पर्साका ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गरिरहेका पत्रकारहरुको अगुवाईमा कालिका टाईम्स दैनिक पत्रिका बजारमा आएको छ । पत्रिकाको शुक्रबार जिल्लाको सदरमुकाम वीरगन्जमा विमोचन गरिएको हो ।
पर्सामा दर्ता भएका करिब तीन सय पत्रिकाहरुको भिडमा कालिका टाईम्स दैनिकले पनि आफ्नो अनुहार शुक्रबारबाट देखाएको छ । नियमित बजारमा आइरहेका पत्रिकाहरुमा गुणात्मकता भन्दा पनि संख्यात्मक उपस्थिति दरिलो छ । कालिका टाईम्सकोले भने गुणात्मकतालाई पनि ध्यान दियोस् भन्ने अपेक्षा विमोचन कार्यक्रममा पुगेका वक्ताहरुले गरेका छन् । पर्सामा अर्को पत्रिका पनि थपिनु श्रमजीबी पत्रकारहरुको लागि सकारात्मक भए पनि आम पाठक र समाजको लागि गुणात्मक समाचार नपस्किए खासै फरक नपर्ने बक्ताहरुको भनाइ छ ।
लामो समयदेखि ग्रामीण क्षेत्रमा रहेर स्थानीय संचारमाध्यममा कार्यरत छठु साह सम्पादक निर्देशक रहेको पत्रिकाको वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले एक कार्यक्रमका बीच विमोचन गरे । कालिका टाईम्स प्रा.लि. वीरगंजद्वारा संचालित कालिका टाईम्स डटकम न्युज पोर्टलको दोस्रो बार्षिकोत्सवको अवसरमा कालिका टाईम्स दैनिक पत्रिका पनि बजारमा ल्याइएको व्यवस्थापन पक्षले जनाएको छ ।
सो क्रममा वीरगन्ज महानगरपालिका क्षेत्रमा प्रकाशित रहेका पत्रपत्रिकाहरुको विकासको लागि सधै तत्वर रहेको महानगरले अब छिटै लोक कल्याणकारी विज्ञापन मार्फत समान रुपमा यस क्षेत्रका पत्र–पत्रिकाहरुलाई साथ दिने नगरप्रमुख सरावगीले बताए ।
पत्रिका बिमोचन कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख नेकमहमद अन्सारी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवाल, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहान, नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, नेकपाका वीरगंज महानगर अध्यक्ष रहबर अन्सारी, जनता समाजवादी पर्साका सचिव तबरेज अहमद, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष केशी लामिक्षाने, पर्सा शाखा अध्यक्ष श्याम बन्जारा लगायतले शुभकामना दिएका थिए । कालिका टाइम्सका सम्पादक शम्भु कुमार सुमनले सहजीकरण गरेको विमोचन कार्यक्रममा कालिका टाईम्स डटकमका सम्पादक वृजलाल पासवानले स्वागत मन्तव्य राखेका थिए ।

मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)