आफन्त नेपालको सहयोग तथा चेली कृषी सहकारी संस्थाको आयोजनामा उदद्योषक तालिम सम्पन्न भएको छ ।
१५ जना सहभागीहरुलाई ३ दिने तालिम दिइएको हो ।
तालिमको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बीरगज महानगरपालिका वडा नं. १६ को वडाअध्यक्ष श्यामबाबु चौरसियाले महिलाहरुले सिकाका कुरा व्यवहारमा उतार्न आग्रह गरे । उनले महिलाहरु एककृत भई सामुहिक रुपमा गरिरहेको कामहरु सफल हुँदै गएकाले आफुबाट हुने कुनैपनी सहयोग नहिचकिचाई गर्ने प्रतिबद्धता जनाएका थिए ।
चेली कृषी सहकारी संस्थाकी अध्यष कमला घिमीरेको सभापतित्वमा समपन्न तालिमको प्रशिक्षण नेपाल पत्रकार महासंघ प्रदेश नं. २ को उपाध्यक्ष के.सी लामिछाने र मध्य नेपाल सन्देश पत्रिकाकी सम्पादक कबिता खड्काले गरेकी थिईन् ।
संस्थाले विभिन्न कार्यक्रम आयोजना गर्नुपर्ने भएकोले कार्यक्रम संचालन गर्न र आफुले गरेको कार्य निर्धक्कसंग राख्न सक्ने र आवश्यक परेको बेला विभिन्न कार्यक्रमहरु संचालन समेत गर्ने उद्देश्यले उदद्योषक तालिक संचालन गरेको सदस्य ज्योती महर्जनले बताईन ।
कार्यक्रममा समाजसेवी राजकुमार घिमीरे, संचारकर्मी सन्तोष रन्जीतकार सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको प्रबन्धक क्षेत्रबहादुर क्षेत्री, आफन्त नेपालको जिल्ला संयोजक तारा सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
२०७० सालमा संस्था स्थापना पाँच जनाको समुहबाट सुरु गरिएको यस संस्थामा हाल ५ सय पचास महिला आबद्ध छन् । हाल यस संस्थाले सामाजिक विकृती, महिला हिंसा न्युनिकरण लगायत महिलालाई आत्म निर्भर बनाउन कालो प्लाष्टिकको बिकल्पको रुपमा झोला, डल, कुसन र च्याँउ तथा स्वास्थ्यको लागी जमराको जुस समेत बिक्री बितरण गदै आएको छ ।
संस्थाले हाल १४ जनालाई प्रत्यक्ष रोजगार दिएको छ भने, अगामी दिनमा अझ थप महिलालाई आत्मनिर्भर बनाई रोजगारी दिने लक्ष्य रहेका संस्थाकी निना थापा कार्कीले बताईन ।