हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अन्तर्राष्ट्रिय रुपमा लैङ्गिक हिंसाविरुद्धको दिवस मनाइने गरेको छ । महिला हिंसासँग सम्बन्धित भएर यसलाई महिला हिंसाविरुद्ध अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाइँदै आएको हो । मिरावेल परिवारमा जन्मिएका पेट्रिया, मिनर्भा र मारिया तीन दिदीबहिनी राजनीतिक कार्यकर्ता थिए । सन् १९६० का उनीहरूलाई तत्कालीन तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । त्यो घटनालाई लिङ्गको आधारमा राजनीतिक हिंसाको प्रतिरुप मानिन्छ । उनीहरूको सम्झनामा सन् १९९५ देखि विश्वव्यापीरुपमा लैगिक हिंसाविरुद्धको दिवस मनाउन शुरू गरियो । यसै सन्दर्भमा विभिन्न व्यक्तिहरूसँग गरेको कुराकानी ः
रन्जना पण्डित (शाखा प्रमुख)
महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा
वीरगञ्ज महानगरपालिकाविद्यालयमा अभिमुखीकरण कार्यक्रम राखेका छौं
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाउने गरिएको छ । यो अन्तर्राष्ट्रिय अभियान पनि हो । यस वर्ष २०८२ साल मंसिर ९ गतेदेखि २४ गतेसम्म परेको हुनाले वीरगञ्ज महानगरपालिकाले यस क्षेत्रमा काम गर्ने सरोकारवाला संघसंस्था समन्वय र सहकार्यमा १६ दिन भित्रमा कार्यक्रम गर्ने निर्णय गरेको छ । विद्यालयस्तरमा अभिमुखीकरण कार्यक्रम गरिनेछ । विद्यायलयमा भएका बालबालिकाह विभिन्न घटनामा अफ्ठयारोमा पर्ने अवस्था छ । यसमा सुधार ल्याउन परिवार र विद्यालयस्तरमा नै अभिमुखीकरण कार्यक्रम राखेका छौं । अहिलेको नारा पनि प्रविधिलाई सही सदुपयोग गरौं भन्ने भएर किशोरीहरू सामाजिक सञ्जालमार्फत, फेसबुकमार्फत् प्रेम सम्बन्धले गर्दा अफ्ठयारोमा पर्ने र त्यो समस्याबाट उनीहरूलाई बचाउने काम गर्नु पर्दछ । यस्तो घटनामा कस्तो कानूनी सजायहरू छन्, यसबारेमा जानकारी दिन्छौं । स्क्याममा पर्ने, प्रलोभनमा पर्ने र त्यसबाट पनि बचाउन यो अभियानले काम गर्दछ । सचेतनाको लागि विद्यालयस्तरमा पनि किशोरकिशोरीका अभिभावकलाई पनि यो कार्यक्रममा सहभागी गराउँछौं । यो १६ दिने अभियानमा हामीले सडक नाटक पनि राखेका छौं । किशोरकिशोरी लागूऔषधमा फस्ने भएका कारणले सबैमा जानकारी पनि होओस् ।
प्रतिमा चौरसिया(अधिवक्ता)
वीरगञ्ज, पर्साजति शिक्षा भए, उति दाइजो फस्टायो
कसैले वा कुनै व्यक्तिमाथि उसको हकअधिकार हनन् गर्नु नै हिंसा हो । यसमध्येमा पनि हिंसामा बढी महिलाहरू पर्ने गरेको देखिन्छ । महिला हिंसाकोे अवस्थामा हेर्दा समाजमा एक जातिको मानिसहरू मात्र छैनन् । विभिन्न जातजाति मिलेर समुदाय, समाज, गाउँ बनेको छ । सबै जातजातिमा, सबै परिवारमा आआफ्ना किसिमका समस्या र चुनौतीहरू छन् । कसैले समस्यालाई समाधान गरेर हिड्न सकेको छ । त्यहाँ हिंसा भएको महशुस गरेका छैन् । कुनै समुदायमा समस्यालाई समाधान गर्न सकिएको छैन भने त्यहाँ हिंसा भएको देखिन्छ । हिंसाको कारणले गर्दा दिनहँु सम्बन्ध विच्छेदका मुद्दाहरू पनि देखिन्छन् । कति महिलाहरूले हिंसाका कारण आत्महत्या गरेका पनि छन् । कतिपय महिलाहरू मारिएको पनि अवस्था छ । मानिस जति धेरै शिक्षित भएका छन्, दाइजो प्रथा पनि फष्टाउँदै गएको छ । दाइजोको कारण हिंसा धेरै भइरहेको छ । अघिल्लो वर्षहरूभन्दा यो वर्ष झनै अदालत मा पनि धेरै मुद्दा परिरहेको छ । न्यायिक समितिमा पनि कतिपय मुद्दाहरू मिलाएर राखेका छन् । कतिपय मुद्दाहरू महिला तथा बालबालिका केन्द्रबाट नै समस्या समाधान भएको देखिन्छ । हिंसा हुनुमा समाज, समुदाय, महिला र पुरुष दुवै व्यक्तिको कारण हिंसाको रुप व्यापक भएर गएको छ । हरेक वर्ष हिंसा न्यूनीकरण गर्न आवाज उठाउँदा पनि झनै बढी हिंसा भएको पाइन्छ । महिला हिंसा न्यूनीकरण गर्न सबैभन्दा पहिला महिलालाई शिक्षित बनाउनु पर्छ । कुनै व्यक्तिको आफ्नो शिक्षा, लेबल स्तरअनुसारको परिवारसँग विवाह गरेमा हिंसा धेरै हदसम्म न्यूनीकरण हुन्छ । आफ्नो अधिकार बुझेरमात्र कर्तव्य निर्वाह पनि गर्नु पर्छ ।
प्रदीपकुमार चौरसिया (वडाध्यक्ष)
वीरगञ्ज म.न.पा–५हिंसा न्यूनीकरणको प्रयास गरेका छौं
महिला हिंसा न्यूनीकरण गर्नका सामुदायिक प्रहरी सेवा केन्द्र कुुम्हाल टोलमा अध्यक्ष पदमा रहेर ६ वर्ष काम गर्दा पनि यो विषयमा मैले सोचेर धेरै गतिविधिहरू गरें । आफ्नो कार्यकालमा रहँदा अन्तर्राष्ट्रिय महिला हिंसा उन्मुूलन दिवसको दिन विभिन्न कार्यक्रम, ¥यालीसहित नगर परिक्रमा, हाते पम्प्लेट वितरणजस्ता धेरै कार्यक्रम गरियो । पहिला धेरै महिला हिंसाका केसहरू आउने गरेका थिए । अहिले महिला हिंसाका घटनाहरू पहिलाको तुुलनामा धेरै कम भएका छन् । म वडाध्यक्ष भएदेखि महिला हिंसाका मुद्दाहरू वडामा नै हेर्ने गरेको छु । मेरो वडाको एकादुुई घरमा महिला हिंसाका घटना हुने गरेका छन् । ती केसहरूमा सामुदायिक प्रहरी, महिला वडा सदस्यहरूसहित गएर समस्याहरू समाधान गर्ने गरेका छौं । महिला हिंसा र अन्य हिंसा समाधान गर्नका लागि वडा समितिको मातहतमा आमा समूुह गठन गरेका छौं । युवा समूह, बुद्धिजिवीहरूको पनि समूह गठन गरी वडामा हिंसा न्यूनीकरणका लागि सक्दो पहल गरेका छौं । आवश्यक्ता परेको बेलामा महिला सेल, महिला सशक्तीकरणको पनि सहयोग लिएर महिला हिंसा न्यूनीकरण गर्र्ने प्रयास गरिरहेका छौं ।
रमेश गाडिया (उद्योगी)
वीरगञ्ज–६ छोरीहरूलाई सक्षम बनाउनु पर्छ
यो अर्थको युग हो । छोरीहरूलाई आर्थिक रुपले सक्षम बनाउन शिक्षित गर्नु पर्छ । जसरी हामी छोराले जबसम्म पैसा कमाउन थाल्दैन, उसको विवाह गर्न चाहँदैनौं । त्यसैगरी छोरीहरूको पनि आर्थिक रुपले सक्षम भएपछि मात्र विवाह गर्नु पर्छ । आर्थिक रुपले जुन छोरी सक्षम हुन्छ, उमाथि कसैले हिंसा गर्न सम्भव छैन । छोरासरह छोरीलाई पनि मानेर अभिभावकले शिक्षा र जागिरपछि मात्र विवाह गर्ने हो भने कहिले पनि छोरीहरू हिंसामा पर्न सक्दैनन् । यसरी हाम्रो देशमा समाजिक परिवर्तन ल्याउनु जरुरी छ । कानूनले गर्ने काम कानूनले गर्न सक्छ । समाजमा परिवर्तन गर्ने काम हामी समाजमा भएका अभिभावकको हो । महिलामाथि हुने हिंसा रोक्न हामी सबैले छोरीहरूलाई राम्रो शिक्षा दिनु पर्छ । स्थानीय तहले पनि छोरीहरूको लागि सीपमूलक काम दिनु पर्छ । जो घरमा नै बसेर काम गर्न सक्छ । आर्थिक अवस्था न्यून भएको महिलाहरूले पनि स्वाभिमानपूर्वक कमाएर आफ्नो छोराछोरीको पालन पोषण गर्न सक्छन् ।
सरला जोशी (स्थानीय)
वीरगञ्ज–४, बिर्ता महिलाहरू हिंसा सहन बाध्य छन्
महिला हिंसा दिनानुदिन बढ्दै गएको छ । महिला हिंसा बढ्नुमा शिक्षा र जनचेतनाको कमी छ । कतिपय महिलाले नै महिलामाथि हिंसा गरेको देखिन्छ । पछिल्लो समयमा महिलाको हत्या र हिंसा भैरहेको कारण भनेको दाइजो प्रथाले गर्दा हो । मानिसमा लोभ र लालच बढ्दै गएपछि हरेक घरमा झैझगडा उत्पन्न हुने हत्या र हिंसा पनि हुन्छ । जबसम्म दाइजो प्रथाको अन्त्य हुदैन, जति नै नारा लगाए पनि हत्या र हिंसाको अन्त्य संभव छैन । महिलाबाट मात्र होइन् । पुरुषहरूबाट पनि हिंसा हुने गर्दछ । ठोस कानून र कडा नियम हुनुपर्छ । दिनदहाडै हत्या, हिंसा, बलतकार गर्नेहरूको लागि आम माफी दिइनु उचित होइन । महिलाहरू आफू पनि सचेत हुनु पर्छ । परिवारमा कुनै पनि किसिमको दवाब र हिंसाका गतिविधि भएको छ भने आवाज उठाउन सक्नु पर्छ । घरबाट समस्या समाधान गर्न खोज्दा पनि संभव भएन भने महिलाको क्षेत्रमा काम गर्ने संस्था र निकायमा गएर आफ्नो समस्या राख्नु पर्छ । महिलाहरूको बचाउको लागि हरेक महिला स्वयम् जागरुक हुनु पर्छ । समाज भएका संघसंस्थाहरू र राजनीतिमा आवद्ध व्यक्तिहरूले भूमिका खेल्नु पर्छ । राजनीतिक दलका नेताहरूले आफ्नो पार्टीको मानिस भयो भने महिलालाई दवाब दिएर पैसामा मिलाएर चुप गराउने, डर र धम्की दिने गर्छन् । अपराधीले सजाय भोग्न नै पाउँदैन । यस्तो गलत प्रवृति नहटेसम्म हिंसाबाट पीडित महिलाले न्याय पाउन सक्दैनन् । कतिपय महिलाहरू हिंसा सहेर बस्न बाध्य भएका छन् ।
सञ्जु दाहाल (उपाध्यक्ष)
सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हाल टोलघरघरबाटै शुरूवात गरिनु पर्दछ
महिला हिंसा अन्त्य गर्नका लागि सर्वप्रथम घरघरबाट नै शुरूवात गर्नुपर्छ । वडा, नगर, जिल्लामा महिला हिंसा न्यनीकरण गर्दै हिंसाको अन्त्य गरिनु पर्छ । महिला हिंसाको शुरूवात हुनु गरिबी, श्रीमान बेरोजगार हुनु, पुुरुषहरूले मद्यपान गरेर घरमा आउने र श्रीमतीसँग झगडा गरेर हुने गरेको छ । समग्र मधेशको गतिविधिहरू हेर्दा दाइजो प्रथा पनि महिला हिंसा हुने अर्को कारण बनेको छ । गरीब समुुदायमा महिला हिंसा हुनु शिक्षाको चेतनामा कमी भएको पाइन्छ । शिक्षित र सम्पन्न परिवार जो डाक्टर र इन्जिनियर छन् । उनीहरूको परिवारमा दाइजोका कारण महिला हिंसा हुने गरेको देखिन्छ । सामुदायिक प्रहरी सेवा केन्द्रमा १३ वर्षदेखि निरन्तर समाज सेवा गर्दै आएकी छु । महिला हिंसाको अन्त्य गर्न दाइजोबिना विवाह गर्ने परम्परालाई जोड दिनुु पर्छ । समाजमा रहेको विद्यमान कुरीतिलाई हटाउन विभिन्न संघसंस्था, युवा समूह, आमा तथा महिला समूह, बुद्धिजिवी समूहको सक्रिय सहभागितामा महिला हिंसा न्यूनीकरण गर्न सकिन्छ । महिलाहरूका लागि विभिन्न सीपमूलक तालिम दिने । घरमा बसेर पनि महिलाले आय आर्जनमा वृद्धि गरेर श्रीमानसँग आश्रित हुनुु नपर्दा केही हदसम्म महिला हिंसा कम हुुने पनि देखिन्छ ।
शालिकराम प्रसाद (अधिवक्ता)
वीरगञ्ज पर्सा
राज्यको न्यायोचित उपस्थिति हुनु पर्छ
नेपाली समाजमा महिलाहरू उत्पीडित हुनुको कारण अशिक्षा, गरिबी, बेरोजगारीजस्ता कारण छन् । शिक्षाको कमीले गर्दा आफू आत्मनिर्भर नभएर पनि हिंसाको शिकार हुनु परेका उदाहरण भेटिन्छन् । मधेशी समाजका महिला अझै पूर्णरुपमा खुलेर अघि आउने वातावरण निर्माण भइसकेको छैन । छोरीबुहारी बाहिर निस्किए भने बिग्रिन्छन्, इज्जत जान्छ भन्ने संकीर्ण मानसिकता परिवर्तन भइसकेको छैन । महिलालाई पालनपोषणको जीम्मेवारी बढी दिने भएकाले पनि उनीहरूको स्वतन्त्रता खोसिएको छ । कानूनतः उनीहरू यस्ता कुराको जनाकार छैनन् । राज्यले बनाएको कानून कडा र निष्पक्ष रुपमा कार्यान्वयन गरिनु पर्छ । सक्षम भए पनि प्रभावित छ, नातावाद कृपावाद । शिक्षित समाजले यस विषयलाई गम्भिर रुपमा उठाउनु पर्छ । यस्ता कार्य गर्नेलाई त्यसै छोड्नु हँुदैन । सामाजिक बहिष्कार गर्नु पर्छ । कानूनी कारवाहीको अलावा सामाजिक कारवाही नभएसम्म यस्ता कुराले निरन्तरता पाइरहन्छन् । यसमा महिला आफैं सचेत हुन जरूरी छ । महिला हिंसा बढ्नुको प्रमुख कारण जनचेतनाको अभाव नै हो । महिलालाई उनीहरूको अधिकार के हो ? कहाँ र कसरी प्राप्त गर्न सकिन्छ ? भन्ने कुरा सिकाउनु पर्दछ । जसको लागि राज्य र अन्य सरोकारवाला सबैले परिणाममुखी योजना कार्यक्रम ल्याउन जरूरी छ । जुन योजना र कार्यक्रम सदरमुकाममा मात्रै सीमित छन् । ती कार्यक्रम गाउँमुखी बनाउन पनि जरुरी छ । महिलालाई हिंसाविरुद्ध वैचारिक तथा भौतिक प्रतिकार गर्न सक्ने बनाउन उनीहरूलाई राज्यको प्रत्यक्ष उपस्थितिको अनुभूति र पहुँच गराउन सक्नु पर्छ । राज्यको उपस्थिति पनि पूर्वाग्रही नभई न्यायोचित हुनु पर्छ ।
पुष्पराज तिमल्सिना( पत्रकार)
वीरगञ्जछोरा र छोरीलाई समान व्यवहार गर्नु पर्छ
महिला हिंसा न्यूनीकरण गर्न महिलाहरू पनि स्वयम् सचेत हुन जरुरी छ । महिलाहरूले पनि आफूलाई सुरक्षित महशुस हुने काम गर्नु पर्दछ । गर्दा पुरुषबाट हिंसा पर्ने गरेको देखिन्छ । घरपरिवारबाट पनि छोरा र छोरीबीच भेदभाव गरेको पाइन्छ । अभिभावकहरूले छोराछोरीलाई समान व्यवहार गर्नु पर्छ । प्रहरी प्रशासनले पनि हिंसामा परेका महिलाहरूलाई न्याय दिलाउन कञ्जुस्याई गर्नु भएन । महिलाको विषयमा संवेदनशील भएर फैसला गरिदिनु पर्छ । कानूनी दायरा कडा बनाउनु पर्छ । जुन घटनाहरू दोहो¥याएर नहोस् । छोरीहरूलाई प्रर्याप्त शिक्षा लिने वातावरण अभिभावकले मिलाउनु पर्छ । छोरीहरू शिक्षित भएमा हिंसाको विरोध गर्न सक्ने र नडराउने भएकोले हिंसा न्यूनीकरण हुने देखिन्छ ।
कोपिला चौलागाइ (कार्यक्रम संयोजक)
दिव्य विकास स्रोत, पर्सा
व्यवहार परिवर्तन आवश्यक छ
लैंगिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानलाई हरेक वर्ष मनाउँदै आएका छौं । यस वर्ष पनि सो अभियानलाई निरन्तरता दिइरहेका छौँ । यस अभियानमा विशेषगरी महिला माथि हुने हिंसा अन्त्य गर्नको लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने तथा अभियानहरूमार्फत् नीति कार्यान्वयनको लागि दबाब दिने कार्यक्रमहरू गर्ने गरिएको छ । अहिले हामीले भाषणभन्दा पनि व्यवहारमा लागू गर्नुपर्ने र आफूले दोहो¥याउदै आएको व्यवहार परिवर्तन गर्नुपर्ने कुरा प्रमुख हुन थालेको छ । लैंगिक हिंसा अन्त्य गर्नको लागि आफूबाट नै शुरू गर्नु पर्छ । अरूले गरेपछि म गर्छु भनेर अरूको बाटो हेर्नेभन्दा पनि स्वयम् नै परिवर्तनको शुरूवात गर्छु भन्ने अठोट साथ काम गर्न जरुरी छ । लैंगिक हिंसा अन्त्य गर्नको लागि एक दिवसीय कार्यक्रहरूमा मात्र सीमित नभएर हरेक दिनलाई अभियानको रुपमा मनाउनु पर्छ । अनिमात्र परिवर्तन हुन सक्छ । यस्ता अभियानहरूलाई शिक्षित वर्गमा पनि पु¥याउनु अति अवश्यक छ । नजानेका मानिसहरूलाई सिकाएपछि थाहा हुन्छ । तर, जानेबुझेकाहरूले थाहा हुँदाहुँदै पनि आफ्नो व्यवहार परिवर्तन गर्न सकेका छैनन् । त्यसैले व्यवहार परिवर्तन गर्नको लागि पहल गर्न आवश्यक देखिएको छ ।
रितेशकुमार गुप्ता (वडाध्यक्ष)
वीरगञ्ज म.न.पा– ८समझदारी नभएर हिंसा भएका छन्
मेरो वडा वीरगञ्जको शहरी क्षेत्रमा भए पनि पिछडिएको वडा हो । महिला हिंसासम्बन्धी मुद्दाहरू महिनाको ४÷५ वटा आउने गरेका छन् । प्रायः मद्यपानका कारण श्रीमान् श्रीमतीबीच झगडा भएर वडामा आउने गरेका छन् । केही मुद्दाहरू सासुले बुहारीमाथि र केही बुहारीले सासुलाई हिंसा गरेका मुद्दा पनि आउने गरेका छन् । वडामा आएका मुद्दाहरूलाई सकेसम्म पीडित र पीडक दुवै पक्ष र उनीहरूको अभिभावकलाई पनि राखेर छलफल गराउने गरेका छौं । पीडितलाई कानूनले दिएको अधिकार के छन ? पीडकलाई के सजाय हुन सक्छ भन्ने कुरा जनचेतनाको रुपमा जानकारी गराउँछौ । यदी हाम्रो पहलबाट पनि सहजीकरण भएन भने जिल्ला प्रहरी कर्यालयमा महिला सेलमा पठाउँछौं । समाजमा कुनै सानो घटनाले परिवार विखण्डन हुने अप्रिय घटनाहरू नहोस् । महिला हिंसा विशेष गरेर परिवारका सदस्यहरू र श्रीमान् र श्रीमतीबीच आपसी सदभाव र समझदारी नभएर हुने गरेको छ ।