पर्सामा अब जम्मा ६ सय १५ संक्रमित सकृय रहेका छन् ।
कोभिड १९ सम्बन्धी जिल्ला प्रशासन कार्यालयको अद्यावधिक विवरण अनुसार हाल ६ महिला सहित ३६ जना वीरगंजमा सञ्चालित विभिन्न आइशाेलेसन सेन्टरमा र बाँकी हाेम आइशाेलेसन तथा जिल्लाका विभिन्न सामुदायिक आइशाेलेसनमा रहेका छन् ।
नारायणी अस्पतालका चिकित्सक तथा प्रवक्ता डा.अतुलेश चाैरसियाका अनुसार नारायणी कोभिड-१९ अस्पताल गण्डकमा ५ महिला सहित ३२ जना, नारायणी कोभिड-१९ अस्पताल नेशनल मेडिकल कलेजकाे बाबा होटेलमा १ महिला सहित ४ जना उपचारत रहेका छन् ।
जसमध्ये ७ जना सघन कक्षमा उपचाररत रहेका छन् । पर्सामा हालसम्म १८ सय ४१ काेराेना संक्रमित काेराेना मुक्त भइसकेका छन् ।