नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छोए देशभर आगो बल्ने चेतावनी दिएका छन्। बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा बस्नेतले यस्तो चेतावनी दिएका हुन्।
बस्नेतले कार्यक्रममा भने, “नेकपा एमाले, केपी अध्यक्ष ओली र म छाती फर्काएर हिँड्दैनौं। हिजो राणा, पञ्च र शाही शासनले माओवादीलाई युथफोर्स बनाएर कान्छी औलाको भरमा लडाएको थियो, त्यसैको निरन्तरता हाम्रो टोली हो।”
उनले अहिले हावाभरका जनेजी नामका नौटंकीले च्यालेन्ज गरेको विषयमा गृहमन्त्री ओमप्रकाश अर्याललाई सावधान रहन आग्रह गरे। साथै उनले भ्रष्टचारीको छानबिन गर्न एमाले सहयोग गर्न तयार रहेको बताए।
बस्नेतले भने, “हामी सहयोग गर्न तयार छौं, हाम्रा बारेमा पनि छानबिन गर्नुहोस्। तर नेपालको नम्बर १ भ्रष्टाचारी कुलमानबाट सुरु गर्नुस्।” उनले अर्थमन्त्री रामेश्वर खनालको स्रोत र बालेन शाह, सुदन गुरुको छानबिन आवश्यक रहेको पनि बताए।
उनले थपे, “केपी ओलीलाई छोए देशभर आगो बल्नेछ।” साथै, एमालेका युवासंघले असोज २५ गते मोटरसाइकल र्यालीमार्फत आफ्नो शक्ति प्रदर्शन गर्ने चेतावनी पनि दिएका छन्।