नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भात्री संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पर्साले नेकपामा प्रवेश गर्नुभएका सुन्दर प्रसाद कुर्मीलाई बधाई तथा शुभकामना कार्यक्रम समपन्न गरेको छ ।
अनेरास्ववियू पर्साका जिल्ला संयोजक रियाज अन्सारीको अध्यक्षतामा जनता समाजवादी पार्टी (जसपा)का पर्सा जिल्ला उपाध्यक्ष समेत रहनुभएका कुर्मीलाई फुलमाला लगाएर शुभकामना दिइएको अनेरास्ववियू पर्साका सह संयोजक अजित साहले जानकारी गराएका छन् ।
बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै नेता कुर्मीले विगतमा केही स्वार्थी नेताहरुको गलत प्रवृति हावि भएपछि पार्टी छोड्ने निर्णय गरेको बताउँदै उक्त गलत निर्णयलाई अहिले सच्च्याउने समय आएकाले आफ्नो पुरानै घरमा फर्किएको बताए।
नेता कुर्मीलाई शुभकामना दिदै अनेरास्ववियूका केन्द्रिय सदस्य हेमन्त तामाङ्ले सानातिना मनमुटाबले विगतमा पार्टी छोडेकाहरु अब नेकपामै फर्कने विश्वास व्यक्त गरेका थिए । त्यस्तै देशलाई समृद्धितर्फ लम्क्याउने सामाथ्र्य नेकपासँग मात्रै रहेकाले देश र जनताको लागी केही गर्न चाहने व्यक्तिका लागी नेकपामा स्वागत रहेको केन्दिय सदस्य तमाङ्गले बताए ।
कार्यक्रममा अनेरास्ववियूका केन्द्रिय सदस्यहरु नसिम अख्तर, बिशाल कुमार सर्राफ, मिराजुल हवारी, युवा नेता रामकिशोर सिँह लगायतको उपस्थिती रहेको थियो ।