कार्य क्षेत्रमा अब्बल रहेकै समयमा अचानक दिवंगत भएका वीरगन्जका युवा पत्रकार स्वर्गीय नरेश सर्राफको प्रथम स्मृति सभा सम्पन्न भएको छ । उनको पहिलो पुण्य तिथीको अवसरमा वीरगन्जमा प्रथम स्मृतिसभा सम्पन्न भएको हो ।
समाजवादी प्रेस सङ्गठन, पर्सा र राष्ट्रिय सहारा दैनिकले रेडियो वीरगन्ज परिषरमा संयुक्त रूपमा कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रमलाई वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेकपा एमालेका पर्सा संयोजक डा. विश्वम्भर शर्मा, जसपाका पर्सा सचिव तवरेज अहमद, एकिकृत समाजवादी पार्टीका महानगर अध्यक्ष मनोज चौधरी, जनमत पार्टीका पर्सा सहईन्चार्ज मुकेश द्विवेदी, नेपाल पत्रकार महासंघका पर्सा अध्यक्ष अनुप तिवारी, समाजवादी प्रेस संगठनका महासचिव रामकुमार एलन, केन्द्रिय सचिव वृजलाल पासवान लगायतले स्व. सर्राफको योगदानको चर्चा गरेका थिए ।
उनीहरुले दिवंगत सर्राफको सन्तति र परिवारको पालन पोषण र शिक्षादिक्षाका लागि पर्सेली पत्रकारहरुले दीर्घकालिन योजना बनाएर अगाडी बढ्न पनि सुझाव दिए । कार्यक्रम सहारा दैनिका प्रकाशक वीरगन्जका पुराना पत्रका चन्द्रभुषण साहको अध्यक्षतामा भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि महानगर प्रमुख सिंहले वर्षमा एक दिन मात्र नभई दुई÷तीन पटक भए पनि विभिन्न कार्यक्रमको आयोजना गरी स्वर्गीय सर्राफको नाम जीवन्त राख्ने गतिविधि गर्न पनि सुझाव दिए ।
सो कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेकपा एमाले पर्साका संयोजक डा. विश्वम्भर कुमार शर्मा, समाजवादी प्रेस सङ्गठन नेपालका महासचिव राम कुमार एलन, जसपा पर्साका सचिव तबरेज अहमद, नेकपा एकीकृत समाजवादीका वीरगन्ज महानगर अध्यक्ष मनोज चौधरी, जनमत पार्टीका पर्सा जिल्ला सह इन्चार्ज मुकेश द्विवेदी, जनता समाजवादी पार्टी नेपाल वीरगन्ज महानगर
कमिटीका अध्यक्ष ईश्वरचन्द्र यादव, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारी, समाजवादी प्रेस सङ्गठनका केन्द्रीय सचिव ब्रिजलाल पासवान, रेडियो वीरगञ्जका समाचार प्रमुख ध्रुव अधिकारी, प्रेस चौतारी नेपाल पर्साका उपाध्यक्षद्वय तुलसी भण्डारी, कविता खड्का, प्रेस सेन्टरका पर्सा अध्यक्ष दिपक गौतम, प्रेस युनियन पर्साका पूर्व सभापति रामनारायण कुर्मी लगायतको बिशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा आयोजक संस्थाकातर्फबाट समाजवादी प्रेस सङ्गठन पर्साका अध्यक्ष मनोज पटेलले स्वर्गीय सर्राफको नाममा ‘नरेश सर्राफ स्मृति प्रतिष्ठान’ गठन गरिने कुरा सार्वजनिक गरेका थिए ।
प्रतिष्ठानले सर्राफको दोस्रो पुण्य तिथिदेखि प्रत्येक वर्ष एक जना क्रियाशील पत्रकारलाई ‘नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ पनि प्रदान गर्ने उनको भनाइ छ ।
त्यस्तै प्रतिष्ठान मार्फत विभिन्न कार्यक्रमहरू आयोजना गरिने पनि उनको तर्क छ । एकीकृत समाजवादीका वीरगञ्ज महानगरका अध्यक्ष मनोज चौधरीले स्वर्गीय नरेश सर्राफको नाम जीवन्त राख्न गठन हुने प्रतिष्ठानलाई ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपाल पत्रकार महासंघ पर्सा र समाजवादी प्रेस सङ्गठन पर्साका कार्य समिति सदस्य समेत रहेका पत्रकार सर्राफको २०७९ मंसिर १५ गते अल्पायु मै हृदयाघातबाट निधन भएको थियो । स्वर्गीय सर्राफको श्रीमती र एक छोरी छन् । सो कार्यक्रमको सहजीकरण संगठनका पर्सा उपाध्यक्ष शम्भुकुमार सुमनले गरेका थिए ।