बाइ नेपाल नेपालका औद्योगिक प्रतिष्ठानमा आवश्यक पर्ने औद्योगिक उपकरण, पार्टपूर्जालगायत आवश्यकीय बस्तुको अनलाइन आपूर्तिका लागि सहज माध्यम बनेको छ । वीरगञ्जका युवाहरूले यो डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याएका हुन् ।
वीरगञ्जका युवा उद्यमीहरू चन्दन सिंह, राजन कार्की र दीपेश मिश्रले औद्योगिक प्रतिष्ठानहरूमा उपकरण आपूर्तिका लागि अनलाइन प्लेटफर्म …By Nepal’ सञ्चालनमा ल्याएका हुन् । यी उद्यमीहरूको संयुक्त प्रयासमा यो व्यवसाय सञ्चालनमा आएको हो ।
बाई इन नेपाल प्रालिले सञ्चालनमा ल्याएको Bynepal.com वेबसाइट र मोबाइल एप्लिकेसनमार्फत् उद्योग प्रतिष्ठानका लागि आवश्यक यन्त्र, उपकरण, निर्माण सामग्री, कच्चा पदार्थ, सुरक्षा उपकरण, पार्टपुर्जालगायतका सामग्री अनलाइन डेलिभरी भइरहेको सञ्चालक चन्दन सिंहले बताए ।
'By Nepal’ एक अत्याधुनिक डिजिटल मार्केटप्लेस हो, जसले निर्माण सामग्री, मेसिनरी, सुरक्षा उपकरण, कृषि औजार, इलेक्ट्रिकल तथा मेकानिकल सामानहरू सजिलै अनलाइन अर्डर गर्न मिल्ने बनाइएको छ । यसबाट उद्योगी, निर्माण व्यवसायीहरूले आवश्यक सामग्रीहरू अर्डर गर्न सक्छन्,’ सिंहले भने ।
‘आधुनिक प्रविधिको प्रयोगमार्फत उद्योग व्यवसायमा अत्यावश्यकीय बस्तुहरूको सहज र सुपथ आपूर्तिका लागि यो प्रविधिले सहयोग पु¥याउने दाबी सञ्चालक सिंहको छ । ‘कम्पनीको बेभसाइट Bynepal.com मा गएर उद्यमीले आफूलाई चाहिने बस्तुको अर्डर गर्न सक्छन् । हामीले अर्डरअनुसारका सामग्री छरितो र सुपथ मूल्यमा अनलाइन डेलिभरी गर्छौं,’ सिंहले थपे ।
नेपालमा उद्योग व्यवसाय र यसमा आवश्यक बस्तुको आपूर्तिको तरिका अझै पनि पुरानै शैलीमा चलेकोले उद्योगका लागि चाहिने सेवा र बस्तु आपूर्तिको आधुनिकीकरणमा यो प्रभावकारी भइरहेको सिंहले बताए । डिजिटल प्रविधिमार्फत औद्योगिक सामग्री खरिदबिक्रीलाई सहज, पारदर्शी र भरपर्दो बनाउन यो प्लेटफर्म सहयोगी हुने विश्वास सञ्चालकहरूको छ ।