वीरगंज । वीरगंजमा लागु औषध दुव्र्यसन तथा ओसार पोसार बिरुद्ध ७ दिने अभियान सुरु भएको छ ।
३५ औं लागुऔषध दुव्र्यसन ओसार पोसार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा रिकभरिङ्ग नेपालले आईतबार बिहान निकालेको जनचेतना ¥यालीको कोणसभाबाट सानो पाईलाको ७ दिने अभियान सुरु गरेको हो । ७ दिने अभियान अन्तर्गत लागु औषध दुव्र्यसन तथा ओसार पोसार बिरुद्ध विभिन्न जनचेतना मुलक कार्यक्रमको आयोजना गरिने जनाईएको छ ।
‘हग्स नट ड्रग्स, लागु औषधबाट टाढा रहौँ, लागु औषध दुव्र्यसनविरुद्ध एक हौँ’ लगायतका सचेतनामुलक नारासहित वीरगंजको घण्टाघरदेखि माईस्थान, आदर्शनगर, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएर ¥याली कोणसभामा परिणत भएको थियो ।
लागु औषध दुव्र्यसनी अन्त्यका लागि आम नागरिक सहित सबै सरोकारवाला पक्ष लाग्नु पर्ने जोड दिईएको थियो । बिलासी जीवन शैलिमा आकर्षण बढ्नु र छोटो समयमा नै बढि आर्थिक लाभ लिने मनोगत समस्याले लागु औषध कारोबार र सेवनमा खास गरि युवा जमातहरु बढि संलग्न हुने गरेको देखिन्छ ।
कानुन तथा निती नियमहरु ठोस रुपमा कार्यन्वयन नहुनुले पनि लागु औषध कारोबार र दुव्र्यसन बढेको बक्ताहरुको भनाई थियो । यसको समाधानका लागि युवा लक्षित स्वरोजगार सृजना र कानुन कारबाहीमा जोड दिनुपर्ने आवश्यकता रहेको वक्ताहरुले बताए । साथै नागरिकलाई सचेत बनाउन लागु औषध तथा दुव्र्यसनी विरुद्ध ऐक्यबद्धता जनाउनुपर्नेमा जोड थियो ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, नेपाल प्रहरी पर्साका एसपी रमेश बस्नेत, सशस्त्र प्रहरीका एसपी तेज पोखरेल, नेपाल मधेश प्रदेशका सभापति गौरव लगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।