महिलालाई सीपयुक्त, आत्मनिर्भर तथा उद्यमशील बनाउने उद्देश्यले वीरगञ्जमा ४५ दिने आधारभूत ब्युटिसियन तालिम सञ्चालन भएको छ ।
वीरगञ्ज उद्योग वाणिज्य संघको महिला उद्यमशीलता विकास समितिको आयोजनामा तथा लायन्स क्लब अफ वीरगञ्ज प्रभुको सहआयोजनामा उक्त तालिम भएको हो ।

तालिममा ब्युटिसियनसम्बन्धी आधारभूत सीप, फेसियल, मेकअप तथा हेयर केयर, छाला हेरचाह एवं व्यक्तिगत सौन्दर्यसम्बन्धी विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ । स सहभागी महिलालाई व्यावसायिक सीप प्रदान गरी आत्मनिर्भर बन्न प्रेरित गर्ने लक्ष्य राखिएको आयोजकले बताएको छ ।
प्रशिक्षकका रूपमा ओमकुमारी शर्माले प्रशिक्षण दिएकी छन् । तालिम वीरगञ्जस्थित बिर्ता जेलरोडमा रहेको चाइल्ड भिजन स्कुलमा सञ्चालन भइरहेको छ । मंसिर ११ गतेदेखि बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ ।

‘सीप सिकौँ, आत्मनिर्भर बनौँ’ भन्ने नारासहित आयोजना हुन लागेको यस तालिमले महिलाको सीप विकास, स्वरोजगार प्रवद्र्धन तथा आर्थिक आत्मनिर्भरतामा योगदान पु¥याउने अपेक्षा गरिएको छ । कार्यक्रममा महिला उद्यमशीलता विकास समितिको अध्यक्ष डा. लक्ष्मी थापा थिइन् । विशिष्ठ अतिथिमा लायन्स क्लबका रिजन चेयर पर्सन भानुझक्त अधिकारी र जोन चेयर पर्सा नरोत्तम पाण्डे थिए ।
लायन्स क्लब अफ वीरगञ्ज प्रभुका अध्यक्ष सरिता सिंहको अध्यक्षतामा भएको कार्यक्रममा सचिव अनामिका मिश्रले कार्यक्रम सञ्चालन गरेकी थिइन् । कोषाध्यक्ष सुगन्धी कुशवाहको पनि उपस्थिति थियो ।