कोरोना भाइरस को संक्रमणले देशमा जारी लकडाउनले देशभरका विद्यार्थीहरु विद्यालय जान पाएका छैनन् । शैक्षिक सत्रको दोस्रो महिनाको तेस्रो साता सुरु हुन लागी सक्दा विद्यालयले विद्यार्थी र विद्यार्थीले विद्यालय कुरीरहेका छन् ।
जारी लकडाउन र बढ्दै गएको कोरोना संक्रमितको संख्याले शिक्षा पद्धतिको प्रकृया नै परिवर्तन गर्नुपर्ने विज्ञहरु सुझाव दिने गरेको छ । लहड मै वैकल्पिक अध्ययनको व्यवस्था मिलाएपनि नयाँ शैक्षिक सत्रले नयाँ कक्षाका पुस्तकको गाता समेत हेर्न नपाएका विद्यार्थीहरु केही दिन लहड मै अध्ययन गरेपनि अहिले शिक्षक र विद्यार्थी दुबैजना थाकेका छन् । एस.ई.ई परिक्षाको तयारी गरेका विद्यार्थीहरु र रातभर जागै बसेर सेम्बल नम्बर टासेका शिक्षक व्यवस्थापकहरु समेत लकडाउनको मारले अहिले ती दिन विर्सेका छन् । लक डाउनले विद्यार्थीहरुको भविष्य अन्यौल बनाई मात्रै दिएको छैन् अभिभावकहरु समेत चिन्तत भएका छन् ।
स्थानीय निकाय आफै थल्दिै गएको अवस्थामा तिनमै निहित अर्थात स्थानीय निकाय अन्तरर्गत मै रहेको शिक्षा क्षेत्र कसरि उकालो लाग्ला त्यो त्यो गम्भीर विषय हो । विद्यालय भवणहरु आईशोलेसन र क्वारेन्टाइनमा प्रयोग भईरहेको अवस्थामा विद्यार्थी पढ्न पाउनु सोच्नु मरुभुमिमा पानी खोज्नु बराबर नै हो ।
यसरी क्वारेन्टाईन बनाईराख्दा भारतमा रहेका नेपालीहरु फर्किनु र संक्रमित भईनुले विद्यार्थीहरुको अध्ययन अध्यापन अझै अन्यौल श्रृजना हुने भएको हो ।









