प्रश्न भन्ने वितिक्कै कसैको मनमा परिक्षामा आउने प्रश्न हो कि भन्ने आउछ होला । कसैको मनमा घरमा बच्चाले प्रश्न सोधेर हैरान बनाउने गरेको सम्झना आउछ होला । प्रश्न गर्ने भन्दा अन्तरवार्ता लिने मान्छेले अन्तरवार्ता दिने मान्छेलाई गरिन्छ भनेर बुझ्छौ । जसले जहाँ, जसलाई गरे पनि प्रश्नको उतर चाहि आउछ ।
हामीले परिक्षामा आएको प्रश्नको जवाफ लेखेर अगाडीको कक्षामा जाने बाटो खोल्छौ । त्यस्तै सार्वजनिक पद धारण गरेका व्यतिmसंग गरिएको प्रश्नले जनता प्रति जवाफदेहि बनाउने काम गर्छ । यी त भए प्रश्नको बारेमा समान्य कुरा । तर हाम्रा सामु भनौ या हाम्रो मन धेरै प्रश्नहरु जिज्ञासाहरु हुन्छन् । त्यसलाई हामी गुनासोको रुपमा पोख्छौ तर प्रश्न गर्दैनौ । हाम्रै आखा बनेको बाटोमा २ नम्वरी सामाग्रीको प्रयोग भइरहेको हुन्छ । तर हामी किन भनेर प्रश्न गर्दैनौ बरु हेर कसरी २ नम्वरी काम भइरहेको छ भनेर गुनासो गर्छाै, आखिर किन ?
चाडपर्व होस वा कुनै प्रकारको बन्द विपत आओस् । त्यो समयमा एक रुपैयाको माल समानलाई दुई रुपैया हालेर किन्छौर र गुनासो गर्छाै कति महँगी बढयो, तर किन महँगी बढयो भनेर प्रश्न गर्दैन । चुपाचाप बस्छौ आखिर किन ? संविधान,ऐन कानुन,मानवता सवैलाई कुल्चेर गरिएको कालाबजारी, महँगी, मिसावट विरुद्ध खोई त हामीले प्रश्न गरेको ? धेरैको मनमा यो जिज्ञासा हुन सक्छ प्रश्न के का लागि ?
यसलाई सहज रुपमा लिन सकिन्छ एउटा प्रश्न त जान्नका लागि । ज्ञान हासिल गर्नका लागि जुन हामी बच्चा देखि नै अभिभावक, शिक्षक तथा आफू भन्दा जान्ने मान्छेसंग गर्दै आईरहेका छौ । कोई कोई बच्चा त प्रश्न गरेर हैरान पार्ने गरेको पनि हामीले भोगेका छौ । हामी आफै पनि बच्चा हुदाँ प्रश्न गरेर अरुलाई हैरान पार्ने गरेका थियौ ।
अर्काे प्रश्न भनेको परिवर्तनका लागि हो, जुन हामी सवैले गर्न जरुरी छ । यो प्रश्न खास गरि जिम्मेवारा निकायसंग आम जनता, सचेत नागरिक र जागरुक युवाले गर्ने प्रश्न हो जसले हाम्रो समाजमा परिवर्तन ल्याउछ । समाजको भलाई गर्छ । विग्रेको बाटो मर्मत हुन्छ भत्तेको सिस्टम बनाउछ । दशै तिहार जस्ता चाडपर्व नजिक्किदै गर्दा बजार अनुगमन शुरु । निर्वाचन नजिक्किदै गर्दा नेताहरु गाउ आउन शुरु । यो हाम्रो लागि समान्य विषय भईसकेको छ । के अरु समयमा कालो बजारी गर्न छु हुन्छ । के निर्वाचन बाहेकको समयमा नेताहरु गाउ जादाँ खुटटामा हिलो लाग्छ ? यो विषयमा हामी कहिले प्रश्न गरेका छौ ।
स्थानीय तहका कर्मचारीहरुलाई बाक्लै रुपमा देख्न सक्छौ । १० बजे कार्यालयमा पुग्नु पर्ने कर्मचारीलाई ११ बजेको समयमा बाटोमा हेर्दा हामीले कहिले प्रश्न गरेका छौ ? हामीले एक दिन बिजुलीको बिल तिर्न ढिला हुदाँ जरिवाना तिर्नु पर्छ तर तीन तीन महिनामा सम्म हाम्रो घरमा बिलिङ्ग गर्न नआउदा कहिले उजुरी गरेका छौ ? हामी युवाहरु आफुलाई देशका करुणाधारको रुपमा प्रस्तुत गर्ने गरेका छौ तर यी विषयम कहिले सोचेका छौ ? यस विषयमा कहिले प्रश्न गरेका छौ । छैन । आखिर किन ?
अहिलेको संविधानले सुचनाको हकको ग्यारान्टी गरेको छ । हामीले सुचना, जानकारी पाउनु पर्छ । सार्वजनिक रुपमा हुने गरेको काम कार्वाहको बारेमा जान्ने हाम्रो अधिकारको त्यसको लागि प्रश्न गर्न जरुरी छ । हाम्रै आखाँ अगाडी धेरै प्रश्नहरु छन त्यसको जावाफ खोजौ । प्रश्नले सम्बन्धि निकायलाई जवाफदेहि बनाउछौ त्सैले गुनासो होईन प्रश्न गरौ ।