वीरगंजमा १५ औँ राष्टिय मानव बेचबिखन तथा ओसारपसार विरुद्धको दिवस धुमधामका साथ मनाईएको छ । “मानब बेचबिखन मुक्त समाज ,हाम्रो प्रतिवद्धताः सबैको प्रयास र ऐक्याबद्धता” भन्ने मूल नाराका आईतबार सो दिवस मनाईएको हो ।
“मानब बेचबिखन मुक्त समाज ,हाम्रो प्रतिवद्धताः सबैको प्रयास र ऐक्याबद्धता” भन्ने मुख्य नारा लेखिएको व्यानरसहित वीरगंजको घण्टाघरबाट एक ¥यालीसहित बसपार्क चोक हुँदै नेपाल –भारत सीमा नाका शंकरचार्य गेटस्थित पैदल यात्री तथा विभिन्न सवारी साधनमा आवतजावत गर्ने मानिसहरुलाई ब्रोसर वितरण र पोष्टर पम्प्लेट टाँसिएको थियो ।
कार्यक्रममा वीरगंज महानगरपालिका उपप्रमुख शान्ती कार्कीले मानव बेचबिखन जस्ता जघन्य अपराध रोकथाम तथा न्युनिकरण गर्न विभिन्न सघसंस्थाले धेरै प्रयास गरेको बताईन् । स्उनले यो घटना न्युनिकरण गर्नमा स्थानिय सरकारको बढी दायित्व हुन जरुरी बताउँदै आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धताका समेत जाहेर गरिन् ।
माईती नेपाल कार्यक्रम संयोजक संगीता पुरीले मानव बेचबिखन तथा ओसारपसार विरुद्ध १५ औं दिवस मनाउदाँको अवस्थामा मानव बेचविखन केहि न्यनिकरण भएता पनि अझै विभिन्न घटनाहरु घटेको अवस्थामा गत वर्ष नेपाल प्रहरीको सहकार्यमा एक सय १३ जनालाई उद्धार गरिएको जानकारी गराएकी थिईन् ।
वीरगंज महानगरपालिका महिला बालबालबालिका तथा जेष्ठ नागरिक शाखा , माइती नेपाल, सा.सं.जि.स.स. पर्सा, सानो पाईला, आफन्त नेपाल, सानाहातहरु नेपालको संयुतm आयोजनामा गरिएको कार्यक्रममा वीरगंज म.न.पा. कर्मचारीहरु, महिला कर्मचारी, नेपाल प्रहरी, महिला तथा बालबालिका सेवा केन्द्र, शसस्त्र प्रहरी बल लगायत विभिन्न संघ संस्थाहरुको उपस्थिती रहेको थियो ।