छिट्टो–मिठो परिकार चटपटे र पानी पुरी वीरगन्जमा निकै फरक ढंगले बिक्री सुरु भएको पाइएको छ । विगतको शैलीलाई विस्थापित गर्दै एउटै संचालकले स्तरीय ढंगले विभिन्न सात ठाउँमा ‘स्पाइसी प्लस’ नामको बिक्री कक्ष सुरु गरेको पाइएको हो ।
फरक शैलीले सुरु गरिएको स्टलमा विगतको परम्पराभन्दा सरसफाइ र स्वादलाई मुख्य प्राथमिकतामा राखिएको स्पाइसी प्लसका संचालक राजनिश साहले बताए । व्यवसाय सुरु गर्नुपूर्व आफू पानीपुरी र चटपटे खान जाँदा त्यहाँ अलि हाइजेनिक र सरसफाइ नभएको देखेपछि त्योभन्दा स्तरीय गर्न सकिन्छ कि भन्ने सोचले यो व्यवसायको संचालन सुरु गरेको संचालक साहले तर्क गरे ।
सुरुमा एउटा स्टलबाट सुरु गरिएको व्यवसाय अहिले राधेमाई, श्रीपुर, रानीघाट, घडिअर्वा, ६ नं गेटनिर, पानीटंकी र नेशनल मेडिकल मलेज छेउमा गरी सात ठाउँमा बिक्री प्रवद्र्धन गरिएको उनको भनाइ छ । इण्डियाको बेङ्गलोरमा पुगेको समय नयाँ शैली देखेर पनि आफू आकर्षित भएको उनले तर्क गरे । पानीपुरीको स्वादमा पनि जलजीरा, पुदिना, लालमिर्च, खटामिठा, लहसुन गरी पाँच थरीको दिन थालिएको छ । पानीपुरीको सामान बनाउँदा र पानीमा पनि क्वाच्च हातै चोबेर दिने तरिका आफूहरुकोमा नभएको र ग्राहकले आफ्नो स्वाद अनुसारको टेष्टमा आफै छनौट गरी पानी पनि खान पाउने नयाँ तरिका अपनाइएकोले कोरोनाको समयमा पनि सरसफाइको लागि पर्याप्त सचेतना अपनाइएको संचालक साहले बताए ।
फरक शैलीको स्पाइसी प्लसमा सात जनालाई रोजगारी समेत उपलब्ध गराइएको छ । सुरुमा पाँचसात दिन ट्रेनिङ्ग दिएर मात्र स्टाफलाई खटाइन्छ । उनीहरुले ग्लबस् प्रयोग गरेर सामान दिन्छन्, अन्यथा हुँदैन उनले भने । बिक्री र स्तरीयतामा राम्रो सन्देश मिले आगामी दिनमा अरु सहरहरुमा पनि यो व्यवसाय विस्तार गरिने संचालकको भनाइ छ । अहिले कुल लागत १४/१५ लाख जति लागिसकेको संचालकको भनाइ छ । सानो पूँजीमा पनि ग्राहकले हाइजेनिक र सफा सुग्घर खानेकुरा पाउने भएपछि आफूलाई पनि निकै आनन्द महसुस हुने गरेको संचालकको भनाइ छ । बढि मूल्यको बिक्री नभए पनि दैनिक २ हजारदेखि ४ हजारसम्मको एउटा स्टलमा बिक्री हुने व्यवसायीहरुले बताए ।
यता त्यहाँ पुगेर चटपटे र पानीपुरी खाने ग्राहकले पनि यो निकै फरक शैली सफा र टेष्टी पनि भएको त्यहाँ पानीपुरी खान पुगेका मध्ये ............................ले बताइन् । यी स्टलमा पहिले झैं जस्तो पायो त्यस्तो हातले व्यवसायीले पनि दिंदा रहेनछन् उनले भनिन् । स्वास्थ्यको दृष्टिकोणले पनि यो निकै प्रभावकारी भएको ग्राहकहरुको तर्क छ । २०/३० रुपैयामा नै नास्ता हुने यस्ता खाद्य स्टलका व्यवसायी विगतमा सरसफाइमा खासै ध्यान दिदैनथे । विशेषत तराईका हरेक शहर बजारमा पाइने भए पनि कति ग्राहक त्यहाँ पुगेर देख्नेसाथ अनिच्छुक भई यतिकै फर्केको धेरैको अनुभव छ । ती स्टलमा सबै महिला कर्मचारी मात्र हुनुले पनि बेरोजगार महिलाहरुका लागि नयाँ ढंगले काम गर्ने शैलीको पनि बिकास भएको स्थानीयको भनाइ छ ।
आगामी दिनमा होम डेलीभरीको पनि सुविधा सहित चलाइने पनि संचालक राजनीश साहले बताए । प्लेटमा ६ वटा र ३० रुपैया प्लेट पानीपुरी होम डेलिभरीमा चाही ४० रुपैया शुःल्क राखेका छौं । दहीपुरीको ८० रुपैया पर्ने छ । ग्राहकको चाहना र समयानुकुल आगामी दिनमा सेवा प्रवाहलाई अझ परिस्कृत गर्दै जाने पनि संचालकको भनाइ छ ।