वीरगंज महानगरपालीका वडा नम्बर १२ मा निर्माण हुन लागेको मदर्सा भवनको एक कार्यक्रमका वीच संघिय सांसद प्रदिप यादवले शिलान्यास गरेका छन् ।
सांसद विकास पुर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत सांसद प्रदिप यादवको संसदिय कोषबाट १० लाखको लागतमा निर्माण हुन लागको उक्त भवनको एक कार्यक्रमका वीच सांसद यादवले शिलान्यास गरेका हुन् ।
मदर्साको विधिवत शिलान्यास पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले मदर्सा भवन निर्माण भइसकेपछि यस क्षेत्रको हजारौ बालबालीकाको पठन पाठनमा टेवा पुग्ने बताए । आफनो निर्वाचन क्षेत्रका जनताको घरदैलो पुग्ने क्रममा जनताहरुले मठ, मन्दिर, धर्मशाला बनाउन मात्र आग्रह गर्ने गरेको बताउदै सांसद यादवले यस क्षेत्रका जनताले बालबालीकाहरुलाई पठन पाठनका लागी मदर्सा भवन बनाई दिन गरेको आग्रह निकै प्रशंसा योग्य रहेको उनको भनाई थियो ।
सांसद यादवले यस वर्षको बजेटबाट भवन निर्माण अपुग भए अगामी वर्षको बजेटबाट मदर्सा भवनलाई पुर्णता दिने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रदेश सांसद जन्नत अंसारी, जिल्ला समन्व्य समितीका सभापति नेकमहमद अंसारी, संघिय समाजवादी फोरम नेपालका प्रदेश सदस्य शशिकपुर मिया, वडा नम्बर १२ का अध्यक्ष रामदरश कुशवाहा, वडा नम्बर १३ का अध्यक्ष तुफान फारुक अंसारी, नुरालम अंसारी, शेख रुषतम लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको सहजिकरण घनश्याम गुप्ताले गरेका थिए ।