जेठको अन्तिम हप्ता अर्थात् जुन १० तारिकबाट नेपालमा मनसुनी वर्षा हुने र वातावरण सन्तुलन हुने गर्छ । यो मनसुन नहुने हो भने जलवायु परिवर्तनमा सकारात्मक असर देखा पर्दैन । २०७६ सालमा असारको तेस्रो हप्तासम्म खाद्यान्नको भण्डार भनिने तराई मधेशमा मनसुन ( वर्षा ) हुन सकेन ।
पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म चुरे क्षेत्र मुनिको समथर भू(भाग तराईमा अझै वर्षात् भएन । यसको कारण पनि प्रचण्ड गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । कृषि प्रधान देशका कृषकहरु धान रोपाईका लागि कुरेर बसे पनि अहिले खडेरी परेकोले अति चिन्तित भएका छन् । जलवायु परिवर्तनको असर परिरहेको पनि परिरहेको छ । युरोयिन मुलुकतर्फ जलवायु परिवर्तनकै कारण अत्याधिक गर्मी बढेको हुन्थ्यो । तर अब त त्यसको हावा नेपाल सम्म आइपुगको छ । चुरे क्षेत्र(भौगर्भिक रुपमा कमजोर र धेरै पानी पर्ने र जलाधारको महत्वपूर्ण क्षेत्र भूकम्पिय कारणबाट भने अति जोखिमयुक्त छ ।

जैविक विविधतामा धनी रहेको दूर्लभ वनयजन्तुहरुको वासस्थान, जैविक मार्ग रहेको नेपालको कूल भूभाग करिब १२.७८ प्रतिशत क्षेत्र ओगटेको चुरे भू(भागमा पनि खडेरी प¥यो । चुरेमा वर्षात् भएपछि चुरेबाट बगेर तराईमा पुगेका खोला पैनीमा पानी हुन्छ । जेठ महिनामा सर्वाधिक गर्मी भएकोले भूमिगत जलश्रोतहरु सुक्न थाले । थोरै पानी मात्र प¥यो । जस्ले गर्दा चापाकलहरुबाट सिंचाई सुविद्या पाउँनमा पनि वाधा पुगेको छ । जेठको अन्तिम हप्तादेखि आकाशमा मनसुन वर्षा गर्ने कालो बादल खेलेन । आकाश सफा भई प्रचण्ड गर्मी बढ्यो । जमिनको तापक्रम पनि निकै भयो । तराईका जिल्लाहरुमा वैशाख, जेठ महिनामा हुरी वतास र (चक्रपात) भारी वर्षा, चट्¥याङ्ग, असिनाले ठूलो क्षति ग¥यो । जलवायु परिवर्तनका कारण खेतिपाति , मानिस, पशुपंक्षी, जंगलका वनस्पति सबैलाई असर पा¥यो ।
वातावरण संरक्षणमा चुनौति छ । यो गम्भिर र संवेदनशिल विषय हो । वातावरण संतुलन भएन भने बढी दुःख,कष्ट झेल्नुपर्ने आखिर मानिसहरुले नै हो । सुख्खा, खडेरीको अनुभव तराईका वासिन्दाले धेरै वर्षपछि यसपालि गरे । विश्वमान चित्रमा सानो भू(भाग भए पनि समुन्द्र सतहदेखि संसारकै सर्वोच्च शिखर सम्मको उचाई समेटिएको नेपाल भौतिक विविधताले सम्पन्न छ । जलवायु र माटोको उर्वरातत्वले प्रदान गरेको उच्चतम अभिव्यक्तिको रुपमा प्रकट भई जमिनको सतहमा फैलिएको सघन हरियाली माथिको मानवीय अतिक्रमणले पर्यावरणीय सन्तुलनमा गम्भीर असर पर्न थालेको एक शताब्दी मात्र भएको छ । वातावरण असन्तुलनमा वन जंगलको दोहनलाई यसको कारक मान्न सकिन्छ ।
विशाल हिमालयपर्वत श्रृंखलाको मध्यभागमा पाइने प्रायः सबै प्रकारका जलवायु क्षेत्रको प्रतिनिधित्व गर्दछ । नेपालमा मनसुन वर्ष बंगालको खाडीबाट आउछ । जैविक विविधता भन्नाले जीवहरुको किसिम र तिनीहरुका बीचमा पाईने भिन्नता वा अनेकता भन्ने कुरा बुझ्न सकिन्छ । संसारका विभिन्न जलवायु, धरातल, जलाशय, वनजंगल, माटो र हावामा पाईने सबै जीवित, प्राणी, वनस्पति, जीवाणु र तिनका जात प्रकार, वंश, संख्या, आदिलाई बुझाउँछ ।
यसले प्रजाति भित्रको अनुवंशिक विविधता, प्रजाति प्रजातिबिचको विविधता र तिनीहरुको पारिस्थितिक प्रणालीको विविधतालाई जनाउँछ । नेपाल विश्वको कुल भू(भागको ०.१५ प्रतिशत मात्र ओगटेको छ भने वनस्पतिक विविधतामा २.५ प्रतिशत भन्दा बढी हिस्सा ओगटेको छ । जलवायु परिवर्तनका कारण खडेरी पर्नु, भारी वर्षा हुनु, खण्ड वृष्टि हुने गरेको छ । जलवायु परिवर्तन एउटा प्राकृतिक घटना हो । प्रकृतिको लिलालाई कसैले रोक्न सक्दैन् भनिन्छ । धेरै वर्ष पछि तराई मधेशमा प्रचण्ड गर्मि र खडेरी परेको छ ।
पहिलेका बुढापाकाले खडेरीको असर र प्रभावका बारेमा अनुभुति गरे पनि हिजोआजका पूस्ताले खडेरीको प्रत्यक्ष अनुभुति गर्न पाएका छन् । खडेरी र जलवायु परिवर्तन बारेको किताबी ज्ञान अहिले व्यवहारमा उत्रिएको पाएका छन् । संसार नै परिवर्तनशिल छ । परिवर्तन संसारको नियम हो । कहिले अति घाम, कहिले अति ठण्डि, कहिले अति वर्षा कहिले खडेरी विश्वका विभिन्न भागमा भईरहेका नै हुन्छन् । पहिरो बाढी, डुवान हुरी वतास हिमपात सबै जलवायुकै असर र प्रभाव हुन् । लामो समय पानी नपर्नु, मनसुन वर्षाको समयमा पानी नपनुर्् नै खडेरी हो । खडेरीको अर्थ जमिन सुख्खा हुनु हो । खडेरी एउटा प्राकृतिक घट्ना हो । जुन मौषम र उच्च चाँप प्रणालीसंग सम्बन्धीत छ ।
खडेरी विस्तार प्राकृतिक प्रकोप र संकट बन्दै गएको छ । खडेरिका कारण अन्नपात एकगेडा पनि उब्जिएन भने भोकमरिका कारण मानिसले अकाल मृत्यु व्यहोर्नु पर्छ । खडेरी जलचक्रलाई प्रभावित पार्ने कारक तत्व हो । जलचक्रका कारण पारिस्थितिक पद्दती प्रभावित हुन्छ । यसले जल र स्थलमा अनेकौ समस्या निम्त्याउँछ । चैत, वैशाख, जेठमा ठूलो हुरी बतास चल्यो, भारी वर्षा भयो । तैपनि जमिन सुख्खा रहनु प¥यो । हिजो आज पानी पर्दै परेन । जमिन सुख्खाका कारण भूमिगत पानीको सतह पनि घट्यो । ट्युवेल (चापाकल)मा पानी आएन । जलवायु परिवर्तननै खडेरीको प्रमुख कारण हो । वन बिनास, विश्व व्यापी तापक्रम वृद्धि, अत्याधिक हरित ग्यास उत्सर्जन आदि जलवायु परिवर्तनका कारणहरु हुन् । नेपालको तापक्रम वार्षिक ०.०५६ डिग्री सेल्सियसका दरले वृद्धि भईरहेको अनुमान गरिएको छ । केही दिन पहिले धनगढी नेपालगंज र वीरगजमा तापक्रम बढेर ४५ डिग्री सेल्सियस भयो ।
सर्वाधिक गर्मिले जनजीवन कष्टकर बन्यो । अनावृष्टिलाई खडेरी भन्ने गरिन्छ । नेपालमा केही वर्ष देखि जलवायुमा लगातार परिवर्तन भईरहेको छ । वातावरण अर्थात जलवायु सन्तुलन नहुँदा अनावृष्टि, अतिवृष्टि, ढिलोगरि मनसुन हुने, मनसुन वर्षा कम हुने, वर्षाको दर र गतिमा परिवर्तन हुँनाले कृषि उत्पादनमा कमी, खानेपानीको हाहाकार, जैविक विविधता ह्रास आदि डर लाग्दा घट्ना भईरहेका छन् ।
प्राकृतिक घट्नालाई हामी र विज्ञानले रोकेर रोकिन्न । परिवर्तन अनुशार अनुशार बाँच्नु पर्ने हाम्रो बाध्यता हो । नेपाल जलवायु परिवर्तनका हिसाबले जोखिम युक्त देश हो । जलवायु परिवर्तन गम्भिर र संवेदनशिल विषय हो । भन्नासाथ देख्ना साथ जलवायु परिवर्तनका असरलाई न्युनिकरण गर्न सकिदैन । खडेरीको पीडा संग संगै भोकमरीको पीडा नआओस् । सरकार र जनताले आफूलाई आवश्यक खाद्यानन खडेरीको असरलाई हेरेर अहिलेनै जोहो गर्न जरुरी छ । खडेरी भेरै दिन रह्यो भने खाद्यान्नको कृत्रीत अभाव, कालो बजारी र महंगी ह्वात्तै देखिने छ । यस्तो जटिल परिस्थितिमा सरकार नालायक र बेईमान भयो भने नेपाली जनताले जीवनमा नभोगेको कष्ठ पनि भोग्नु पर्दछ ।
खाद्यान्नमा आत्मनिर्भर नभएको नेपालमा विदेशी राष्ट्रबाट केही वर्ष यता देखि ५/७ खर्बको खाद्यान्न आयात भईरहेको छ । खाद्यान्न निर्यात गर्ने राष्ट्रहरुमा र नेपालमा एकैसाथ खडेरी प¥यो भने खाद्यान्नको हाहाकार, भोकमरी र अनिकालको अवस्था कल्पना भन्दा वाहिर रहने छ । यसपालीको खडेरीको प्रकोप निश्चित रुपमा अनिष्टकारी हुने अनुमान गर्न सकिन्छ । सहकालको देवता रातो मछिन्द्र नाथको जात्रामा केही बिग्न वबाधा भएकाले यस्तो खडेरीको अवस्था आएको हो की? वर्षात दिने भगवान इन्द्र र सृष्टि स्थिति , संहारकर्ता श्री पशुपतिनाथ रिसाएर प्रकृतिक संकट त आएको होइन ? धार्मिक आस्था बोकेको मानिसहरुले धार्मिक सन्तुलन विग्रिदा पनि प्राकृतिक संकट उत्पन्न हुने कुरामा विश्वास राख्दै आएका छन् । भने धार्मिक अनास्था गर्ने भौतिक वादिहरुको यो कुरा नमान्नु, वर्तमान अवस्थामा जलवायु परिर्वतन न्यूनिकरण गर्नु भन्दा सो को पर्ने असरको अनुकुलन हुनु जरुरी छ । अनुकुलनले पीडित हामी सबैलाई परिर्वतित समय अनुसार बाँच्न सिकाउँछ , समस्या समाधान गर्न र प्रकोप विरुद्ध लडन तयार गराउँछ । जलवायु परिर्वतनको संभावित खतरा र जोखिमबाट हामी सबै सतर्क रहनु पर्दछ । खडेरीबाट सृर्जित विभिन्न प्रकोपहरुबाट उत्पन्न विभिन्न समस्याहरुबाट बच्नका लागि बेलामा ध्यान दिनु र त्यसै अनुसारको कार्ययोजना बनाउनु पर्छ ।