मधेश विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्यले संस्कारसहितको शिक्षा आजको आवश्यकता भएको बताएका छन् । उपकुलपति प्राडा शाक्यले वीरगञ्जको एन्जल वल्र्ड स्कुुलको २२ औं वार्षिक उत्सवको अवसरमा आयोजित समारोहमा यस्तो बताएका हुन् ।
तस्वीरः सजल श्रेष्ठसो विद्यालयले संस्कारसहित शैक्षिक योग्यता दिएको भन्दै उनले प्रशंशासमेत गरे । कार्यक्रमका विशिष्ट अतिथि वीरगञ्ज महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख आनन्द लामिछानेले विद्यालयहरूले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए । महानगरपालिकाको योजना वीरगञ्जको शैक्षिक क्षेत्र सुधारमा केन्द्रित भएको उनको भनाइ थियो ।
कृषि वैज्ञानिक डा. बीपी यादवले सीप र स्वरोजगारमूलक शिक्षा नीतिको खाँचो औंल्याए । कार्यक्रमको अध्यक्षता गरेका स्कुलका अध्यक्ष रामराज श्रेष्ठले गुणस्तरीय शिक्षालाई मुख्य उद्देश्य बनाएर अघि बढेको बताए । विद्यालयका सञ्चालक पवित्रा प्रधानले स्वागत गरेकी थिइन् ।
तस्वीरः सजल श्रेष्ठकार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीले एन्जल स्कुलले विद्यार्थीलाई शिक्षासँगै अतिरिक्त क्रियाकलपामार्फत ज्ञान र दक्षता दिने काम गरेको भन्दै प्रशंशा गरे ।
स्कुलका सल्लाहकार मर्टिन मोक्तान, अधिवक्ता रोशन श्रेष्ठ, शैक्षिक निर्देशक दिब्या नकर्मी, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाइ, राहुलकुमार केवट, लोकल नेटवर्क प्रालिका प्रबन्ध निर्देक युवराज केशरी, वैष्णोदेवी सहकारीका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठ, सिद्धार्थ एकेडेमीका प्रिन्सिपल उत्तम गुप्तालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण अंकिता प्रधान र नाजिया श्रेष्ठले गरे ।
तस्वीरः सजल श्रेष्ठकार्यक्रममा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मानित गरियो । आशीषकुमार गुप्ता, किरणकुमारी कलवार र नमन महर्जनलाई सम्मानित गरिएको हो । नेवारी, पञ्जावी, रिमिक्सलगायतका सांगितिक र सांस्कृतिक प्रस्तुति पनि राखिएको थियो ।
तस्वीरः सजल श्रेष्ठ
तस्वीरः सजल श्रेष्ठ