नारायणी अस्पतालको ओपिडि सेवा सञ्चालन गरिने भएको छ ।
अस्पतालले एक विज्ञप्ती जारी गर्दै जतिसक्दो चाडै सञ्चालन ल्याइने जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. मदन कुमार उपाध्यायले एक विज्ञप्ती जारी गर्दै तत्कालका लागी दैनिक २५ जना विरामीलाई समाजिक दुरी कायम गर्दै सञ्चालनमा ल्याइने भनिएको छ ।
ओपिडि सञ्चालनका लागी युवा नेता ओमप्रकाश सरार्फ, निजामुद्दिन समानी लगायत बारा, पर्सा, रौतहट, सर्लाहीका युवा समाजसेवीहरु प्रत्येक दिन ११ बजेदेखी १२ बजेसम्म आफ्नो घर अगाडीको मुल गेटमा धर्ना दिदै आएका थिए । अन्तत ओपिडि सेवा सञ्चालन हुने भएको छ ।![](/uploads/shares/Narayani hospital OPD sewa - Madhya Nepal.jpg)
अस्पतालको ओपिडि सेवामा रहेका सबै कोरोना संक्रमितहरु डिस्चार्ज भएको र बाँकी ९ जना कोरोना संक्रमित ५० क्षमता भएको गण्डकस्थित अस्थाई नारायणी अस्पतालमा उपचार गराईरहेकाले सर्वसधारणको स्वास्थ्यलाई ध्यानमा राख्दै ओपिडि सेवा सुचारु गर्न लाथिएको जनाएको छ ।
यसैगरी जनशक्रिको उपलब्धताको आधारमा आकास्मिक सेवा, आईसियू, एनआईसीयू, शल्यक्रिा लगायतको सेवा सञ्चालन गर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन कुमार उपाध्यायले जानकारी गराएका छन् ।
नारायण िअस्पताललाई लेभल २ कोभिड अस्पताल बनाएदेखी अस्पतालले प्रदेशभरीको उपचार गर्दै आएका थिए ।
आज ४ जना गरी हाल अस्थाई नारायणी कोभिड अस्प्तालमा ९ जना कोरोना संक्रमित उपचार गराई रहेको कोभिड १९ का मुख्य चिकित्सक डा. उदयनारायण सिंहले जानकारी गराएका छन् ।