सन्तान सुख पाउने बेला हेर यिनका हालत...च्व.च्व..!
त्यहि त, परदेशमा दुःख गरी कमाएको धन, अस्पताल धाएरै सकियो है ?
उमेरका मन्छेलाई यस्तो रोग लागेर गरीखाने उमेर बरबाद भयो....
अव चाहिं राम्रो भए हुन्थ्यो नि ?
उस्तै भए के हाल हुन्थ्यो धन्न हाँसीखुसी नै सहन्छन्,
यस्तै खासखुसका विच एउटा मोटरसाइकल आयो । आगनमा रोक्दै रञ्जीता खड्काको घर यहि हो ? भन्ने प्रश्न गरे । हो को जवाफ पछी उनीहरु मध्ये चालकले भने “हामी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी जितपुर शाखाबाट आएका, रञ्जीता जिलाई घातक रोग सुविधा प्रदान गर्न”।
यो सुनेपछी घरपरिवारका सबै जना छिमेकी सँगै बस्न आए । अघीको खासखुसमा जुटेका छिमेकी पनि सुविधा बारे जान्न उत्सुक देखिए । समान्य परिचय पछी शाखा प्रमुख कमलेश कुमार कर्णले मृगौला रोगी रञ्जीता खड्काका श्रीमान् सुर्य प्रसाद पकुवालको हातमा बीस लाख रुपैंयाको चेक राखीदिए । चेक पाए पछी पकुवालले भावुक हुँदै भने“पर्दाका बखत साथ निभाउने साथी नै सबैभन्दा माथि हो, अहिले हाम्रो साथी भनेको नेपाल लाइफ इन्स्योरेन्स नै सावित भयो”

वर्षौं परिवारबाट टाढा बसेर कमाएको रकम उपचारमा सिध्याएका समयमा बीस लाखको चेक घरमै ल्याएर दिएपछी हर्षीत देखिएका उनले भने “सुविधाका लागि फारम भरेको डेढ महिनामै सुविधाको रकम पाए, नेपाल लाइफ इन्स्योरेन्स परिवारलाई धन्यवाद ! तपाईंको सहयोगले अव मैले घर बेच्न नपर्ने भयो ” । रोजगारीको शिलशिलामा दक्षिण कोरीया रहेका उनी श्रीमतीलाई मृर्गौलामा समस्या देखिए देखि नेपालमै छन् र अस्पताल धाइरहेका छन् ।
मन भरी पिडा बोकी बेरोजगार रुपमा अस्पताल धाइरहेको बेला जिवन विमाबाट प्राप्त गरेको घातक विमा सुविधाले मनकारी मित्रले साथ दिए झैं महसुस भएको पकुवालले बताए । जितपुरसिमरा उपमहानगरपालिका २ नरबस्ती निवासी खड्का दम्पतीले बीस÷बीस लाखको १५ वर्षीय जिवन विमा गराउँदा घातक रोग सुविधा पनि लिएका रहेछन् ।
मात्रै २ किस्ता तिरेकी खड्काको गत २०७७ साल माघमा मृर्गौला फेल भए देखि नै कतै कसैसँग सहयोग नमागीकनै वैदेशिक रोजगारीबाट कमाएको रकमबाट उनको उपचार भइरहेको खड्काकी सासु पार्वती पकुवालले बताइन् । ३२ वार्षिया खड्काको गएको ०७८ कार्तीक २५ गते मृर्गौला प्रत्यारोपण गरिएको र हाल उनी काठमाण्डौंमा बसेर फलोअप चेकअप गराइरहेकी छिन् ।
तत्कालिन समयमा कागजातमा सिफारीस गरेका जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २ का पूर्व वडा अध्यक्ष तिलक बहादुर श्रेष्ठले भने “रोग लागि सकेपछी उपचारका लागि रातदिन नभनी चन्दा उठाउन लागि पर्नु भन्दा स्वस्थ र समान्य अवस्थामा हुँदा जासोतसो विमा गरे वेश हुने रहेछ भन्ने मैले आज बुझेँ” ।
अस्पतालको सुचना र स्थानिय निकायको सिफारीसलाई आधार मानेर विल भर्पाइको झंझट विना सिंगो विमा बराबरको रकम उपचारका लागि पाउनुले विरामीलाई राहत त मिल्यो नै साथमा दौडधुप र तनाव पनि कम दिएको श्रेष्ठको बुझाई छ । समान्य रुपमा गरिएको सुविधा हस्तान्तरण कार्यक्रममा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका एजेन्सि म्यानेजर श्रीराम साह, स्थानिय सरस्वती पकुवाल, सुमीत्रा घोरासाइने, पुजा पन्त, नवराज घिमिरे लगाएतको उपस्थिती रहेको थियो ।