भारतीय क्रिकेट टोलीले आगामी एसिया कप २०२५ का लागि १५ सदस्यीय टी–२० टोली घोषणा गरेको छ। टोलीमा शुबमन गिल उपकप्तान बनाइएका छन्, जसले इंग्ल्यान्डविरुद्धको अन्तिम टी–२० सिरिज गुमाएको थिए।
२५ वर्षीय गिल अब कप्तान सुर्यकुमार यादवको सहायकको रूपमा टोलीमा फर्किएका छन्। उनले अभिषेक शर्मा र सञ्जु स्याम्सनसँगै टोलीका तीन प्रमुख ओपनरको रूपमा स्थान पाएका छन्। यशस्वी जयसवाल र श्रेयस अय्यरलाई स्थान मिलेन, तर जितेश शर्मा दोस्रो विकेटकीपरको रूपमा टोलीमा सामेल भएका छन्।
भारतीय टोली (१५ सदस्य): सुर्यकुमार यादव (कप्तान), शुबमन गिल (उपकप्तान), सञ्जु स्याम्सन, अभिषेक शर्मा, तिलक वर्मा, रिंकु सिंह, हार्दिक पाण्ड्या, शिवम दुबे, कुलदीप यादव, अक्षर पटेल, जितेश शर्मा, हर्षित राणा, अर्शदीप सिंह, वरुण चक्रवर्ती, जसप्रित बुम्राह ।
स्ट्यान्डबाइ खेलाडीः प्रसिद्ध कृष्ण, वासिङ्टन सुन्दर, ध्रुव जुरेल, रियान पराग, यशस्वी जयसवाल ।
गिलको स्थान यसअघि विवादमा थियो, किनकि स्याम्सन र अभिषेकले बंगलादेश, दक्षिण अफ्रिका र इंग्ल्यान्ड सिरिजमा राम्रो प्रदर्शन गरेका थिए। तर गिलले आईपीएल २०२५ मा ६५० रन बनाएर १५५.८७को स्ट्राइक रेटका साथ आफ्नो फ्रेन्चाइजलाई प्लेअफसम्म पुर्याएका थिए। साथै, उनी इंग्ल्यान्डमा भारतको टेस्ट सिरिजको कप्तानको रूपमा पहिलो अनुभव पनि भोगिसकेका छन्।
अघिल्लो वर्षको टी–२० विश्वकपमा ‘प्लेयर अफ द सिरिज’ बनेका जसप्रित बुम्राह पनि टोलीमा फर्किएका छन्। बुम्राहको उपस्थितिले तेज बलिङमा बल थपेको छ, जसमा अर्शदीप सिंह, हर्षित राणा र हार्दिक पाण्ड्या पनि छन्। स्पिनमा कुलदीप यादव, वरुण चक्रवर्ती र अक्षर पटेल छन् भने अभिषेकले पार्ट–टाइम स्पिन कभरको भूमिका लिनेछन्।
टोलीको संरचनामा एक–दुई परिवर्तन देखिन्छ। यसअघि इंग्ल्यान्ड सिरिजमा खेलेका वासिङ्टन सुन्दर, नितीश रेड्डी, रवि बिश्नोई र ध्रुव जुरेल यसपटक छनोटमा परेका छैनन्। तर शिवम दुबे र रिंकु सिंह आफ्नो स्थान कायम राखेका छन्।
आठ पटकको एसिया कप विजेता भारतले आफ्नो अभियान सेप्टेम्बर १० मा दुबई अन्तर्राष्ट्रिय रंगशालामा संयुक्त अरब इमिरेट्सविरुद्ध सुरु गर्नेछ।