कुशे औंसी तथा बुबाको मुख हेर्ने दिनको अवसरमा लायन्स क्लब अफ वीरगञ्ज क्यापिटल, लायन्स क्लब अफ वीरगञ्ज प्रभु, लायन्स क्लब अफ वीरगञ्ज परिवार र लायन्स क्लब अफ वीरगञ्ज कुटुम्बको संयुक्त आयोजनामा ‘अन्नदान कार्यक्रम’ भएको छ ।
कार्यक्रम शुक्रबार, बिहान वीरगञ्जको गीतामन्दिर र गहवामाई मन्दिरमा भएको थियो । कार्यक्रममा आवश्यकतामा रहेका व्यक्तिहरूलाई खाद्यान्न सहयोग गरिएको थियो । कार्यक्रमको संयोजक लायन्स क्लब अफ वीरगञ्ज प्रभुकी अध्यक्ष लायन सरिता सिंह थिइन् । कार्यक्रममा लायन्स क्लब अफ वीरगञ्ज परिवारका अध्यक्ष लायन दिगम्बर थापा, लायन्स क्लब अफ वीरगञ्ज क्यापिटलकी अध्यक्ष लायन कबिता खड्का, डिस्ट्रीक्ट डिपुटी चिफ लायन सन्जिता प्याकुरेल, रिजन चेयरपर्सन लायन डा. लक्ष्मी थापा, जोन चेयरपर्सन लायन नरोत्तम पाण्डे र डिस्ट्रीक्ट क्याबिनेट अफिसर लायन दिगम्बर गुप्तालगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी लायन्स क्लब अफ वीरगञ्ज पोखरीयाका अध्यक्ष लायन नेजामुदिन समानी, क्यापिटलका सचिव लायन शिवनाथ यादव, क्यापिटलका लायन एलसीआईएफ कोअर्डिनेटर डा. अरविन्द श्रेष्ठ, लायन चन्दन सिंह, मेम्बरसीप चेयरपर्सन लायन निशचल प्रजापति, लायन इश्वरी श्रेष्ठ, प्रभुकी लायन बिन्दिया प्रधान, परिवारका लायन सुदेश लाखे, क्यापिटलका लायन रन्जित यादव र लायन मीनबहादुर श्रेष्ठलगायतको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

लायन्स क्लबहरूले सामाजिक सेवाअन्तर्गत आयोजना गरेको कार्यक्रमले विपन्न तथा आवश्यकतामा रहेका समुदायलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । ‘सेवा विथ प्राइड’ भन्ने भावनाका साथ कार्यक्रमलाई सफल बनाउने सबैलाई आयोजकले धन्यावाद दिएको छ ।