एस.ई.ई परीक्षा दिन लागेका हावाहुरी प्रभावित विद्यार्थीहरुको मनोबल खस्किदै गएको छ । ७ हजार ७ सय २६ विद्यार्थी मध्ये ७६ जना हावाहुरीबाट प्रभावित बालबालिकाहरुको मनोबल दुःखको घडिमा खस्कीएको हो । माध्यमिक तहको एस.ई.ई परीक्षा दिई सकेपश्चात परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको कारण स्थगित भएको परीक्षामा महाविनाशकारी हुरीबाट प्रभावित बाराका परीक्षार्थिहरुले हिजो र आज परीक्षा दिएका हुन् ।
गत १४ गते विज्ञान विषयको परीक्षा दिईसकेपश्चात परीक्षा सुरु हुनु अगावै प्रश्नपत्र बाहिरिएका कारण रद्दसंगै स्थगित भएका कारण विनाशकारी हुरीबाट प्रभावित विद्यार्थीहरु बाध्य भएर परीक्षा दिएका हुन् ।
हावाहुरीबाट प्रभावित बारा जिल्लामा २६ जनाको मृत्युसंगै ४ सय २० जना गम्भीर घाईते छन् । जसमा १२ सय ८ वटा घरहरु पुर्ण रुपले ध्वस्त भएको छ । अभिभावक गुमाएको पिडा, हावाहुरीबाट घर, बार, र पढ्नलाई पुस्तक समेत गुमाई सकेका विद्यार्थीहरुलाई खान लाउनुसंगै दिएको परीक्षा पुनः दिनुपरेकाले निकै अफ्ठयारो भएको हावाहुरीबाट पिडित विद्यार्थी किरण कुमारी दासले बताईन् । प्राकृतिक प्रकोपका करण आफ्नै घरको सदस्यको मृत्यु भएर कति आफ्न्त अस्पतालमा जिवनसंग लडिरहेको अवस्थामा सरकारले हामीलाई घटनास्थल भन्दा छुट्टै ठाऊँमा परीक्षा दिन सहज हुने अर्का पिडित विद्यार्थी दिनेश पटेलले बताए ।
एकातिर विज्ञान विषयको परीक्षा दिईसकेको तथा सो परीक्षा रद्द भईसक्नुको साथै प्रकृतिक प्रकोपका कारण अभिभावक, घर, पाठ्यपुस्तक तथा अध्ययनका लागी उचित व्यवस्थापन नभएकै कारण मनोबल निकै कमजोर रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय खुटुवा जवद्दी परीक्षा केन्द्रका केन्द्रध्यक्ष रविन्द्र कुमार गिरीले बताए ।
एकातिर भखरै भएको प्राकृतिक प्रकोपको पुर्ण रुपमा सुव्यवस्था पुगाई नसकेको स्वकार्दै बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले हावाहुरीबाट प्रभावित विद्यार्थीहरुको लागी परीक्षा केन्द्र तथा सदरमुकाम मै छुट्टै वास स्थानको व्यवस्थासंगै अध्ययन अध्यापनको लागी समेत केन्द्र र प्रदेश सरकार मार्फत पहल भईरहेको उनले बताएका छन् ।
राहत दिने र आश्वासन बाड्नेमा नेता, विभिन्न संघ संस्थाहरुलाई भ्याई नभ्याई भएको छ । तर विद्यार्थीहरुको पढ्ने वातावरण बनाईदिने तर्फ अझै कसैको ध्यान पुगेको देखिन्न । अझै विभिन्न साउण्ड बक्स बोक्दै, हो–हल्ला गर्दै आउने जाने भिडले अध्ययनमा निकै अफ्ठयारो हुने गरेको विद्यार्थीहरुको भनाई छ ।
हावाहुरीले बारा जिल्लाको १६ वटा स्थानीय तह मध्ये परवानीपुर, प्रसौनी, फेटा, सवर्ण गाऊँपालिका र कलैयाँ उपमहानगरपालिकामा बढी क्षति पु¥याएका छन् । यी स्थानीय तहमध्ये प्रसौनी गाऊँपालिकाको श्री नेरा मावि खुटुवा जवद्दीमा ३२ जना, बेगा साह माविमा १० जना, बरियारपुर माध्यमिक विद्यालयमा ३० जना र पिपरडारीमा ४ जना गरि कुल ७६ जना विद्यार्थीहरु परीक्षा दिएका छन् ।