मतगणना भैरहेको अवस्थामा विपक्षी भन्दा मेरो धेरै मतले अग्रतामा मतगणना भैरहेको थियो । मेरा सहयोगी साथी र वडावासी जनताको सहयोग, माया र विश्वासले चुनाव जित्ने विषयमा ढुक्क थिए ।
६) फेटा गाउँपालिका वडा नं २ लाई ५ वर्षमा कस्तो सुन्दर र समृद्ध बनाउने सपना देख्नुभएको छ ?
पmेटा गाउँपालिका वडा नं २ लाई आगामी ५ वर्षमा सुन्दर र समृद्ध वडा बनाउने मेरो सपना छ । हामा्रे वडामा प्राथमिक विद्यालय मात्र छ । प्रा. वि तहबाट क्रमशबढाएर माध्यामिक तहसम्म बनाउने ।जनसम्पर्क कार्यालयको स्थापना गरी जनताको गुनासो सुन्ने व्यवस्था मिलाउने छु । कृषि कार्यकालागि सिचाँइको सुविधा साथै अन्य पूर्वाधारहरुको दीर्घकालीन रुपमा व्यवस्था गराउने छु । हाल निर्वाचित भएपछि किसानहरुलाई ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण गरेको छु । वडामा जगतपुर आधारभुत स्वास्थ्य इकाईको स्थापना गरी जनतालाई स्वास्थ्य सुविधा प्रदान गरिरहेको छु । मेरो ५ वर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य,खानेपानी, कृषि सबै क्षेत्रमा सुविधा सम्पन्न वडा बनाउने योजना छ ।
७) तपाइको सुन्दर योजनामा सहयात्री को को बन्न सक्छन ?
सक्रिय पत्रकार साथीहरु गाउँमा आएर मैले गरेका राम्रा काममा हौसल्ला दिदैं विकास निर्माणका काममा थप दवाब दिदाँ म पनि काम प्रति सचेत रहन्छु जस्तो लाग्छ । प्राय जनप्रतिनिधीहरु विकास तर्फ भन्दा पनि कमाउने तर्फ लागेका छन् । म नेपाल सरकारले दिएको बजेटलाई दुरुपयोग नगरी विकास निर्माणका काममा खर्च गर्नेछु ।
८) काम गर्ने शिलशिलामा के कस्तो चुनौतिहरु देख्नुभएको छ ?
निर्वाचित भएको २२ दिनको दौडानमा केही काम गर्न सफल भए । वडाका सबै पक्ष, विपक्षी साथीहरु लाई समेटेर काम गर्न सक्छु भन्ने विश्वास छ । मेयर पनि युवा नै छन् । उनका कार्यपालिकाको काममा मैलेपनि केही सहयोग गरेको छु । विकासका काममा मेयरबाट पनि सहयोग पाउँछु भन्ने आशामा छु।म युवा वडाअध्यक्षको हैसियतले देशभरका युवा वडाअध्यक्षहरुले गरेका कामका विषयमा विचार साटासाट गरेर आफ्नो योजनालाई सफल पार्न सहयोग मिल्नेछ । युवा वडाअध्यक्षको फोरममा आवद्ध भई काम गर्दा झनै मजबुत भएर काम गर्न सकिनेछ । त्यसैले यस्ता संगठनमा आबद्ध भई काम गर्न म पनि इच्छुक छु ।
९) अन्त्यमा तपाई के भन्न चाहनुहुन्छ ?
बारा जिल्लाको फेटा गाउँपालिका वडा नं २ छिर्ने बित्तिकै तराइको गाउँ जस्तो नभई सुन्दरका साथै नमुना वडा बनाउने योजनाका साथ अगाडी बढेको छु । मेरा योजना र काम गर्ने साहाशमा वडावासी जनताहरुले अवश्य साथ दिनुहुनेछ भन्ने अपेक्षा राखेको छु ।