रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पतालको ५१औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिहरू, अस्पताल व्यवस्थापन समिति, चिकित्सक, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रममा वक्ताहरूले आँखा स्वास्थ्य सेवाको महत्व प्रकाश पार्दै अस्पतालले स्थापना कालदेखि नै गुणस्तरीय, सुलभ तथा सर्वसुलभ नेत्र उपचार सेवा प्रदान गर्दै आएको उल्लेख गरे। विशेषगरी आर्थिक रूपमा विपन्न तथा ग्रामीण भेगका बिरामीलाई सेवा पुर्याउँदै अस्पतालले समाजमा महत्वपूर्ण योगदान दिएको धारणा व्यक्त गरिएको थियो।

वार्षिकोत्सवको अवसरमा अस्पतालका सस्थापक स्व हीरालाल केडियाको स्मृतिमा स्थापना गरिएको ज्योतिर्गमय सम्मानबाट रु. २ लाख ५१ हजार नगदसहित डा बिध्याप्रसाद पन्तलाई सम्मानित गरियो।
उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो भने विभिन्न व्यक्तित्वहरूलाई प्रशंसा–पत्र प्रदान गरियो। अन्य सम्मान तथा छात्रवृत्ति पनि वितरण गरिएको थियो ।

वक्ताहरूले आधुनिक प्रविधि र दक्ष चिकित्सकमार्फत हजारौँ बिरामीको दृष्टि फिर्ता गराउन अस्पताल सफल भएको उल्लेख गर्दै आगामी दिनमा सेवा विस्तार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रमको औपचारिक सत्रपछि समेत आयोजना गरिएको थियो।

