नेपाल चीन समबन्ध विषयक अन्तरक्रियामा र चीन अध्ययन केन्द्र समिति वीरगञ्जमा गठन भएको छ । पर्साको वीरगंजमा शनिवार भएको एक भेलाले नेपालको उत्तरतर्फको छिमेकीको नेपाल सम्बन्धका विषयमा पनि बृहत अन्तरकृया गर्दै चीन अध्ययन केन्द्र पनि गठन गरिएको हो ।
स्थानीय अग्रज पत्रकार सरोज खड्काको अध्यक्षतामा भएको अन्तरक्रियामा वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपाली, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश २ अध्यक्ष गणेश लाठ, ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक भाग्यनाथ गुप्ता, शिक्षा विद् डा.दीपक शाक्य, डा.हरेराम ठाकुर र हिराबहादुर चन्दले सदीयौ देखिको नेपालको उत्तरतर्फको छिमेकी चीन पनि नेपालको नजिकको मित्र शक्ति भएको बताए ।
पछिल्लो समय विश्व अर्थतन्त्रमा अमेरिकालाई समेत चुनौति दिनसक्ने शक्तिशाली छिमेकी मित्रराष्ट्र भारत जस्तै चीनपनि नेपालीको राम्रो मित्र राष्ट्र भएकोले चीनसंगको सम्बन्ध पनि अझ सुमधुर पारेर नेपालीले फाईदा लिन सक्नु पर्ने उनीहरुले तर्क गरे । छिमेकी शक्ति राष्ट्र भारत र चीन जस्ता शक्ति सम्पन्न मुलुकसंग जनस्तरको सम्बन्ध सुदृढ पार्दै जानु पर्नेमा वक्ताहरुको जोड छ ।
सो अन्तरक्रियामा आगामी दिनमा पनि चीनको सम्बन्धका बारेमा थप अध्ययन गर्दै जान सकिने निष्कर्ष सहित सरोज खड्काको नेतृत्वमा १३ सदस्यीय कार्य समिति पनि गठन गरिएको छ ।
सो समितिको सचिवमा सुदर्शनराज पाण्डे, सहसचिवमा लाल प्रसाद लुइटेल, कोषध्यक्षमा प्रेम सर्राफ र सदस्यहरुमा दीपेन्द्र बिसी, शंकर खतिवडा, रन्जित पराजुली, इरफान अली, निजामुद्दीन शेख, किरण राज पाण्डे, मुस्कान खातुन, आस्ना खान र प्रजज्वल शाही रहेका छन् ।