चैत्र शुक्ल परेवा को दिन ब्रह्माजीले सृष्टिको रचना गरेका थिए भन्ने कुरा धार्मिक ग्रंथहरुमा उल्लेखित छन । वसन्त ऋतूको अन्त्य र ग्रीष्म ऋतूको प्रारम्भ पनि यसै महिना देखि सुरु हुन्छ । चैत्र शुक्ल पक्षदेखि नै ग्रीष्मऋतु प्रारम्भ हुन्छ भने यसको विकराल रुप वैशाख र जेठ महिनामा देखा पर्द छ ।
तराइको समथर प्रदेशमा यस ऋतुको मौसमले प्रचण्ड ताण्डव नै मचाउने गरेको पूर्व अनुभवले देखाउद छ । वैशाख महिना प्रत्येक मा·लीक कार्यहरुकोलागि उत्तम शुभफलकारक मानिन्छ । शास्त्रहरुको निर्देश अनुसार पुरै महिना सूर्योदय भन्दा पूर्व शुद्धजलले स्नान गर्नु पर्दछ तथा नीम र पीप्पलको जरामा पानी सिंचन गर्ने, एवं संयम–नियमको पालन गर्नाले स्वास्थ्य र आध्यात्मिक बलमा वृद्धि हुन्छ । यस महिनामा बाटोमा बटुवाहरुलाइ पानी ख्वाएमा वा जलपूर्ण घैंटा दान गरेमा धर्मको वृद्धि हुन्छ । शास्त्रकारहरुको मान्यता अनुसार यदि यस महिनामा अत्यधिक गर्मी परिरहेको अवस्थामा घरमा पूजित हुने देवताहरुको विग्रहलाइ यथोपचार पूजा गरेर दिनमा जलाधिवास गराउनाले शुभफल प्राप्ति हुन्छ ।
ग्रीष्मऋतुको वर्णनको क्रममा कविकूलगूरु कालिदासले अभिज्ञान शाकुन्तलम्को प्रथम अङ्कको तेश्रो श्लोकमा भनेका छन–शुभगसलिलावगाहाः पाटलसंसर्गिसुरभिवनवाताः । प्रच्छायसुलभनिद्रा दिवसाः परिणामरमणीयाः ।। अर्थात ग्रीष्मऋतुका दिनहरुमा शीतल जलमा आनन्दसित नुहाउन सुखकर हुन्छ । यसै मौसममा गुलाब जस्ता फूलहरु फूल्ने हुनाले सुगन्धित हावा चलीरहन्छ तथा यस्ता दिनहरुमा सघन छायामा राम्रो निन्द्रा लाग्द छ । इ दिनहरु सूर्य अस्ताइ सकेपछि शीतल हुनाले सुखकर हुन्छ ।
ग्रीष्मऋतुको वर्णनमा कविले रसको वर्षा नै गरिदिएका भेटिन्छन–समस्त तापः कामं मनसिजनिदाघप्रसरयोर्न तु ग्रीष्मस्यैवं सुभगपरार्धं युवतीषु ।। (अ.शा. अङ्क तृतिय, श्लोक ६) । अर्थात् काम र गर्मी मौसममा चल्ने लू ले समान रुपमा शरीरलाइ अस्वस्थ्य बनाइ दिन्छ । लू लागेपछि शरीरको सौन्दर्य समाप्त भइहाल्दछ तर कामको प्रभावले युवतीहरुको शरीरमा निर्बलता रहे पनि सुन्दरता विद्यमान नै रहन्छ । ग्रीष्मऋतुमा मगमग वास्ना चल्ने गुलाफ, बेली, चमेली,सिंगारहार,रातरानी तथा अन्य फूलहरु फूल्ने भएको हुनाले सूर्यास्त पछि जुनेलीरातमा त्रिविध (मन्द, सुगन्ध तथा शीतल) बयार चल्न थाल्दछ जसले मनप्राणलाइ उत्फूल बनाइ दिन्छ । दिउसोको प्रचण्ड घामको थप्पड खाएको व्याकुल जनजीवनलाइ त्यसले मल्हम लगाइ दिन्छ ।
ग्रीष्मऋतुमा प्रकृति क्रूर मात्र होइन जनजीवनकोलागि दयालू रुपमा पनि देखा पर्दछिन । आ“प,कटहर, लीची, जामुन, बेल जस्ता रसीला फलहरुको उत्पादन यसै ग्रीष्मऋतुमा हुने गर्दछ । विज्जू आ“पहरुमा गोपिया, मझलिटिया, नकहवा, चउरिया तथा अ“चारवा पर्दछन । विज्जू आ“पहरुमा सोन्ह(कोयाको रेशा) प्रायः हुदैन, केवल गाढ़ा रस मात्र हुन्छ–शीतल, स्निग्ध तथा अमृतोपम स्वादले भरिपूर्ण । कलमी आ“पहरुमा जर्दा, सबूजा(बम्बइ), माल्दह, सिपिया, केरवा,सुकूलवा, दाल्मा, डंका आदि पर्दछन जस मध्ये माल्दह आ“पलाइ आ“पको राजाको गद्दी प्राप्त छ । सब भन्दा पहिले पाक्ने आ“पहरुमा क्रमशः जर्दा, सबूजा आ“पहरु हुन ।
यिनीहरुको स्वाद अत्यन्त मीठो भए तापनि बोक्रा चाहिं मोटो तथा भित्रको कोया(आ“ठी) ठूलो हुने हुदा गुदाको मात्रा अल्प हुने गर्दछ । माल्दह आ“पमा भने बोक्रा कागत जस्तो पातलो तथा भित्री कोया च्याप्टो र आकारमा सानो हुने हुदा गुदाको मात्रा प्रशस्त हुने गर्द छ तथा यसको स्वादको कुनै उपमा नै हुदैन । सम्भवतः त्यसै कारणले माल्दह आ“पलाइ आ“पको राजाको पदवी प्राप्त भएको हो कि जस्तो लाग्दछ । यसै ऋतुमा कटहर पनि फल्ने गर्द छ जुन काचो तथा पाकेको दुबै अवस्थामा उपयोगी हुन्छ । काचो अवस्थामा यसको तरकारी र अ“चार बनाएर खान सकिन्छ । तरकारीको रुपमा त कटहर मासुको विकल्पको रुपमा नै आउदछ । काचो कटहरलाइ ‘रुखमासु’ पनि भन्दछन । कटहर पाके पछि यसको ‘कोवा’ मीठो, स्निग्ध तथा अत्यन्त सुगन्धित भएको हुनाले खानमा रुचीकर हुन्छ । पाकेको बेलको सेवनले पाचन पणालीलाइ दुरुस्त पार्नमा सहायक हुन्छ ।
सुस्वादु लीची तथा जामुन पनि यसै ऋतुका देन हुन । ती फलहरु पनि स्वास्थ्यवर्धक तथा रुचीकर हुन्छन । यस ऋतुको विशेष देनहरुमा फल मात्र छैनन । स्वास्थ्यकोलागि हितकर तथा गर्मीबाट शीतलता प्रदान गर्ने साधनको रुपमा ताड़ तथा खजुरको ताड़ी पनि यसै ऋतुको देन हो । खीरा(कांक्रो), ककड़ी, खरबूजा, तरबूजा जस्ता कांचै सेवन गर्ने तरकारीहरु तथा लट्टे,पालु·ो,सुगवा जस्ता सागहरु पनि यसै ऋतुमा उत्पादन हुन्छन । वैशाखी भिण्डी, करैला, लौका, घिंरौला, तरोइ, परवल जस्ता लत्रे तरकारीहरु पनि यसैऋतुमा फल्ने गर्दछन । हरिया तरकारीहरुको सेवनले पनि गर्मीको मारबाट बचाउन निकै मद्दत गर्दछ ।
ग्रीष्मऋतुमा खाद्यान्न बाली भित्रिइ सकेको हुनाले खेतहरु खाली रहेका हुन्छन । आगामी धानबालीकोलागि खेतहरुको खनजोत यस मौसममा अत्यन्त आवश्यक हुन्छ । यस मौसममा खेत गहिराइ सम्म जोतेर ठुला ठुला डल्लाहरु पल्टाइ दिएमा घाम लागी माटोमा लुकेर रहेका हानीकारक जीवाणु तथा विभिन्न खरका विउहरु घामको रापले डढेर सखाप हुन्छन जसको कारण आगामी बाली लगाएको बेला खेतमा मुख्य बालीको साथमा नचाहिने खर पतवारहरुको पैदावार उम्रन पाउदैन ।
बुढापाका किसानहरुले खेतको डल्ला घाममा पकाएर ‘सोन्हगर’ पार्नुलाइ मलजल दिनु सरह नै मान्दछन । हाम्रो प्यारो भूमीमा संसारमा दुर्लभ रहेको छ वटै ऋतुहरुको मौसमको अनुभव गर्न पाउनु हाम्रो सौभाग्य हो । वस्तुतः ग्रीष्मऋतुमा प्रकृतिको रुप उग्र तथा क्रूर देखिए पनि वास्तवमा प्रकृतिमाता हाम्रोलागि कुनै न कुनै उपहारको साथमा दयालू कै रुपमा प्रस्तुत रहेकी हुन्छिन । प्रकृति माताको जय !