पर्सा मिलन केन्द्र काठमाडौंको नयाँ कार्यसमिति चयन भएको छ ।
काठमाडौंमा भएको १८ औं साधारण सभाबाट उमेश कुमार गुप्ताको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
केन्द्रको प्रथम उपाध्यक्षमा अमु सिंह सिजापति, उपाध्यक्षमा अताउल्लाह अंसारी, कोषाध्यक्षमा प्रदिप कुमार कुशवाहा, सचिवमा किरण कुमार गुप्ता, प्रचार सचिवमा राजबल्ली कुशवाहा (प्रमोद) र सहायक सचिवमा सविता राज कर्णिकार चयन भएका छन् ।
डा. विश्ोश्वर प्रसाद यादव, अजयकुमार साह, ममता भुजेल, शशी भुषण चतुर्बेदी, बृजकिशोर प्रसाद स्वर्णकार, अजयकुमार गुप्ता, सिकेन्द्र चौधरी र औरन्जेब अहमद पर्सा मिलन केन्द्र काठमाडौंको सदस्य भएका छन् ।
नयाँ कार्यसमितिले राजधानीमा बसोबास गर्ने पर्साबासीहरुको बीचमा आपसी भाइचारा, सद्भाव र मित्रतालाई नयाँ उचाइमा पुर्याउने प्रतिवद्धता जनाएको छ । साथै, यस केन्द्रमा बढी भन्दा बढी पर्सा बासीलाई जोड्ने प्रण गरेको छ ।
कार्यक्रममा खानेपाली मन्त्री उमाकान्त चौधरी प्रमुख अतिथी थिए ।