मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रीहरूको जिम्मेवारी पुन: बाँडफाँड गर्दै कार्यसम्पादनमा तीव्रता र समन्वयको उद्देश्य राखेका छन्।
सोमबारदेखि लागु हुने गरी सार्वजनिक गरिएको मन्त्रालय कार्यविभाजनमा मुख्यमन्त्री यादवले आफैं ९ मन्त्रालय सम्हाल्ने भएका छन्। उनले भौतिक पूर्वाधार विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, उद्योग, वाणिज्य तथा पर्यटन, शिक्षा तथा संस्कृति, स्वास्थ्य तथा जनसङ्ख्या, अर्थ, खेलकुद तथा समाज कल्याण, श्रम तथा यातायात र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सम्हाल्नेछन्।
नयाँ कार्यविभाजनअनुसार, लखन दास ततमाले ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालय, विमला अंसारीले गृह, सञ्चार तथा कानून मन्त्रालय, र कञ्चन विच्छाले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्।
मुख्यमन्त्री यादवले मन्त्रालयबीच समन्वय बढाउन, सेवा प्रवाहलाई प्रभावकारी बनाउन र कामको गति तीव्र पार्न नयाँ कार्यविभाजन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।