पर्साको पर्सागढी नगरपालिका–८ हरपुरमा पर्सा क्षेत्र नम्बर–२ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार अजयकुमार चौरसियाले घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
घरदैलो अभियानका क्रममा उम्मेदवार चौरसियाले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै कांग्रेस नेतृत्वमा मात्रै जनताको हितमा काम हुने विश्वास व्यक्त गरे । उनले विकास, रोजगारी, शिक्षा र कृषिलाई प्राथमिकतामा राखेर आगामी दिनमा जनताको आवश्यकता अनुसार काम गर्ने प्रतिबद्धता जनाए ।
उनले लोकतन्त्र र समावेशी विकासको पक्षमा उभिएको नेपाली कांग्रेसलाई विजयी बनाउन स्थानीय मतदातासँग आग्रहसमेत गरे ।
कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलको विशेष उपस्थिति रहेको थियो । साथै नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामरूप कुर्मी, नेता नितेन्द्र साह, विश्वमोहन दास थारु, जयराम दास थारु, विनोद ठाकुर, नन्दु चौधरी, शैलेन्द्र चौधरी र शिवनारायण रामलगायत नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो ।
घरदैलो कार्यक्रममा स्थानीयवासीको उत्साहजनक सहभागिता देखिएको थियो । यसबाट कांग्रेस उम्मेदवार चौरसियाप्रति समर्थन बढ्दै गएको संकेत मिलेको बताइएको छ ।