वीरगंज महानगरपालका वडा नं. २२ मनियारीको मुसहर बस्तीमा नमुना मुसहर बस्ती निर्माण हुने भएको छ ।
पर्सा निर्वाचन क्षेत्र नं. १ को स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमा र वीरगंज महानगरपालिकाको संयुक्त लगानीमा ३० परिवारका लागी नमुना मुसहर बस्तीसंगै एक विद्यालय समेत निर्माण हुने भएको हो ।
मनियारीको मुसहर बस्तीसांसद प्रदिप यादवको संसदिय विकास कोषको रु. ९० लाख र वीरगंज महानगरपालिकाको ३० लाख रुपैयाँको लाग्तमा नमुना बस्ती निर्माण गरिन लागेको वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा.भिष्म कुमार भुषालले जानकारी गराए ।
निर्वाचणका बेला वाचा गरेको कुरा पुरा गर्न लागेका छौँ, निर्माण स्थलको शिलान्यास गर्दै सांसद प्रदिप यादवले भने, ‘मेरो कार्यकालको चार साल बाँकी छ, यस समयभित्रै दलित, असहाय, भोकै बस्नेको हामी सहारा बन्छौँ’ चारवर्ष भित्र मै पर्सा क्षेत्र नं. १ को सबै दलित बस्तीले पक्की घर पाउने उनेले विश्वास व्यक्त गरे ।
मनियारी मै जन्मे हुर्केका सांसद यादवले क्रमशः पर्सा निर्वाचन क्षेत्र नं. १ कै बेल्वा, पोखरी अट्टा लगायतको मुसहर, दलित बस्तीको घर सामुहिक रुपमा बनाउने उनले प्रतिवद्धता जनाएका थिए ।
निर्माण स्थलको शिलान्यास गर्दै सांसद प्रदिप यादव ।निर्माण हुन लागेको घरमा १०/१० को २ वटा कोठा ४/७ मा ट्वाईलेट र बाथरुम सहित २४/५ को बरन्दा (बारदेली) रहने वीरगंज महानगरपालिकाका प्रमुख योजना प्रमुख अखिलेख सेढाईले बताए । शिलन्यास भएको २ महिना भित्रै सबै काम सकिने गरी काम हुने सांसद यादवको योजना छ ।
शिलन्यास कार्यक्रममा जन्नत अंसारीले प्रदेश सरकार मार्फतबाट दलित बस्तीमा सडक, खानेपानी लगायतको बारेमा समेत पहल गरिने उनले बताएका थिए ।