इन्टरकलेज वादविवाद प्रतियोगिता अन्तर्गत लायन्स क्लब वीरगञ्ज परिवार,लायन्स क्लब वीरगञ्ज सेन्ट्रल सिटी,लायन्स क्लब वीरगञ्ज मेट्रो सिटी,लायन्स क्लब वीरगञ्ज फ्रेन्डजोन,लायन्स क्लब वीरगञ्ज कुटुम्ब र लायन्स क्लब वीरगञ्ज एक्सिलेन्सको सयुक्त आयोजनामा वादविवाद प्रतियोगितामा छनोट भएका १० वटा कलेजमध्ये सिद्धार्थ इन्टरनेशनल कलेज, वीरगञ्जमा ८ जना विद्यार्थीहरुमा “डिजिटल युगमा सामाजिक सन्जाल युवावर्गमा प्रेरणा कि मानसिक तनाव“विषयमा वादविवाद प्रतियोगिता गरिएको थियो ।
प्रतियोगितामा कक्षा ११ को छात्र नन्दनी पटेल र पुष्पा पण्डित विजेता घोषित हुनु भएको छ । दुबैलाई फाइनल राउण्डको लागि छनोट गरियो ।
कार्यक्रमको अध्यक्षता लायन्स क्लब वीरगञ्ज कुटुम्बका अध्यक्ष रचना प्याकुरेलले गर्नु भएको थियो । कार्यक्रममा उपस्थित प्रमुख अतिथि उद्योग वाणिज्य संघ प्रशासनका मनोज उपाध्याय, कलेजका चेयरमेन डाक्टर शुष्मा द्धिवेदी, विशिष्ट अतिथि डिस्ट्रीक एक्ज्युटिभ चिफ लायन बासु तिमल्सिना,विशिष्ट अतिथि डिस्ट्रीक चिफ लायन श्याम गुप्ता,विशिष्ट अतिथि रिजन चेयर पर्सन तथा यस कार्यक्रमका संयोजक लायन सन्दिप गुप्ता कानुु,परिवारको पूर्व अध्यक्ष लायन भानुभक्त अधिकारी,परिवारको अध्यक्ष लायन नरोत्तम पाण्डे,एक्सिलेन्सका पूर्व अध्यक्ष लायन मनोज उपाध्याय,मेट्रो सिटीका अध्यक्ष लायन उमेश गुप्ता ,फ्रेन्ड जोनका अध्यक्ष लायन श्रवण साह ,सेन्ट्रल सिटीका अध्यक्ष लायन सुशिला साह,सेन्ट्रल सिटीका सचिव लायन कबिता खड्का ,मेट्रो सिटीका कोषाध्यक्ष लायन अंकित चौरसिया,कलेजका शिक्षक लगायत सहित विद्यार्थीहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरियो ।